Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

महिला डाक्टरको डिभाइसले प्रहरीमा हंगामा

\"\"काठमाडौं, १२ वैशाख । गत शनिबार राजधानीका चार कलेजमा एमडीएसको प्रवेश परीक्षा थियो । त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानले आंगिक क्याम्पसमा एमडीएमएस अध्ययनका लागि प्रवेश परीक्षा थियो । एक सय २० को कोटामा परीक्षामा करिब ३ हजार २ सय चिकित्सकहरु सहभागि थिए । सहभागिमध्ये करिब २ सय भारतीय तथा बंगलादेशीहरु थिए । दृष्टि साप्ताहिकमा खबर छ– त्यसमध्ये एक थिइन् डा. मनसा भोहरा । महाराजगंजस्थित नर्सिङ क्याम्पसमा प्रवेश परीक्षा दिन लागेकी उनले कुरा गरेको सुनेपछि परीक्षमा खटिएका शिक्षकरुले शंका व्यक्त गरेका थिए । उनको कानमा ब्लुटुथ डिभाइस भेटियो । त्यही डिभाइसमार्फत उनले चिट चोरिरहेकी थिइन् । कुनै गिरोहले प्रश्नका उत्तरहरु उनलाई भनिरहेको थियो । उक्त कुरा खुलेपछि उनलाई तुरुन्तै नियन्त्रणमा लियो । महिला प्रहरीले उनको जीउ खानतलासी गर्दा उनको भित्री कपडाभित्र अर्को एउटा डिभाइस भेटियो । जुन डिभाइसमाथि अहिले प्रहरी अनुसन्धान गरिरहेको छ तर, के हो भन्ने पत्ता लागउन सकेको छैन । प्रहरीका अनुसार उक्त डिभाइसमा सिमकार्ड पनि राखिएको थियो । त्यसकारण मोबाइल शैलीकै उक्त डिभाइसबाट उनीहरुले चिट चोरि गरेका थिए । सोही दिन त्यस्तै घटना कमलपोखरीको किष्ट कलेजमा पनि भयो । एमडीएमएसकै परीक्षा दिने डा. अभिषेक आचार्य पनि कानमा ब्लुटुथ लगाएर चिटो चोरीको आरोपमा पक्राउ परे । दुवै जनालाई चिकित्साशास्त्र अध्ययन संस्थानले कारबाहीका लागि प्रहरीमा बुझायो । तर, दबाब आएको भन्दै प्रहरीले थुनामा राखेर अनुसन्धान समेत गर्न सकेन । दुवै जनाबाट बरामद भएको डिभाइस एउटै भएकाले यसमा एउटै गिरोह रहेको आशंका गरिएको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending