Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

निकलार्इ नेपाल ल्याउने वैशाख १२

\"\"काठमाडाैं, १२ वैशाख । वैशाख १२ को विपत्तिपछि पनि लाखौं नेपाली युवा बिदेसिए । विभिन्न कारणले आफ्नो देशको पुनर्निर्माणमा जुट्न सकेनन् । परिवारको आर्थिक सुधार र समृद्धिका निम्ति गाउँगाउँका नेपाली युवा मजदुरी गर्न समुद्रपारि पसिना बगाउन बाध्य छन् । तर, २२ वर्षीय अस्ट्रेलियन नागरिक \'निक अब्राहिम\' भने नेपालमा पसिना बगाउँदै वैशाख १२ को भूकम्पले भत्काएका भौतिक संरचनाको पुनर्निर्माणमा जुटेका छन्। अाजको अन्नपूर्ण पोस्टमा खबर छ– चम्किलो अनुहार, ठूला जुत्ता, मैलो पाइन्ट र टिसर्टमा भेटिनुभएका निकले देख्नेबित्तिकै आफ्नै लवजमा \'नमस्टे\' भने । कुरा गर्दागर्दै उनले आफ्नो नेपाल बसाइको व्याख्या गरे । काठमाडौं साँखुबाट करिब २५ किलोमिटरमाथि शंखरापुर नगरपालिका-८ (साविक १२) घुमारचोकको तामाङ बस्तीमा बसेका निकलाई स्थानीयले नेपाली नाम पनि राखिदिएका रहेछन् । त्यो नाम आफैं सुनाए, \'मेरो नेफाली नाम हो निकलेसबहादुर तमाङ।\' गोरखा भूकम्पको तीन महिनापछि नेपाल आएका निकले अहिलेसम्म एक्लो प्रयासमा घुमारचोकको उग्रतारा माध्यमिक विद्यालयको दुईकोठे भवन, वनदेवी आधारभूत विद्यालयको ६ कोठे भवन र एउटा स्वास्थ्यचौकी बनाइसकेका छन् । कसरी अाए नेपाल ? \'आमाको मृत्युपछि म र मेरो भाइले घर छाड्ने निर्णय गर्‍यौं\', घर छाड्दाको अवस्था सम्झिँदै निकले भने, \'त्यसपछि म सहर पसें, दिउँसो घर बनाउने र राति बारमा काम सुरु गरें ।\' बारमा काम गर्दागर्दै निकको त्यहीँ काम गर्ने नेपालीसँग चिनजान भयो । \'त्यो बारमा धेरै नेपाली युवाले काम गर्थे, मैले भेटेका नेपाली एकदम \'अमेजिङ\' छन्\', निक भन्छन्, \'नेपाली आफ्नो परिवारलाई सहयोग गर्न र पढाइलाई निरन्तरता दिन हप्तामा २० घन्टा काम गर्थे ।\' निक नेपाल आउनुको संयोग पनि त्यही बारले जुराइदिएको रहेछ । एक दिन बारमा काम गर्दागर्दै सबै नेपाली एकसाथ रोएको दृश्यले निकको ध्यान तान्यो । सबै नेपाली रोएपछि निकले ०७२ वैशाख १२ मा शक्तिशाली भूकम्पले नेपालमा क्षति पुगेको थाहा पाए । \'त्यसपछि मैले नेपालीलाई कसरी सहयोग गर्न सक्छु भनेर सोच्न थालें\', उनले भने, \'सबै कुरा सुनेपछि मलाई नेपाल आउन मन लाग्यो ।\' निकसँगै उनका हजुरबा जिभानी डिलुगा पनि नेपाल आउन चाहन्थे । तर, क्यान्सरपीडित हजुरबालाई चिकित्सकले लामो यात्रा नगर्न सुझाव दिएका थिए । \'नेपालमा भूकम्प गएको भनेपछि उहाँ पनि मसँगै आउन लाग्नुभएको थियो तर डाक्टरले हजुरबुबालाई नजानू भन्यो\', निकले हजुरबालाई सम्झँदै भने, \'हजुरबुबा नआए पनि म भूकम्प गएको तीन महिनापछि नेपाल आएँ, भूकम्पले भत्काएका विद्यालय भवन बनाउन सुरु गरेँ ।\' निकले जति काम गरेका छन्, सबै निस्वार्थ छन् । ६ महिना बसेर विद्यालय बनाउने काम गर्दा स्थानीयले मन पराएपछि निकलाई काम गर्न झन् बल पुग्यो । \'गरेपछि काम किन हुँदैन ? हुन्छ । म सक्षम छु । म काम गर्न सक्छु\', निक आत्मविश्वाससाथ भन्छन्, \'मैले अहिलेसम्म जति पनि काम गरेँ, त्यसमा मेरो कुनै स्वार्थ छैन, व्यक्तिगत परि श्रमबाहेक मैले विद्यालय निर्माणमा मात्र अहिलेसम्म २८ हजार डलर खर्चिएको छु, नेपालीलाई सहयोग गर्न पाउँदा खुसी छु ।\' निक घुमारचोककै भोलेन्टियर भवनमा बस्छन् । बिहान साढे ५ बजे उठ्ने निक राति ११ बजे मात्र सुत्छन् । उनलाई नेपालको इन्टरनेटले भने खुब दुःख दिएको रहेछ । \'सुत्नुअघि ई-मेल हेर्छु तर इन्टरनेट नै राम्रो चल्दैन\', निक भन्छन्, \'त्यसले गर्दा पनि छिटो सुत्न पाउँदिनँ ।\' निक अहिले भने दुई प्रोजेक्टमा व्यस्त छन् । वनदेवी आधारभूत विद्यालयको ६ कोठे दुईतले भवन र स्थानीय नौ परिवारका भूकम्पपीडितका घर बनाउने चटारो निकलाई छ । वनदेवी विद्यालयको भवन निर्माणका लागि ५१ लाखको योजनासहित काम भइरहेको छ । त्यसमा निक र उनका भोलेन्टियर साथी सक्रिय छन् । यता, घुमारचोककै नौ परिवार भूकम्पपीडितका घर निर्माणका लागि हेमसरिता फाउन्डेसनका संरक्षक हेम पाठकले प्रतिपरिवार दुई-दुई लाख सहयोग रकम दिइसकेका छन् । थप दुई लाख रकम सरकारबाट प्राप्त हुनेछ । यी घर निर्माणमा निकले भने भोलेन्टियरका रूपमा सहयोग गर्दै छन् ।निकले योसँगै साँखुमा वर्षको २५ हजार भाडा तिरेर साढे दुई रोपनी जग्गा भाडामा लिएर पुनर्निर्माणका निम्ति इँटा उत्पादनको काम सुरु गरेका छन् । काठमाडौं जिल्ला प्रशासनमा \'फ्रम द ग्राउन्ड अफ इन्टरप्राइजेज लिमिटेड नामको कम्पनी दर्ता गरेर उनले माटो, सिमेन्ट र बालुवा मिसाएर इँटा बनाउने काम सुरु गरेका हुन् । \'यो कम्पनी नाफामूलकभन्दा पनि समाजसेवामा केन्द्रित हुन्छ\', कम्पनीको उद्देश्यबारे सोधिएको प्रश्नको जवाफमा निकले भने, \'यसबाट आएको नाफा सबै नेपालको पुनर्निर्माणमा खर्च गर्छु ।\' उक्त कम्पनीबाट इन्टरलक ब्लक र पेबर उत्पादन कार्य सुरु गर्दै छन् । को हुन् निक ? निक अस्ट्रेलियाको सानो सहर मेरेन्जमा जन्मिएका हुन् । उनका पिता कृषि पेसामा सक्रिय थिए । गाईभैंसी, भेडालगायत पशुमा देखिएको जस्तोसुकै रोगको उपचार गर्नुपरे पनि निकका बुबाको खोजी हुन्थ्यो । निकलाई विद्यालय तहको पढाइ सकेपछि बुबाको भन्दा हजुरबुबाको पेसाले आकर्षित गर्‍यो । \'मेरो विद्यालय जीवन सकिएपछि मैले घर निर्माणको काम सुरु गरें\', निक भन्छन्, \'मेरा हजुरबुबा घर बनाउने काम गर्नुहुन्थ्यो, त्यसैबाटै मलाई घर बनाउने काम गर्ने प्रेरणा मिलेको हो, मलाई घर बनाउन निकै मन लाग्छ । ठुल्ठूला घर बनाउनु मेरो रहर हो ।\' नेपाली संस्कृतिको सम्मान निकलाई नेपाली संस्कृति खुब मनपर्छ । नेपाली समाजको प्रशंसा गर्दै भन्छन्, \'यहाँ जो-कोही पनि एकअर्कालाई हेरेर मुस्कुराउँछन् तर अस्ट्रेलियामा कसैले कसैको वास्ता गर्दैन । हाम्रो समाज सामाजिक सञ्जाल फेसबुकजस्तै छ, एकैछिनमा जोडिने अनि एकैछिनमा तोडिने ।\' छोटो नेपाल बसाइका क्रममा निकले नेपालको सामाजिक दृष्टिकोणलाई समेत नजिकबाट अध्ययन गरिसकेका छन् । \'नेपालको वैवाहिक जीवन पनि राम्रो लाग्छ । तर, यहाँ हाम्रोमा जस्तो विवाहपछि सम्बन्धविच्छेद भइहाल्दैन, विवाह गर्ने जोडी एकअर्काप्रति प्रतिबद्ध र समर्पित हुन्छन्\', निक भन्छन्, \'तर हाम्रोमा जीवनसाथीको सोचाइ कुनै बेला पनि परिवर्तन हुन सक्छ ।\' निकलाई सबैले हाँसेर नमस्ते भनेको धेरै प्रिय लाग्ने रहेछ । \'सांस्कृतिक हिसाबले पनि मलाई नेपाल धेरै मन पर्छ\', निक भन्छन्, \'सबै जनाले हँसिलो अनुहारमा नमस्ते, नमस्ते भन्नुहुन्छ यही नै मलाई निकै प्रिय लाग्छ ।\' नेपालीको परिवारसँग बस्ने संस्कारले समेत निक प्रभावित छन् । \'म बसिरहेको साँखु गाउँ निकै रमाइलो छ, सबैले सबैलाई परिवारजस्तै गर्छन् । सबै मिलेर बस्छन् । हाम्रो संस्कृतिमा १६ वर्ष उमेर कटेपछि परिवारसँग बस्न पाइँदैन\', उनले भने\', \'नेपालमा बूढाबूढी हुँदासम्म पनि परिवारका सबैजना सँगै बस्छन् । यो नै मलाई नेपालको सबैभन्दा धेरै मन पर्ने पक्ष हो ।\' घुमारचोकमा निकलाई सबैले सामाजिक कार्यकर्ताका रूपमा हेर्छन् । निकबारे स्थानीय समाजसेवी हितमान तामाङले भने, \'सबै गाउँले निकलाई गाउँकै सदस्यका रूपमा हेर्छन्, गाउँका सांस्कृतिक र धार्मिक कार्यक्रममा समेत उपस्थित हुने निकले गत वर्षको दसैंको टीकासमेत मेरै घरमा लगाए ।\' नेपालमा हुँदा निक आफ्ना हजुरबालाई धेरै सम्झन्छन् । नेपाल आएको सुरुका दिनमा उनलाई खुब तनाव हुन्थ्यो । तर, निकसँग तनाव समाधान गर्ने छुट्टै विकल्प रहेछ । \'कहिलेकाहीँ त फ्रस्टेसन पनि हुन्छ, त्यतिबेला हजुरबालाई सम्झन्छु अनि १०९२६२९८९८ भनेर नम्बर गन्ती गर्न थाल्छु । यसले मलाई शक्ति दिन्छ ।\' यो उनका हजुरबुबाको निर्माण व्यवसायी नम्बर रहेछ । यो नम्बरलाई निकले आफ्नो बायाँ हातमा खोपेरै सुरक्षित गरेका छन् । यस्तो छ निकको लक्ष्य जिन्दगीभर समाजसेवा नै निकको लक्ष्य हो । उनले समाजसेवाका लागि धेरै कम्पनी स्थापना गरिसकेका छन् । \'म अहिले जसरी बाँचिरहेको छु र समाजसेवामा लागिरहेको छु त्यसैगरी हिँड्न सम्भव छ ।\'म नेपाल कस्तो छ भनेर हेर्न भन्दा पनि केही गर्न आएको हुँ, त्यसैले म नेपालीलाई माछा मारेर दिनेभन्दा पनि माछा मार्न सिकाउने काम गर्न चाहन्छु\', उनले भने, \'जसले गर्दा जिन्दगीभर कोही पनि नेपाली अरूको भरमा बस्नु र बाँच्नु नपरोस्।\'
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending