बैशाख १२ गते, २०७४ मगलवार 25th April, 2017 Tue०६:३९:१६ मा प्रकाशित
काठमाडौं, १२ वैशाख ।काठमाडौं उपत्यकामा अग्ला भवन, सपिङ कम्प्लेक्स, टावरहरू निर्माण हुने क्रम बढ्दो छ । तर, सबै अग्ला भवन मापदण्डअनुसार बनाइएका छैनन् । सम्भावित दुर्घटनाको ख्यालै नगरी थोरै जग्गामा ठुल्ठूला भवन बन्दै गरेका छन् । जसले गर्दा ती भवनवरपरका बासिन्दा त्रासमा बाँच्न बाध्य छन् ।
असन
असनको गल्ली निकै साँघुरो छ । खचाखच घरहरू छन् । स्थानीय किरण श्रेष्ठको घरको टुप्पो टाढैबाट देखिन्छ । धरहराको झल्को मेटाउने उक्त घर बनेको जमिन भने एक आना मात्रै छ । नियमअनुसार १२ फिटसम्मको चौडा घर तीन तलाभन्दा अग्लो बनाउन पाइँदैन । वा, घरको चौडाइको साढे दुई गुणाभन्दा अग्लो घर निर्माण गर्न नपाइने प्रावधान छ ।
किरण श्रेष्ठको परिवार सो घरमा बस्दैन । घरको भुइँतलामा इलेक्ट्रोनिक्स पसल गरेर बस्ने राजेन्द्र श्रेष्ठले भने, ‘उहाँ त बानेश्वर बस्नुहुन्छ । एक–एक महिनामा आउनुहुन्छ, अनि भाडा जम्मा गरेर हिँड्नुहुन्छ ।’
राजेन्द्र १२ वैशाख ०७२ मा भूकम्प गएको दुई महिनापछि पुनः त्यही घरमा पसल गर्न आएका थिए । उनी भन्छन्, ‘यति ठूलो घरमा बस्न त कहाँ मन हुन्छ र ? पेटका लागि भए पनि ज्यान धरापमा राखेर व्यापार गरिरहेका छौँ ।’
किरणका अर्का छिमेकी ओमकृष्ण श्रेष्ठले पहिले निकै डर लाग्ने भए पनि पछिल्लो समय भने भूकम्पको भय कम हुन थालेको बताए । ‘साइडमा अरू घर जोडिएका कारण अलि कम रिस्क छ । तर, छेउमै यति अग्लो घर भएपछि डर त लागिहाल्छ नि,’ उनले भने ।
असनका गल्लीमा सानो क्षेत्रफलको जमिनमा दर्जनौँ अग्ला घर बनेका छन् । स्थानीय शान्तराम मानन्धरको घर ठडिएको जग्गा पनि साढे एक आनाभन्दा बढी छैन । तर, उनको घर सात तला अग्लो छ । त्यही घरको छेउमा मुन्नाकुमार गुप्ता फेन्सी पसल सञ्चालन गरेर बसेका छन् ।
जमलबाट असनतर्फ छिर्नासाथ रातो पेन्टिङ गरेको नौ तले अग्लो घर देखिन्छ । जुन घरको जमिन डेढ आनाभन्दा बढी छैन । तर, उनको घरछेउमै भूकम्पले छियाछिया पारेको अर्को माटोको तीनतले घर छ । माटोको घरमा ‘आरआर सु सेन्टर’ सञ्चालन गरेर बसेका राजन सुवेदीले भने, ‘यति अग्लो घर किन बनाइस् भनेर भन्न नमिल्ने, जति डर लागे पनि चुपचाप बस्नुको विकल्प छैन हामीसँग ।’ उनका अनुसार त्यही अग्लो घरका कारण एकातिरको जमिन पनि भासिएको छ ।
सुन्धारा
सुन्धारामा एउटा नौतले भवन छ । टेकप्रसाद गौचनको सो भवन करिब साढे दुई आनामा मात्र निर्माण भएको छ । १२ वैशाख ०७२ मा जब भूकम्प गयो, दुई महिना गौचनको घरमा कोही पनि बसेनन् । त्यसको केही समयपछि गीता श्रेष्ठले जोखिम मोलेर निकुट होटेल सञ्चालनमा ल्याएकी थिइन् । ‘अहिले पनि चार तलाभन्दा माथि कोही पनि बस्दैनन्,’ उनी भन्छिन्, ‘पहिले हामी पनि यो घरको नवौँ तलामा बस्थ्यौँ । अहिले भने तीन तलामा बस्दै आएका छौँ ।’
सुन्धारामै रहेको नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वखेलाडी तथा प्रशिक्षक बालगोपाल महर्जनको घर पनि उस्तै छ । उनको घर झट्ट हेर्दा बाँसुरीजस्तो देखिन्छ । निकै सानो क्षेत्रफलमा बनेको महर्जनको घर सात तला अग्लो छ । उनकै घरछेउको उत्रै जग्गामा उत्तिकै अग्लो घर बनेको छ । तर, महर्जनको घरमा रेस्टुरेन्ट र फेन्सी पसल निर्धक्क चलेका छन् । सो घरको भुइँतलामा जुत्ता पसल गर्ने विनय महर्जन भन्छन्, ‘भूकम्प गएको एक महिनापछि मात्र यहाँ आएका हौँ । अहिले भने त्यति डर छैन ।’
न्युरोड
न्युरोडमा अवस्थित बाराही ज्वेलर्स रहेको घर पनि उस्तै छ । सात तला अग्लो सो घर निकै सानो क्षेत्रफलमा बनेकोे छ । घरका छेउछाउमा थुप्रै घर टाँसिएर बनेका छन् ।
बागबजार
बागबजारमा बाँसको झल्को दिने आठतले घर छ । उक्त जग्गाको क्षेत्रफल डेढ आनाभन्दा बढी देखिँदैन । होचा घरहरूबाट घेरिएको छ, त्यो बाँस घर । सो घरको छेउमै बस्ने देवी अर्यालले भनिन्, ‘छेउमै यति अग्लो घर हुँदा डर त निकै लाग्छ । तर, के गर्नु, हामीले भनेर नहुने ।’ भूकम्प गएपछि उनी दुई महिनासम्म तराई गएर बसिन् । उनी भन्छिन्, ‘के गर्नु, पैसा हुनेहरूले जे मन लाग्यो त्यही गर्छन् । घरवालालाई पनि डर र छिमेकीलाई पनि ।’
गोंगबु
गोंगबुमा भूकम्पले ठूलो क्षति पु¥यायो । दर्जनौँ घर भत्कन पुगे । तर, अझै पनि गोंगबुमा सानो क्षेत्रफलमा अग्लो घर बनाउने क्रम रोकिएको छैन । पश्चिमाञ्चल दोहोरी साँझ रहेको ६ तले भवनमा डराई–डराई फेन्सी पसल राखेका छन् रविन तामाङले । भूकम्प गएको पाँच महिनापछि मात्र उनले पसलको सटर खोलेका थिए । उनी भन्छन्, ‘अग्लो घर भएका कारण अर्को घरमा सरौँ जस्तो त हुन्छ । तर, आठ लाख रुपैयाँ हालेर पसल किनेको छु, कसरी अर्को ठाउँमा जानू ?’
दीपज्योतिस्थित १३ नम्बर टोलको ३९८ नम्बरको घर पनि उस्तै अग्लो छ । नौतले उक्त भवन भूकम्पले समेत चर्किएको थियो । तर, त्यही भवनमा मनकुमारी परियारले होटेल गरी बसेकी छन् । उनलाई डर त छ, तर पनि उनी त्यही घरमा व्यवसाय गर्न बाध्य छिन् ।
यी त प्रतिनिधि उदाहरण मात्र हुन् । उपत्यकामा यसरी मापदण्डविपरीत घर निर्माण गर्नेको संख्या सयौँ छ । भूकम्पताका महानगरपालिकाले मापदण्डविपरीतको घर भत्काउने बताए पनि ऊसँगै त्यस्ता घरहरूको तथ्यांकसमेत छैन ।
काठमाडौंका जोखिमयुक्त साढे तीन हजार घर जस्ताको तस्तै
भूकम्प गएलगत्तै काठमाडौं उपत्यकामा जोखिममा रहेका भवन भत्काइपाऊँ भन्दै उजुरी संकलन गरिएको थियो । तर, उजुरी संकलन गरिए, त्यस्ता घर भत्काइएन । घर भत्काउन धेरै उजुरी काठमाडौं महानगरपालिकामा परेको थियो । महानगरको तथ्यांकअनुसार त्यसवेला जोखिमयुक्त घर भत्काइपाऊँ भन्दै तीन हजार पाँच सय ३८ उजुरी परेका थिए । ती सबै उजुरी जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पेस गरियो । तर, प्रशासनले कुनै पहल गरेन । काठमाडौं महानगरपालिकाका अधिकृत डा. उत्तरकुमार रेग्मीले उजुरी संकलन गरिएको, तर घर भत्काइएको घटना थाहा नभएको बताए । ‘महानगरपालिकाभित्रको उजुरी संकलन मैले नै गरेको हुुँ । ती उजुरी सिडिओ कार्यालयमा पेस गरिएका पनि हुन् । तर, त्यसमा कारबाही अघि बढाइएको मलाई सम्झना छैन,’ उनले भने ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...
कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...
काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...
युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...
चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...
प्रतिकृया लेख्नुहोस्: