Khabar Dabali २५ माघ २०८२ शनिबार | 7th February, 2026 Sat
Investment bank

माओवादी केन्द्रले टुंग्यायो नवलपरासीका ३ नगरमा उम्मेदवार

\"\"काठमाडाैं, ११ वैशाख । स्थानीय निर्वाचनका लागि माओवादी केन्द्रले नवलपरासीका तीन नगरपालिकामा उम्मेदवारको नाम घोषणा गरेको छ । अाजको नयाँ पत्रिकामा खबर छ– केन्द्रले मध्यबिन्दु नगरपालिका, सुनवल नगरपालिका, बर्दघाट नगरपालिकाको उम्मेदवारको नाम टुंगो लगाएको हो । बर्दघाटको मेयरमा उपाध्याय माओवादी केन्द्रले बर्दघाट नगरपालिकालको मेयरमा रुद्रप्रकाश उपाध्यायलाई उम्मेदवार घोषणा गरेको छ । उपमेयरका लागि भने पछि टुंगो लगाउने जनाएको छ । यस्तै, वडा स्तरका उम्मेदारको नाम समेत घोषणा गरेएको छ । बर्दघाट वडा नम्बर १ को अध्यक्षमा राधा थापा, वडा नम्बर २ मा धनीराम चौधरी, वडा नम्बर ३ मा सञ्जय हरिजन, वडा नम्बर ५ मा पदम पुन, वडा नम्बर ७ मा वासुदेव अधिकारी, वडा नम्बर ८ मा कविराज आचार्य, वडा नम्बर ९ मा रुक्मांगत लम्साल, वडा नम्बर १० मा शत्रुधन चौधरी, वडा नम्बर ११ मा गणपति आचार्य, वडा नम्बर १२ मा जितबहादुर कंहार, वडा नम्बर १३ मा डिबी थापा, वडा नम्बर १४ मा शेरबहादुर पुन, वडा नम्बर १५ मा श्यामप्रसाद न्यौपाने र वडा नम्बर १६ मा दलबहादुर थापा चयन भएका छन् । वडा नम्बर ४ र ६ को भने पछि टुंगो लगाइने माओवादी केन्द्रले जनाएको छ । सुनवलको मेयरमा भण्डारी र क्षेत्रीको उम्मेदवारी माओवादी केन्द्रले सुनवल नगरपालिकाको मेयरमा डोलराज भण्डारी कृष्ण र उपमेयरमा प्रतिमा कार्की क्षेत्रीको नाम घोषणा गरेको छ । यस्तै, सुनवलको वडा नम्बर २ को अध्यक्षमा जर्नादन कुर्मी, वडा नम्बर ३ मा दामोदर राना, वडा नम्बर ४ मा हरि तिवारी, वडा नम्बर ५ मा मिलन गुरुङ, वडा नम्बर ७ मा टेकबहादुर कार्की, वडा नम्बर ८ मा गोपाल सुर्खाली, वडा नम्बर १० मा लीलावल्लव पाण्डे, वडा नम्बर ११ मा कुलबहादुर राना, वडा नम्बर १२ मा हुमनाथ न्यौपाने र वडा नम्बर १३ मा मुन्द्रिकाप्रसाद चौधरीलाई उम्मेदवार बनाइएको छ । सुनवल नगरपालिकाभित्र रहेका १३ वडामध्ये वडा नम्बर १, ६ र ९ मा भने आवश्यक छलफलपछि उम्मेदवारको टुंगो लागाइने माओवादी केन्द्रले जनाएको छ । मध्यबिन्दुमा सुष्मा र चूडाबहादुर माओवादी केन्द्रले मध्यबिन्दु नगरपालिकाको मेयर र उपमेयरसहित सबै वडाको अध्यक्ष र उपाध्यक्षको उम्मेदवार चयन गरेको छ । केन्द्रले मध्यबिन्दु नगरपालिकाको मेयरमा सुष्मा खनाललाई र उपमेयरमा चूडाबहादुर आलेलाई उम्मेदवार बनाएको छ । गैँडाकोटमा उम्मेदवारको टुंगो लागेन माओवादी केन्द्र गैँडाकोट नगर कमिटीले मेयर र उपमेयरको नाम टुंगो लगाउन नसकेपछि आकांक्ष्ीाहरूको नाम प्रदेश कमिटीमा सिफारिस गरेको छ । जसमा मेयरको उम्मेदवारका लागि दुर्गादत्त भुसाल, दुर्गादत्त ढुंगाना, बलराम चालिसे, माया गिरी, बलराम शर्मा सुवेदीको नाम सिफारिस भएको छ । यस्तै, उपमेयरमा रुममाया चितौरे, पार्वती आचार्य, कृष्णप्रसाद भट्टराई र लक्ष्मी मल्ल ठकुरीको नाम पठाएको छ । वडा अध्यक्ष, उपाध्यक्ष र सदस्यहरूको नाम भने टुंगो लगाएको माओवादी केन्द्रले जनाएको छ । जसअनुसार गैँडाकोट नगरपालीका वडा नम्बर १ को अध्यक्षमा देवकी मिश्र पौडेल, वडा नम्बर २ मा रामचन्द्र सापकोटा, वडा नम्बर ३ मा अर्जुनकुमार थापा, वडा नम्बर ५ मा धु्रवप्रसाद सिग्देल, वडा नम्वर ६ मा नमप्रसाद अम्बाइ, वडा नम्वर ७ मा रामबहादुर दर्जी (राजेश), वडा नम्बर ८ मा दुर्गाजित कुँवर, वडा नम्बर १० मा नवराज ढकाल, वडा नम्बर ११ मा दुर्गादत्त पौडेल, वडा नम्वर १२ मा चन्द्रबहादुर विक, वडा नम्बर १३ मा खुसीराम ढकाल, वडा नम्बर १४ मा रामलाल गैरे, वडा नम्बर १६ मा विष्णु सापकोटा, वडा नम्वर १७ मा गोपी कँडेल, वडा नम्बर १८ मा चुमानसिंह चितौरे छन् भने वडा नम्बर ९ र १५ मा उम्मेदवारको नाम घोषणा भएको छैन । कावासोतीमा अझै टुंगिएन कावासोती नगरपालिकामा भने मोआवादी केन्द्रले उम्मेदवारको नाम टुंग्याउन सकेको छैन । प्रमुख र उपप्रमुख पदमा धेरै आकांक्षी देखिएपछि उनीहरूको नाम प्रदेश कमिटीमा पठाएको जनाइएको छ । देवचुली नगरपालिकामा पनि सोमबारसम्म टुंगो लगाएर नाम घोषणा गरिने माओवादी केन्द्र देवचुलीका सहइन्चार्ज सत्यनारायण भुसालले बताए । यसैगरी, रामग्राम नगरपालिकामा पनि नाम टुंगो लगाउन सकेको छैन । रामग्राममा एक–दुई दिनमा छलफल गरी मेयर, उपमेयर, वडा अध्यक्ष र उपाध्यक्ष एकैचोटि घोषणा गरिने माओवादी केन्द्रका जिल्ला इन्चार्ज घनश्याम यादवले बताए । त्रिवेणीमा पोखरेल र पाण्डे यसैगरी, माओवादी केन्द्रले त्रिवेणी सुस्ता गाउँपालिका प्रमुखमा दीर्घजीवी पोखरेल र उपप्रमुखमा गोमादेवी पाण्डेको नाम घोषणा गरेको छ । त्रिवेणी गाउँपालिका वडा नम्बर १ को वडा अध्यक्षमा चोकडप्रसाद चमार, वडा नम्बर २ मा राजकुमार हरिजन, वडा नम्बर ३ मा अशोक हरिजन, वडा नम्बर ४ मा देवानबहादुर गुरुङ, वडा नम्बर ५ मा विनोदकुमार बानियाँ, वडा नम्बर ६ मा सरस्वती बस्नेत, वडा नम्बर ७ मा उपेन्द्रबहादुर थापाको नाम घोषणा गरेको छ । विनयी गाउँमा कृष्ण र रञ्जु विनयी गाउँपालिकाको प्रमुखमा कृष्ण पाण्डे, उपप्रमुखमा रञ्जु अधिकारी, वडा नम्बर १ मा लालबहादुर विक, वडा नम्बर २ मा सुदीप सुवेदी र वडा नम्बर ३ मा दलकुमारी अधिकारी चयन भएका छन् । माओवादी केन्द्र बर्दियाद्वारा उम्मेदवार घोषणा गुलरिया/ माओवादी केन्द्र बर्दियाले जिल्लाका आठ स्थानीय तहमध्ये ६ वटामा उम्मेदवारको नाम घोषणा गरेको छ । ठाकुरबाबा र बारबर्दिया नगरपालिकामा भने आकांक्षी धेरै भएपछि आन्तरिक छलफलपछि नाम सार्वजनिक गर्ने मओवादी केन्द्रका जिल्ला अध्यक्ष भवनकुमार थारूले बताए । थारूका अनुसार सदरमुकाम गुलरिया नगरपालिकाको मेयरको उम्मेदवारमा गेहेन्द्र ढकाल र उपमेयरमा मोहनकुमारी (मिथिला) फुँयालको नाम तोकिएको छ । यस्तै, मधुवन नगरपालिको मेयरमा गणेश केसी, उपमेयर शुभरानी थारू र राजापुर नगरपालिकाको मेयरमा दीपेश थारू र उपमेयरमा मनकला थारूलाई तोकिएको छ । माओवादी केन्द्र बर्दियाले बाँसगढी नगरपालिकाको मेयरमा बिनाराम थारू र उपमेयरमा भूमि विकको नाम घोषणा गरेको छ । गेरुवा गाउँपालिकाको अध्यक्ष पदमा वेहगराज थारू, उपाध्यक्षमा लीला थारू र बढैयाताल गाउँपालिकामा अध्यक्ष लल्लुराम थारू र उपाध्यक्ष राधा आचार्य तोकिएको पार्टीले जनाएको छ । माओवादी केन्द्रले स्थानीय तहमा करिब सबै वडामा अध्यक्ष तथा सदस्यको नाम तोकिसकेको जनाएको छ । बर्दियाबाट नेपाली कांग्रेस, एमाले र राप्रपाले केही दिनमा उम्मेदवार तोक्ने जनाएको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE