Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

११ वर्षदेखि अर्धचेत ‘जिउँदो शहीद’

\"\"काठमाडाैं, ११ वैशाख । जनआन्दोलनका घाइते मुकेश कायस्थकी आमा मिरा छोरो उठेर ‘गुड मर्निङ मामु’ भन्ने आसमा हरेक बिहान एकतमासले हेर्छिन् । उनले मुकेशलाई यसरी हेर्न थालेको ११ वर्ष बितिसक्यो । मुकेशजस्ता दुई दर्जनभन्दा बढी युवायुवतीले देशमा लोकतान्त्रिक गणतन्त्र स्थापनाका लािग ज्यान दिए । कोही अशक्त बने, कोही जीवन–मरणसँग संघर्ष गर्दागर्दै धर्तीबाट अस्ताए, कोही जीवन–मरणकै संघर्षमा छन् । अाजको राजधानी दैनिकमा खबर छ– बनेपा नगरपालिका–६ का मुकेश जीवन–मरणसँग जुधिरहेका होनाहार पात्र हुन् जनआन्दोलन–२ का । मुकेशमा घरमा उनका बुबाआमा छन् तर उनीहरूसँग खुसी छैन । एकोहोरो हेरेर बस्ने छोरालाई आफूले पनि एकोहोरो हेरर बस्नुबाहेक परिवारसँग विकल्प नै छैन । मुकेशको जीवनको पीडा गणतन्त्रपछिका कुनै पनि सरकारले बुझ्न सकेन, जति उनको परिवारले खेपिरहेको छ । प्रधानमन्त्री र मन्त्रीहरू झन्डा फहराउँदै उनको घरमा अर्धचेत अवस्थामा ओछ्यानमा सुतिरहने मुकेशलाई पटक–पटक भेट्न आए, आश्वासन दिएर फर्किए । कोही मन्त्री ‘बाटो परेको’ ले बाध्य भएर मुकेशलाई भेट्न बाटोमा सुरक्षाकर्मी उभ्याएर उनको घर गए । तर, उनको परिवारको अन्तरमनलाई जाँच्ने प्रयास कसैले गरेन । देश आन्दोलनमा होमिँदा मुकेश १५ वर्षका थिए । उनी १२ वर्षदेखि ओछ्यानमा सुतिरहेका छन् । ‘२७ वर्षे छोरा बोलचाल, हिँड्डुल गर्न नसक्दा उनकी आमाको मन कति कँुडिएको होला, कसैले अन्दाज नै गर्न सक्दैन,’ मुकेशकी आमा भन्छिन् । चाडबाड आउँदा नयाँ लुगा लगाइदिएर सँगै आफन्तकहाँ धाउँदा उनका आमाबाबु खुसी हुन्थे । त्यो खुसी चुँडिएको ११ वर्षसम्म जोडिन नसक्दा पीडा हुने गरेको मुकुशकापरिवार बताउँछन् । छिमेकी र मुकेशका साथीको घर झिलीमिली हुँदा र नयाँ लुगामा सजिएर हिँड्दा÷डुल्दा कायस्थ परिवारमा १२ वर्षअघि बिझेको काँडाले झनै घोच्ने गर्छ । स्कुल जाँदा ‘बाई ममी, बाई ड्याडी’ भनेर मुकेश विद्यासागर स्कुल दौडिएको झ–झल्को बुवा कृष्णमान र आमा मीरालाई ताजै छ । ‘हरेक बिहान मुकेशलाई बोलाउँदा हजुर भन्छ जस्तै लाग्छ, तर मुकेश अझै बोलेको छैन,’ बुवा कृष्णमान भन्छन् । मुकेश अहिले पनि बोल्न, हिँड्न, खानेकुरा चपाएर खान सक्दैनन् । आमा, बुवा र आफन्त आउँदा हाँस्छन मात्र । कुनै प्रतिक्रिया जनाउन सक्दैनन् । १२ वर्षदेखि अर्धचेत अवस्थामा ओछ्यानमा सुतिरहेको छोरालाई हेरेर मुकेश कायस्थका बाबुआमा उनको भविष्यबारे निकै चिन्तित छन् । देब्रे हात र टाउको मात्रै हल्लाउने छोराको चेत खुल्ने आशा गर्दै उनको हेरचाहमा दिनरात बितेको पनि पत्तो हुँदैन उनीहरूलाई । मुलुकले ११औं लोकतन्त्र स्थापना दिवस मनाइरहँदा मुकेशकी आमा घरका भित्तामा भुन्डिएको क्यालेण्डर हेर्र्दै भन्छिन्, ‘१२ वर्षदेखि अचेत अवस्थामा छोरो लडिरहेको छ, तैपनि बोल्छ कि भन्ने आस हराएको छैन ।’ उनी आँसु झार्दै बिस्तारै प्रश्न गर्छिन्, ‘मैले छोरा हाँसेको, बोलेको र हिँडेको कहिले देख्न पाउँछु ?’ राज्यले मुकेशका लागि उपलब्ध गराएको केही राहतबाहेक उनीहरूले अरू आस पनि गर्न छाडिसके । आन्दोलनमा गएका उनको छोरा मुकेशलाई २७ चैत २०६२ मा बनेपाकै तीनदोबाटोमा प्रहरीले गोली हान्यो । त्यसदिन अपराह्न टाउकोमा गोली लागेदेखि मुकेशको होस गुम्यो । त्यसयता उनी अचेत छन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending