Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

प्रचण्ड–ओली वार्तामा के भयो कुरा ?

\"\"काठमाडाैं, ११ वैशाख । निर्वाचनपछि बजेट ल्याउने गरी संविधान संशोधनबाट बाधा फुकाउन सरकार तयार भए दुई चरणमा निर्वाचनमा जान लचिलो बन्न सकिने एमालेको निष्कर्ष छ । ‘दुई चरणमा निर्वाचन गर्ने कुरालाई विरोध गर्नुपर्छ भन्ने होइन । तर, सरकारले बजेट घोषणा के गर्छ भन्ने मुख्य सरोकारको विषय हो,’ एमाले प्रमुख सचेतक भानुभक्त ढकालले भने, ‘१५ जेठमा बजेट सार्वजनिक गरेर त्यसैलाई आधार मानेर मत माग्ने योजना हो भने हाम्रो समर्थन हुँदैन । निर्वाचन त्यसअगावै पनि गर्न सकिन्छ ।’ अाजको नयाँ पत्रिकामा खबर छ– स्रोतका अनुसार निर्वाचन सकिएपछि मात्रै बजेट ल्याउने सर्तमा भने दुई चरणमै निर्वाचन गर्न एमाले लचिलो हुनेछ । ‘एमाले दुई चरणमा निर्वाचनको विरोधी होइन,’ स्रोतले भन्यो, ‘एमालेले पहिल्यैदेखि स्थानीय निर्वाचन माग गर्दै आएको हो । तर, ३१ जेठमा निर्वाचन गर्ने हो भने बजेटबारे सरकारको धारणा पहिले स्पष्ट हुने गरी ठोस प्रस्तावका रूपमा आउनुपर्छ ।’ राम्रो सहमति भएको छ, सहयोग गर्नुस्ः प्रधानमन्त्री राष्ट्रिय जनता पार्टी र संघीय गठबन्धनसँग निर्वाचन दुई चरणमा सम्पन्न गर्ने, मधेसी मोर्चाले आन्दोलनका कार्यक्रम फिर्ता लिने र संविधान संशोधन गर्ने राम्रो सहमति भएको छ । सबैको सहमतिमा निर्वाचनको सुनिश्चितता भएको छ । यसका लागि तपार्इंहरूको सकारात्मक योगदान होस्, सहमतिमा आउनुस्, त्यसले मुलुकको हितका लागि राम्रो सन्देश जानेछ । भ्रममा पार्ने सहमतिको समर्थन गर्दैनौँः ओली राम्रो हो कि होइन, तपाईंको कुरालाई अनुमानका आधारमा कसरी विश्वास गर्न सकिन्छ ? के भएको हो लिखित सहमति ल्याउनुस् । राम्रो रहेछ भने विरोध होइन, समर्थन नै गर्छौँ । तर, पुरानै औचित्यहीन र राष्ट्रघाती प्रकृतिको, मुलुकलाई भ्रममा पार्ने खालको सम्झौता हो भने हामी संविधान संशोधनमा सहमति जनाउन सक्दैनौँ । निर्वाचन सार्ने निर्णयमा पनि सहमति जनाउने प्रश्नै रहेन ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending