Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

भावी प्रधानन्यायाधीश पराजुलीको एसएलसी प्रमाणपत्रै गायब !

\"\"काठमाडौं, ११ वैशाख ।२०३१ सालमा नेपाल ल क्याम्पसमा प्रमाणपत्र तह (आईएल) मा भर्ना भएका सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश गोपाल पराजुलीको कक्षा रोल नम्बर ११८ हो । विद्यार्थीको नाम, ठेगाना, जन्ममिति र पिताको नामलगायत व्यक्तिगत विवरणको अभिलेख हुने रजिस्ट्ररमा उनीसहित अन्य चार जना विद्यार्थीको विवरण छोपिएको छ । नेपाल ल क्याम्पसमा उनका अन्य कागजात रहे पनि एसएलसी प्रमाणपत्रको अभिलेख नरहेको स्रोतले बतायो । ‘उहाँको अभिलेखबाट एसएलसीको मार्कसिट र क्यारेक्टर सर्टिफिकेट हराएको छ,’ क्याम्पस प्रशासन स्रोतले भन्यो । अाजको कान्तिपुरमा खबर छ– २०७३ पुस १ मा न्यायपरिषद् अध्यक्ष तथा प्रधानन्यायाधीश सुशीला कार्कीले ‘न्यायाधीश पराजुलीको शैक्षिक योग्यताका प्रमाणपत्रहरू परिषदको अभिलेखमा नरहेकाले एक साताभित्र मागेर राख्न’ तत्कालीन सचिव कृष्ण गिरीलाई आदेश दिइन् । आदेशमा भनिएको थियो, ‘न्यायाधीशहरूको एसएलसीदेखि सबै तहको शैक्षिक योग्यता तथा नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि अनिवार्य पेस गर्न लगाउनू ।’ तर हालसम्म पनि न्यायपरिषदकै वरिष्ठतम सदस्य रहेका पराजुलीको एलएलसीको प्रमाणित प्रतिलिपि न्यायपरिषद्मा पेस नगरिएको स्रोतले बतायो । सामान्यतया कुनै पनि व्यक्तिको शैक्षिक प्रमाणपत्र केही सीमित निकायमा मात्रै अभिलेखका रूपमा रहन्छ । माथिल्लो तहमा भर्ना हुने क्रममा तल्लो तहको प्रमाणपत्र पेस गर्नुपर्छ । नेपाल ल क्याम्पसमा पराजुलीको एसएलसीको प्रमाणपत्र छैन । त्यसबाहेक सेवा प्रवेशका क्रममा सरकारी निकायमा पनि अभिलेख रहनुपर्छ । पराजुली सोझै पुनरावेदन तहको अदालतमा नियुक्त भएकाले उनको प्रमाणपत्रको अभिलेख न्यायपरिषद्मा रहनुपर्छ तर त्यहाँ नभेटिएका कारण नै प्रधानन्यायाधीश कार्कीले उनको प्रमाणपत्र झिकाउने आदेश दिएकी थिइन् । न्यायपरिषद् स्रोतका अनुसार अध्यक्ष कार्कीको निर्देशनमा वरिष्ठतम पराजुलीदेखि कनिष्ठ अवनी मैनालीसम्मको अद्यावधिक विवरण न्यायपरिषदको रोस्टरमा अभिलेख गरिएको छ । तर त्यसमा पराजुलीको एलएलसीको प्रमाणपत्र छैन । यी दुई निकायबाहेक प्रमाणपत्र जारी गर्ने निकायमा समेत अभिलेख सुरक्षित हुनुपर्छ । पराजुलीले चितवनको शारदानगरस्थित शारदा बहुउद्देश्यीय विद्यालय (हाल शारदा उमावि) मा १० कक्षासम्म अध्ययन गरेका हुन् । त्यहाको अभिलेख हेर्दा श्री शारदा बहुउद्देश्यीय विद्यालय (हाल शारदा उच्च माध्यमिक विद्यालय) शारदानगर, चितवनको २०२६ साल (तदनुसार सन् १९७०) को एसएलसी दिने विद्यार्थी अभिलेखको आठौं क्रममा ‘गोपाल पराजुली’ नाम छ । १०८६८ ‘जेड’ को सिम्बोल नम्बर रहेका उनी अंग्रेजी पहिलोपत्रमा १०० पूर्णांकमा ३० अंक आएका कारण अनुत्तीर्ण भएको देखिन्छ । त्यसबाहेक इलिमेन्ट्री नेपालीमा पनि ५० पूर्णांकमा ११ अंक ल्याएर अनुत्तीर्ण थिए । लब्धांक नम्बर राखिएको उक्त अभिलेखमा नियमित मात्रै होइन, ग्रेस नम्बर पाएर उत्तीर्ण हुनेसमेतको डिभिजन विवरण उल्लेख छ । परीक्षा नियन्त्रण कार्यालयमा पराजुलीले २०२६ सालमा एसएलसी दिएको अभिलेख भने छ । विद्यालय तथा कार्यालयको अभिलेखअनुसार पराजुली २०२६ सालमा एसएलसी अनुत्तीर्ण भएको देखिन्छ । त्यसपछिको चार वर्षसम्म उनले उक्त विद्यालयबाट एसएलसी दिएका छैनन् । शारदाको अभिलेखमा मात्र होइन, देशभरका एलएलसी परीक्षार्थी र उत्तीर्ण विद्यार्थीको अभिलेख राख्ने परीक्षा नियन्त्रण कार्यालयमा पनि त्यसपछिका चार वर्षमा कहीँकतै उनको नाम भेटिँदैन । ‘यहीँबाट जारी भएको प्रमाणपत्रका आधारमा २०३१ सालमा नेपाल ल क्याम्पसमा आईएल भर्ना हुनु, तर यहाँको अभिलेखमा उहाँको कुनै विवरण नभेटिनु आश्चर्य भयो,’ परीक्षा नियन्त्रण कार्यालय स्रोतले भन्यो । यी सबै निकायमा अभिलेखमा नभेटिएपछि पराजुली स्वयंसँग मात्रै एलएलसीको प्रमाणपत्र सुरक्षित रहने सम्भावना बाँकी छ, जुन दुई दिनअघिसम्म उनले न्यायपरिषद्मा पेस गरेका छैनन् । गत माघदेखि न्यायपरिषद् सदस्यसमेत रहेका पराजुलीको नागरिकता र त्यसको प्रतिलिपिमा उल्लिखित मिति यसअघि नै विवादास्पद बनेको थियो । दुई कागजातमा करिब ७ महिना फरक देखिएपछि प्रधानन्यायाधीश कार्कीले उनको जन्ममिति वि.सं. २००९ साउन २१ कायम गरिदिएकी थिइन् । जबकि प्रतिलिपि नागरिकतामा जन्ममिति वि.सं.२०१० वैशाख १६ गते थियो । पराजुलीले यही मिति कायम गर्न न्यायपरिषद्मा निवेदन पनि दिएका थिए । उनको जन्ममिति विवादलाई निरूपण गर्ने प्रभावकारी प्रमाणमध्येको एक एसएलसी प्रमाणपत्र नै अभिलेख रहनुपर्ने निकायमा अहिलेसम्म फेला पर्न नसकेको हो ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending