Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

निर्वाचनमा विप्लव चुनाैती

\"\"काठमाडौं, ११ वैशाख । गृह मन्त्रालयले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका निर्वाचनविरोधी गतिविधि स्थानीय तहको निर्वाचनका प्रमुख सुरक्षा चुनौती रहेको ठहयाएको छ ।विप्लव नेतृत्वको नेकपाले सार्वजनिक रूपमै स्थानीय तहको निर्वाचन बिथोल्ने भन्दै आएको छ । गृहले पहाडी जिल्लामा विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताको चुनावविरोधी गतिविधि र तराईमा नेकपाका साथै विखण्डनकारी समूह सीके राउतका कार्यकर्तालगायत भूमिगत समूहको गतिविधि स्थानीय तह निर्वाचनका प्रमुख सुरक्षा चुनौती रहेको ठहर गरेको हो । अाजको अन्नपूर्ण पोस्टमा खबर छ– विप्लवका कार्यकर्ता निर्वाचन बिथोल्ने उद्देश्यले नगरपालिका र गाउँपालिकामा केन्द्रित भएको स्रोतले बताएको छ । प्रहरीले प्रत्येक नगरपालिका र गाउँपालिकाका सादा पोसाकमा सुरक्षाकर्मी परिचालन गरेको छ ।गृह मन्त्रालयले विप्लवका कार्यकर्ताको निर्वाचन बिथोल्ने योजना विफल बनाउन मतदानस्थलमा निगरानी बढाएको छ । \'हाम्रो नीति निर्वाचन खारेज गर्ने हो । पार्टीको नीति पनि यही हो\', नेकपाका एक नेताले भने, \'जति सकिन्छ, निर्वाचन बिथोल्न सशक्त भएर लाग्नेछौं ।\' गृह प्रवक्ता बालकृष्ण पन्थीले कुनै समूहले चुनाव बिथोल्न नसक्ने बताए । \'नेकपाले चुनाव बिथोल्ने कुरा गर्दै आएको सुनेका छैाँ । हामीले बनाएको सुरक्षा योजना प्रभावकारी छ\', प्रवक्ता पन्थीले भने, \'कसैले चाहँदैमा चुनाव बिथोलिँदैन । उनीहरूले निर्वाचन बिथोल्न सक्दैनन् ।\' नेकपाले निर्वाचन बिथोल्न गाउँकेन्द्रित योजना बनाएको स्रोतले बतायो । प्रहरीले निर्वाचनमा मतदाता सहभागी नहुन् भनेर नेकपाले ठाउँ ठाउँमा विस्फोटक पदार्थ राखेर आतंक फैलाउने तयारी गरिरहेको गृहमन्त्रीलाई रिपोर्टिङ गरेको छ । सार्वजनिक रूपमै स्थानीय तहको निर्वाचन बिथोल्ने अभिव्यक्ति दिँदै आएको नेकपाका कार्यकर्ताले गाउँ गाउँमा भय र त्रास फैलाउन थालेका छन् । गृहले पूर्वीपहाडी जिल्लामा नेकपा कार्यकर्ताबाहेक लिम्बुवान र खुम्बुवानका गतिविधिसमेत नियाल्न सुरक्षा निकायलाई निर्देशन दिएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखसँगको पटक पटकको छलफलपछि गृह मन्त्रालय नेकपा कार्यकर्ताको गतिविधिमा कडाइ गर्ने निर्णयमा पुगेको स्रोतले बताएको छ । रुकुम, रोल्पा, कालिकोटलगायत कतिपय जिल्लामा नेकपाका नेता/कार्यकर्ताले निर्वाचन बिथोल्ने योजनासहित प्रशिक्षण र तालिम सञ्चालन गरिरहेको स्रोतले बताएको छ । गृहले स्थानीय तहको निर्वाचन केन्द्रित गरी आयोजना गरेको क्षेत्रीय सुरक्षा गोष्ठीमा समेत नेकपाको निर्वाचनविरोधी गतिविधि नियन्त्रण गर्ने विषयले प्राथमिकता पाएको स्रोतले उल्लेख गरेको छ । \'पहाडी क्षेत्रमा नेकपाको गतिविधि नै प्रमुख चुनौती हुन्\', प्रहरीका एक डीआईजीले भने, \'तराईमा मधेसी मोर्चाका गतिविधि चुनौतीपूर्ण थिए । मोर्चा पनि निर्वाचनमा आउने भएपछि तराईमा खासै समस्या छैन । सीके राउतका कार्यकर्ता र भूमिगत समूहमाथि निगरानी बढाएका छौं ।\' भूमिगत समूहले भारतीय सीमाबाट साना हतियार भित्र्याएर उम्मेदवार र मतदातालाई धम्क्याउन सक्नेप्रति सजग रहन निर्देशन दिएको छ । उम्मेदवारलाई धम्क्याए र सहज निर्वाचन प्रचारप्रसारमा अवरोध सिर्जना गर्नेलाई तत्काल पक्रने तयारी प्रहरीले गरेको छ । सीके राउतका कार्यकर्ता र भूमिगत केही समूहले तराईमा निर्वाचन बिथोल्न खोजे पनि उनीहरूको शक्ति कमजोर बन्दै गएको स्रोतले बताएको छ । सीके राउतका कार्यकर्ता र भूमिगत समूहमाथि निगरानी गर्न भने गृहले सुरक्षा निकायलाई निर्देशन दिइसकेको छ । निर्वाचन नचाहने र नेपाललाई अस्थिर राख्न खोज्ने दृश्य/अदृश्य शक्तिले अस्तित्वमा नरहेका क्षेत्रीय पार्टी र समूहलाई निर्वाचन बिथोल्न प्रयोग गर्न सक्ने भन्दै गृहले ती समूहमाथि निगरानी बढाउन सुरक्षा निकायलाई निर्देशन दिएको स्रोतले बताएको छ । उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले निर्वाचनमा सहभागी राजनीतिक दलको मनमुटाव र जसरी पनि जित्नै पर्ने भावनाले समेत सुरक्षा खतरा उत्पन्न गर्न सक्ने भन्दै त्यसतर्फ ध्यान दिन निर्देशन दिएको स्रोतले बताएको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending