Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

मतादन केन्द्र पुग्नै तीन दिन, स्थानीय भन्छन्– भोट हाल्न जान्नौं

\"\"बाजुरा, १० वैशाख । जिल्लाभर स्थानीय तहको चुनावी रन्को बढेको छ। गाउँगाउँमा कसलाई मत दिने छलफल जारी छ। तर सदरमुकामबाट ६० कोस टाडाको हिमाली गाउँपालिका–३ गुम्बा गाउँका मतदाता भने चुनावी चर्चा गर्दागर्दै पनि मतदान गर्न नजाने निर्णयमा पुगेका छन्। आजको राजधानी दैनिकमा खबर छ– गुम्बा गाउँका मतदाताले उम्मेदवार मन नपरेर या बहिष्कार नीतिका कारण भने मतदान नगर्ने निर्णय गरेका होइनन्। मतदान गरेर घर आइपुग्दा तीन दिन बित्ने भएपछि खर्च र समयको बर्बादी हुने भन्दै उनीहरू मतदान नगर्ने निर्णयमा पुगेका हुन्। २६ परिवारको थातथलो रहेको लाम्पाटा र गुम्बा गाउँका मतदाताका लागि निर्वाचन कार्यालयले डेढ दिन हिँडेर मात्र पुगिने गंगा आधारभूत विद्यालय बौडीमा मतदान केन्द्र कायम गरिदिएपछि उनीहरू रहर हुँदाहुँदै बाध्यतावश मतदान नै नगर्ने निष्कर्षमा पुगेका हुन्। ‘१९ वर्षपछि मत हाल्न पाइने आशा थियो तर मत हालेर आउँदै तीन दिन लाग्ने भएपछि बुढाबुढी र बिरामी लिएर जान नसकिने भएकाले हामीले मत नहाल्ने निर्णय गरेका छौं,’ स्थानीय छिरिङ घोर्चे लामा भन्छन्। गुम्बा गाउँमा ३० जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय बाजुराकी प्रमुख सुभद्रा गौतम बताउँछिन्। यीमध्ये आठजना महिला र २२ जना पुरुष मतदाता छन्। मतदान केन्द्र टाढा भएका कारण यसअघिका निर्वाचनमा समेत मत हाल्न जान नसकेको लामाले बताए। दुःख गरेर मत हाल्न गए पनि बस्ने खाने र सहजीकरण गर्ने कार्यमा कसैले सहयोग गर्ने आश्वासन नदिएपछि उनीहरू मताधिकार पाएर पनि सदुपयोग गर्ने निर्णयमा पुगेका हुन्। ‘तीन दिन बिताएर के गर्ने ? हाम्रो सुख कसैले गर्ने होइन,’ लामा भन्छन्। गुम्बा गाउँकै छेवाङ लामा गाउँकै विद्यालयमा मतदान केन्द्र तोक्न सक्ने अवस्था हुँदाहुँदै जबर्जस्ती टाडा लगिएपछि मतदान गर्न जान नसक्ने बताउँछन्। ‘हाम्रो गाउँमा पनि स्कुल छ, तीन दिन हिँड्नुपर्ने ठाउँमा लानै नपर्ने अब हामी कसरी भोट हाल्न जान सक्छौं ?’ लामा गुनासो पोख्छन्। लामाका अनुसार गुम्बा गाउँबाट मतदान केन्द्र भएको ठाउँमा पुग्न युवाहरूलाई कस्सिएर हिँड्दासमेत एक दिन पूरै समय लाग्छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending