Khabar Dabali २५ माघ २०८२ शनिबार | 7th February, 2026 Sat
Investment bank

लोकसेवाकै मिलेमतोमा निलम्बित कर्मचारी बढुवा

\"\"काठमाडौं, १० वैशाख । काठमाडौं महानगरपालिकाले भ्रष्टाचारको अभियोगमा निलम्बित कर्मचारीलाई समेत बढुवा गरेको भेटिएको छ । महानगरपालिकाले भ्रष्टाचारको अभियोगमा निलम्बनमा परेका इन्जिनियर गम्भीरलाल श्रेष्ठलाई कर्मचारी नियुक्ति र बढुवा कार्यमा निष्पक्ष निर्णय लिने निकाय मानिने लोकसेवा आयोगकै मिलेमतोमा बढुवा सिफारिस गरेको भेटिएको हो । यसबाट लोकसेवा आयोगको विश्वसनीयतामाथि समेत प्रश्न उठेको छ । अाजको राजधानी दैनिकमा खबर छ– पदपूर्ति समितिबाट गरिएको निर्णयमा लोकसेवा आयोगका प्रतिनिधिसमेत रहेका पदपूर्ति समितिका अध्यक्ष शिवप्रसाद मुनकर्मी, सदस्य सचिव (महानगरपालिकाका कार्यकारी अधिकृत) ईश्वरराज पौडेलसहित ६ जनाले हस्ताक्षर गरेको भेटिएको छ । गत २९ फागुनमा बसेको महानगरपालिकाको पदपूर्ति समितिले श्रेष्ठलाई प्राविधिक सेवा अधिकृत स्तरको सातौं तहमा बढुवाको सिफारिस गरेको पाइएको हो । तर, उनको नाम भने बढुवाको सूचीमा प्रकाशित गरिएको छैन । श्रेष्ठसँगै बढुवा भएका अन्य कर्मचारीहरूको नामावली भने २९ फागुनकै मितिमा प्रकाशित गरिएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले करिब सात महिनाअघि श्रेष्ठलाई भ्रष्टाचारको अभियोगमा निलम्बन गरेको थियो । उनले हाल विशेष अदालतमा यससम्बन्धी मुद्दासमेत खेपिरहेका छन् । श्रेष्ठसँगै निलम्बनमा परेका महानगरपालिकाका अर्का इन्जिनियर रामहरि फुयाँलले भने राजीनामा दिइसकेका छन् । श्रेष्ठले अदालतबाट सफाइ पाएको खण्डमा २९ फागुन २०७३ देखि नै नियुक्ति पत्र पाउने गरी पदपूर्ति समितिले बढुवा सिफारिस गर्ने निर्णय गरेको हो । महानगरपालिकाका कार्यकारी अधिकृत पौडेलले निलम्बनमा पर्नुअघिदेखि नै श्रेष्ठ बढुवा प्रक्रियामा सामेल भएको र बढुवाका लागि उनी योग्य भएकाले समितिले बढुवाका लागि सिफारिस गरेको बताए । ‘जुन मितिमा उहाँ (गम्भीरलाल श्रेष्ठ) निलम्बनमा पर्नुभयो सोभन्दा अगावै उहाँको बढुवा प्रक्रिया सुरु भएको थियो,’ पौडेलले भने, ‘तर बीचमा उहाँ जुठोमा पर्नुभयो, जुठोमा परेको बेला माछामासु चल्दैन नि, हो यही कारण हामीले उहाँलाई बढुवाका लागि सिफारिस गर्ने तर सूचना सार्वजनिक नगर्ने निर्णय ग¥यौं ।’ भ्रष्टाचार अभियोगमा श्रेष्ठविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दा हाल अदालतमा विचाराधीन अवस्थामै छ । मुद्दा नसकिएका कारण अदालतमा मुद्दा दायर भएकै दिनदेखि उनी निलम्बनमा छन् । अदालतबाट मुद्दा किनारा लागेर श्रेष्ठ निर्दोष सावित भए २९ फागुनकै मितिदेखि लागू हुने गरी उनले नियुक्ति पत्र पाउने, दोषी ठहरिए उनको ठाउँको पद खाली रहने पौडेल बताउँछन् । पदपूर्ति समितिका अध्यक्ष मुनकर्मीले निलम्बनमा पर्नुअघि नै श्रेष्ठले बढुवाका लागि निवेदन दिएकाले पछि आपूmहरूले अध्ययन गर्दा उनी बढुवा हुन योग्य भएकाले बढुवा गरिएको बताए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE