Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

मणिपाल अस्लपतालले मानेन घाइतेको उपचार गर्न

\"\"काठमाडौं, १० वैशाख । पोखरास्थित चर्चित मणिपाल शिक्षण अस्पतालले मुस्ताङको कागबेनीमा भएको दुर्घटनाका गम्भीर घाइतेलाई उपचार गर्न अस्वीकार गरी फर्काइदिएको छ । कागबेनीमा भएको दुर्घटनालगत्तै हेलिकोप्टरबाट शनिबार दिउँसो पोखरा ल्याइएका घाइतेलाई मणिपालले आपतकालीन उपचार दिन अस्वीकार गरेपछि पोखराकै अन्य अस्पताल लैजानुपरेको थियो । अाजको अन्नपूर्ण पोस्टमा खबर छ– कागबेनीमा बस दुर्घटनामा परेर गम्भीर घाइते भएका १५ जनालाई सेनाको हेलिकोप्टरबाट मणिपाल अस्पताल ल्याइएको थियो । \'हामी उपचार गर्न सक्दैनौं भनेर घाइतेलाई लिनै मानेनन्\', वडा प्रहरी कार्यालय बगरका प्रमुख प्रहरी निरीक्षक किशोर लम्सालले जानकारी दिए, \'डाक्टरहरू आन्दोलनमा छन् भनेर त्यहाँका सिनियर व्यक्ति नै आएर भन्नुभयो ।\' त्यसको केही समयमा एयरपोर्टलगायत ठाउँका एम्बुलेन्स बोलाएर घाइतेलाई पोखराकै अरू अस्पतालमा लगिएको जानकारी उनले दिनुभयो । मणिपालमा उपचार नभएपछि फिस्टेल हस्पिटलमा ९, गण्डकी मेडिकल कलेजमा ४, मेट्रोसिटीमा १ र फेवासिटीमा १ जना घाइतेलाई उपचारका लागि लगिएको थियो । मणिपालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. बीएम नागपालले डाक्टरहरूको आन्दोलनका कारण इमर्जेन्सीमा समेत बिरामी लिन नसकेको बताए । उनले भने, \'३/४ महिनादेखि डाक्टर आन्दोलनमा छन्, इमर्जेन्सी उहिल्यैदेखि बन्द छ, कसरी उपचार गर्न सक्नु ? \' डाक्टरहरूको आन्दोलन सुल्झाउन जिल्ला र क्षेत्रीय प्रशासन हुँदै स्वास्थ्यमन्त्री र त्यसभन्दा माथि ध्यानाकर्षण गराउँदा पनि केही हुन नसकेको गुनासो डा. नागपालले गरे । \'आजको घटना यहाँको आन्दोलन सुल्झाउन कतैबाट पहल नहुँदाको नतिजा हो\', उनले भने । डाक्टर आन्दोलनको निकास निकाल्न काठमाडौं विश्वविद्यालय, मेडिकल काउन्सिल मात्र नभएर प्रधानमन्त्रीसमेत गुहारिसकेको तर कतैबाट केही नभएको नागपालले दुःख व्यक्त गरे । काममा नियमित रहेका केही भारतीय र नेपाली वरिष्ठ डाक्टरबाट बहिरंग सेवा मात्रै चलाउन थालेको थुप्रै समय भएको उनले बताए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending