Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

भारतीय दबाबले सैन्य अभ्यास खुम्चियो : चीन

\"\"काठमाडौं, ९ वैशाख । भारतले नेपाललाई दिएको कडा दबाबका कारण नेपाल र चीनबीच जारी संयुक्त सैन्य अभ्यास सानो आकारमा खुच्याउन बाध्य हुनुपरेको चीनले जनाएको छ । चिनियाँ कम्युनिस्ट पार्टीको मुखपत्र ग्लोबल टाइम्समा हालै प्रकाशित लेखमा नेपाल र चीनबीच सुरुमा बटालियन तहमा संयुक्त सैन्य अभ्यास गर्ने योजना रहेपनि भारतले नेपाललाई दिएको दबाबका कारण सानो आकारमा अभ्यास गर्नुपरेको जनाइएको छ । अाजको अन्नपूर्ण पोस्टमा खबर छ– नेपाली सेनाले सानो आकारको चीनसँग संयुक्त सैन्य तालिम भइरहेको जनाउँदै उक्त अभ्यासमा कति जना चिनियाँ र नेपाली सैनिक सहभागी छन् समेत खुलाउन नचाहेका बेला चिनियाँ प्रतिक्रिया आएको हो । भारतले नेपाललाई दिएको दबाबकै कारण संयुक्त सैन्य अभ्यास नेपाली सेनाको प्यारा तालिम केन्द्र काठमाडौंमा आयोजना गर्नुपर्ने अवस्था आएको उक्त लेखमा उल्लेख छ । यति सानो खालको सैन्य अभ्यासलाई पनि भारतीय सुरक्षा रणनीतिका विश्लेषक र मिडियाले अनावश्यक चासो दिएको लेखमा उल्लेख छ । ‘एक मित्रवत् छिमेकीका नाताले नेपालसँग सैन्य अभ्यास गर्नु चीनका लागि सामान्य घटना हो’ लेखमा भनिएको छ ‘यस खालका सैन्य अभ्यास विश्वमा धेरै देशबीच हुने गर्छन् । जस्तो कि भारत र चीनबीच पनि यसखालको सैन्य अभ्यास हुने गरेका छन् ।’ दक्षिण एसिया आतंकवादबाट ग्रस्त क्षेत्र रहेकाले पनि यस खालका अभ्यास क्षेत्रीय स्थिरताका लागि महत्वपूर्ण रहेको चिनियाँ बुझाई छ । नेपाल र चीनबीच हालैका दिनमा निकट आर्थिक सम्बन्ध रहेको र नेपालले चीनले अघि बढाएको ‘वान बेल्ट वान रोड’ अवधारणामा सहभागी हुन चाहेको र त्यसका लागि क्षेत्रीय स्थिरता आवश्यक रहेको सन्दर्भमा यो सैन्य अभ्यास भएको लेखमा उल्लेख छ । नेपालमा दुई बर्षअघि गएको विनाशकारी भूकम्पमा व्यापक क्षति व्यहोरेको र त्यसपछिको राहत वितरणमा चीनको सहयोगले गहिरो छाप छाडेको सन्दर्भ उल्लेख छ । नेपाल भूकम्पबाट उच्च जोखिममा रहेको तथा अन्य खालका दैवी प्रकोप भइरहने अवस्था रहेको लेखमा उल्लेख छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending