Khabar Dabali २५ माघ २०८२ शनिबार | 7th February, 2026 Sat
Investment bank

गृहमन्त्रीद्वारा 'संसद्को अपमान'

\"\"काठमाडौं, ९ वैशाख । वरीयता विवादले मन्त्रिपरिषद् बैठक बहिष्कार गर्दै आएका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले संसद्को सम्मान र मर्यादामा \'अपमानजनक\' व्यवहार प्रदर्शन गरेका छन् । संसद्मा सभामुखले तोकेको स्थानमा प्रधानमन्त्रीदेखि मन्त्रीहरू, सत्तापक्ष, प्रतिपक्ष सबै दलका सांसद बस्नुपर्ने संसद्को नियममा व्यवस्था छ । तर, सभामुखले तोकेको सत्तापक्षको कुर्सीमा नबसी निधिले बिहीबारको संसद् बैठकमा अनौठो शैलीमा भाग लिए । विपक्षी एमालेले सांसद सत्यनारायण मण्डलको घरमा भएको घटनाबारे प्रश्न उठाएपछि त्यसको जवाफ दिन निधि संसद्मा पुगेका थिए । अाजको अन्नपूर्ण पोस्टमा खबर छ– सांसदहरूले शून्य समयमा बोल्ने क्रम सकिएपछि सभामुख ओनसरी घर्तीमगरले गृहमन्त्रीले बोल्नका लागि समय मागेको भन्दै निधिलाई रोस्ट्रममा बोलाए । बैठकमा उपस्थित नै नभएका गृहमन्त्रीलाई समय दिएको भन्दै सांसदहरू सभामुख आसन र सरकारका लागि छुट्याइएको कुर्सीतिर हेराहेर गर्न थाले । त्यहीबीच गृहमन्त्री निधि मूलढोकाबाट फटाफट बैठकमा प्रवेश गरी सिधै रोस्ट्रममा पुगे र निर्वाचनका लागि सुरक्षालगायत एमालेले उठाएको घटनाबारे जवाफ दिए । जवाफ सकिएपछि गृहमन्त्री निधि मन्त्रीलाई तोकेको स्थानमा नबसी सिधै बाहिरिएपछि सांसदहरू मुखामुख गर्न थाले । \'संसद्मा उपस्थित नै नभएको अवस्थामा गृहमन्त्रीलाई किन सभामुखले समय दिनुभयो भन्ने हामीलाई लागेको थियो,\' एमाले प्रमुख सचेतक भानुभक्त ढकालले भने, \'संसद्मा आजसम्म कहिल्यै नभएको शैली पो अपनाउनुभयो ।\' संसद् नियमावलीको नियम (३) मा भनिएको छ, \'प्रत्येक सदस्यले सभामुखद्वारा निर्धारित क्रम र स्थानमा आ–आफ्नो आसन ग्रहण गर्नुपर्छ ।\' तर, निधिले भने मन्त्रिपरिषद्को वरीयता विवाद देखाउँदै संसद्मा पनि सभामुखले तोकेको आसनमा बस्न इन्कार गर्दै आएका छन् । सभामुखले नबोलाउँदासम्म गृहमन्त्री निधि बिहीबार संसद्को ढोकामा उभिएका थिए । सभामुखले बोलाएपछि मात्र बैठकमा प्रवेश गरी सिधै रोस्ट्रममा पुगेर जवाफ दिएपछि सिधै बाहिरिएका थिए । पूर्वकानुनमन्त्री एवं एमाले नेता अग्नि खरेलले गृहमन्त्री निधिको व्यवहारले संसद्को अपमान भएको बताए । \'संसद्को मर्यादा र सम्मानका लागि प्रधानमन्त्रीदेखि सांसद सभामुखले तोकेको स्थान र क्रममा बस्नुपर्छ,\' खरेलले भने, \'सभामुखले तोकेको कुर्सीमा मन्त्री नबस्ने, अनि बैठकमा उपस्थित नभएको मन्त्रीलाई सभामुखले बोल्न समय दिने चलनले संसदीय प्रणालीलाई नै कमजोर बनाउँछ ।\' सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति संसद्मा आउँदा राष्ट्रपतिले पनि सभामुखले तोकेको कुर्सीमा बस्नुपर्छ । मन्त्री निधिले भने सभामुख र संसद्कै अपमान हुनेगरी व्यवहार गरेको स्वयं कांग्रेसकै सांसद बताउँछन् । \'संसदीय प्रणाली र मन्त्रिपरिषद्मा प्रधानमन्त्रीय पद्धतिको सबैभन्दा आवाज उठाउने लोकतान्त्रिक पार्टीले नै उसकै मन्त्रीबाट यी दुवै पद्धतिको खिल्ली उडाउँदा पनि निरीह हुनुपरेको छ,\' कांग्रेसका एक सांसदले भने, \'संसदीय प्रणालीको वकालत गर्ने पार्टीले यो विषयलाई गम्भीर रूपमा लिनुपर्छ ।\'संसद् सचिवालयका कर्मचारी पनि सभामुखले अनौठो तरिकाले गृहमन्त्रीलाई बोल्न समय दिएकोमा आश्चर्य व्यक्त गर्छन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE