Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

डीआईजी सिलवालनिकट प्रहरी अधिकृतलाई छानी छानी कारबाही

\"\"काठमाडौं, ८ वैशाख । नेपाल प्रहरीले काजमा बसेका सबै कर्मचारीलाई १५ दिनभित्र सम्बन्धित कार्यालयमा हाजिर हुन निर्देशन दिएको छ । निर्वाचनलाई ध्यान दिँदै प्रहरी प्रधान कार्यालयले यस्तो निर्देशन दिएको हो । अाजको राजधानी दैनिकमा खबर छ– प्रहरी प्रधान कार्यालयको यो निर्देशनसँगै शक्तिको आडमा लामो समयदेखि आफूलाई पायक पर्ने ठाउँमा बसेकाहरु प्रत्यक्ष प्रभावित हुनेछन् । नेपाल प्रहरीमा अधिकाँश जुनियर अधिकृतहरु शक्ति र पैसाको आडमा लामो समयदेखि आफूलाई पायक पर्ने ठाउँमा बस्दै आएका छन् । बेला बखत सरुवा भएपनि पुनः काज मिलाइ उनीहरुले यस्तो फाइदा लिँदै आएका छन् । ‘निर्वाचन सुरक्षाका लागि जहाँ जसको दरबन्दी हो त्यहीँ जान निर्देशन दिइएको छ,’ प्रहरी प्रधान कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सर्वेन्द्र खनालले भने । उनले दरबन्दी कायम भएको स्थानमा नगएका प्रहरी कर्मचारीलाई आ–आफ्नो दरबन्दी भएको ठाउँमा जान कडा निर्देशन दिइएको बताए । प्रहरी प्रधान कार्यालय तथा काठमाडौ उपत्यकामा अधिक संख्यामा प्रहरी कर्मचारीहरु काजमा रहेका छन् । खासगरी जुनियर अधिकृतहरु काजमा रहेको प्रधान कार्यालय स्रोतले जनाएको छ । प्रायः जुनियर अधिकृतहरु आफूलाई पायक पर्ने स्थानमा सोर्स लगाएर बस्ने गरेकाले पनि काजमा रहने प्रहरी कर्मचारीहरु ठूलो संख्यामा रहेको प्रधान कार्यालय जनाएको छ । एसएसपी खनालका अनुसार, केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी), लागूऔषध व्यूरो, अपराध महाशाखा, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत प्रहरीलाई भने यस्तो निर्देशन अनिवार्य गरिएको छैन । तर केन्द्रीय अनुसन्धान व्यूरोमा कार्यरत चार जना प्रहरी अधिकृतलाई भने काजमै तानेर प्रहरीको केन्द्रीय निर्वाचन सेलमा खटाइएको छ । तानिएकामध्ये वन्यजन्तु तस्करी नियन्त्रण सेलमा रहेका डीएसपी प्रवीण पोखरेल, आर्थिक व्यूरोमा कार्यरत डीएसपी रेशम पराजुली, प्रशासनमा कार्यरत डीएसपी दधिराम न्यौपाने र प्रहरी निरीक्षक रुगम कुँवरलाई प्रहरी प्रधान कार्यालय निर्वाचन सेलमा खटाइएको छ । स्रोतका अनुसार उनीहरुलाई सीआइवी प्रमुख डीआईजी नवराज सिलवालको विश्वास पात्र भएको भन्दै निर्वाचन सेल तानिएको हो । उनीहरु सिआइवीको काविल अधिकारीका रुपमा चिनिने गरिन्छ । डिएसपी पोखरेल र न्यौपानेले निर्वाचन सेलमा हाजिर गरिसकेका छन भने पराजुली र कुँवर विदामा छन् । कुँवरका ८१ वर्षीय बाबु विरामी भएका कारण धेरै दिनदेखि नेपाल प्रहरी अस्पतालमा उपचार गराइरहेका छन् । डीएसपी पोखरेल पछिल्लो समय त्रिभुवन विमानस्थलबाट बरामद साढे ३३ किलो सुनकाण्डको अनुसन्धान गर्ने अधिकृत हुन् । सुनकाण्डको अनुसन्धानका क्रममा अनेक धाकधम्की खेपेका पोखरेललाई केही समय अघिदेखि सरुवा गराउन सुन तस्करहरू लागिपरेका भएपनि उनको सरुवा भने भएको थिएन । डिएसपी न्यौपाने पोलिग्राफका विज्ञ हुन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending