Khabar Dabali २५ माघ २०८२ शनिबार | 7th February, 2026 Sat
Investment bank

अभि सुवेदीका यी विद्यार्थीः सरल प्रचण्ड, हक्की कमल, मिहिनेती चित्रलेखा, प्रतिभावान् रवीन्द्र

\"\"प्रा डा अभि सुवेदीको परिचय एउटा मात्रै छैन । समालोचक, भाषाविद्, कवि, निबन्धकार, अनुवादक उनका परिचय हुन् । सबैभन्दा ठूलो परिचय त उनले प्राध्यापनमा बनाए । त्रिभुवन विश्वविद्यालयमा ४० वर्ष पढाएको अनुभव सुवेदीसँग छ । प्राध्यापनको यो लामो अवधिमा उनका विद्यार्थी बनेर कक्षामा छिरेका थिए, हालका प्रधानमन्त्री प्रचण्ड, उपप्रधानमन्त्री कमल थापादेखि चर्चित राजनीतिकर्मी । उनले पढाएका विद्यार्थी राज्यका विभिन्न निकायमा छरिएका छन् । आजको नयाँ पत्रिकामा भवानीश्वर गौतमको खबर छ–प्राध्यापनबाट सेवानिवृत्त भएका सुवेदीलाई पुराना दिन सम्झिन लगाए, उनले सम्झिए । त्यति वेलै जिउ हल्लाउँथे प्रचण्ड पाटन संयुक्त, भक्तपुरलगायतका क्याम्पसमा पढाउन लोकसेवा पास गरेकै हुनुपथ्र्यो । मैले पनि लोकसेवा पास गरेर पाटन संयुक्त क्याम्पसमा पढाउन थालेँ । त्यहाँ, पद्मकन्याभन्दा फरक महसुस भयो । किनभने छात्रछात्रा दुवै विद्यार्थी थिए । त्यतिवेला भर्खर साइन्स खुलेको थियो, प्रयोगशाला राम्रो थिएन । यो ०३१ सालतिरको कुरा हो । साइन्स पढ्ने विद्यार्थीलाई अंग्रेजी अनिवार्य थियो । त्यसैले मैले पनि साइन्सका विद्यार्थी पढाउने मौका पाएँ । ‘स्टोरिज फ्रम सेक्सपियर’ पढाउँथे । कक्षाका धेरै विद्यार्थीमध्ये दुई विद्यार्थीमाथि मेरा आँखा बढी नै पथ्र्यो । उनीहरू अगाडि बेन्चमा बस्थे । मोटो शरीरका एउटा विद्यार्थी खुब जिउ हल्लाउँथे । ती विद्यार्थीलाई क्याम्पस प्रमुख मंगलराज जोशीले पनि अघिपछि लगाएर हिँड्नुहुन्थ्यो । उनी ‘कन्स्ट्रक्टिभ’ थिए, ल्याब सेटअपमा पनि सहयोग गर्थे । पढाइमा अरूलाई सहयोग गर्ने, मिलनसार र सरल स्वभाव थियो । उनका साथी पनि उस्तै थिए । ती जिउ हल्लाउने मोटा विद्यार्थी नै पछि प्रचण्ड भएका रहेछन् भन्ने मलाई निकै ढिला थाहा भयो । शान्ति प्रक्रियामा आएपछि प्रा।डा। लोकराज बरालमार्फत उहाँसँग भेट भयो । प्रचण्ड र बाबुरामसँग १८–२० जना प्राध्यापकको भेट भएको थियो । बाबुरामलाई पहिल्यै चिनेँ । तर, प्रचण्डचाहिँ ऊवेलाको मेरै विद्यार्थी हो भन्ने ठम्याउन सकिनँ । जब सम्बोधनका क्रममा प्रचण्डले मलाई नै सम्बोधन गर्दै ‘सरले बिर्सिनुभयो, मलाई पढाउनुभएको थियो’ भन्नुभयो तब पो थाहा भयो । त्यतिवेला मैले पनि ठट्टा गर्दै ‘जुँगा हटाएको अनुहार कल्पिएपछि मैले पनि चिनेँ’ भनेँ । पछि एउटा अन्तर्राष्ट्रिय फोरममा उहाँबारे कुरा उठ्दा ‘प्रचण्डलाई मैले नै पढाएको हो, विश्वास गर्दा हुन्छ’ भनेको थिएँ । भिन्न विचारसँग भिड्थे कमल थापा हालका उपप्रधानमन्त्री कमल थापालाई पनि मैले पढाएँ । पाटन संयुक्त क्याम्पसमै पढाएको हुँ । प्रचण्डभन्दा केही वर्षपछि थापालाई पढाएको हुँ । त्यतिखेर थापाको व्यक्तित्व बाहिरै देखिन्थ्यो । स्वभाव नै हक्की खालको थियो, परिआए भिड्न पनि तयार भइहाल्ने । त्यतिवेलै मैले मनमनै सोच्थेँ, ‘यो केटो राजनीतिज्ञ हुन्छ ।’ हेर्दा आकर्षक देखिने उनी आफूभन्दा भिन्न विचारकासँग भिड्न तयार हुन्थे । कुनै सभा समारोहमा आफ्ना गुरु बसेका छन् थापाले सम्बोधन गरिहाल्थे । मेरो नाम पनि सम्बोधन गरेकाले त्यो वेलाको कमल थापाको सम्झना राम्रैसँग हुन्छ । उनमा गुरु मान्ने परम्परा थियो । पञ्चायतको समर्थनमा सक्रिय रहन्थे र पढाइमा पनि ‘इन्टेलिजेन्ट’ थिए । कीर्तिपुरमा पढाउँदा पनि थापाको स्वभावमा परिवर्तन आएको मैले पाइनँ । त्यतिवेलै राजनीति गर्थे लीलामणि पोखरेल हाल माओवादी केन्द्रका नेता लीलामणि पोखरेललाई पनि पाटनमा पढाएको हुँ । लीलामणि पनि निकै हक्की स्वभावका थिए । त्यतिवेलै उनको राजनीतिक सक्रियता देखिन्थ्यो । पाटनमै हरिबोल गजुरेललाई पनि पढाएको हुँ, तर उनको बारेमा भने खासै जानकारी थिएन । प्रतिभावान् थिए रवीन्द्र मिश्र रवीन्द्र मिश्रलाई पनि मैले पढाएँ । मिडियामा चर्चा कमाएर अहिले राजनीतिमा छिरेका उनलाई मैले सधैँ नियालिरहेको छु । एमएमा उनलाई पढाएको हुँ । त्यतिवेलै पनि उनी प्रतिभावान् नै थिए । कविता, निबन्धलगायत लेखनमा कलम चलाउन रुचि राख्थे । आफूले पढाएको विद्यार्थीको रेडियोमा आवाज सुन्दा, उनले सान्दर्भिक अन्तर्वार्ता लिँदा खुब आनन्द हुन्थ्यो । मिहिनेती थिइन् चित्रलेखा यादव नेत्री चित्रलेखा यादवलाई अंग्रेजी केन्द्रीय विभाग कीर्तिपुरमा पढाएँ । त्योवेला चित्रलेखाको स्वभाव विनम्र थियो । कीर्तिपुरमा बसेर मिहिनेतसाथ पढ्थिन् । नियमित पढ्ने र मिहिनेत गर्ने बानी थियो । उनी कलेजको शिक्षक बन्छिन् भन्ने लागेको थियो । त्यतिवेला अंग्रेजीमा पढ्नु भनेको हामीजस्तै शिक्षक बन्ने हो भन्ने मेरो सोचाइ थियो । उनी कांग्रेसको राजनीतिबाट यति ठूलो नेता हुन्छिन् भन्ने लागेकै थिएन । थिएटरमा सफल धेरै विद्यार्थी सञ्जीव उप्रेती थिएटरमा निकै चलेका छन् । उनी मेरा विद्यार्थी हुन् । अरुण गुप्ता र अर्चना थापा पनि थिएटरमा सफल भएका छन् । यी सबै मेरा विद्यार्थी हुन् । नाट्य निर्देशक सजग राणालाई पनि मैले पढाएको हुँ । अरुणले मैले लेखेको नाटक नै पहिलोपटक निर्देशन गरेर प्रस्तुत गरे । उनमा नाटक प्रस्तुत गर्ने उत्कृष्ट क्षमता छ भन्ने लाग्छ । डा। शिव रिजालले मेरो ‘सुपरभिजन’मा थिएटरमै पिएचडी गरे । उनको पिएचडी राम्रो छ । शिव मेरा सहकर्मीजस्तै भए । सँगै नाटक लेख्ने र गर्ने गर्यौँ । पछिल्लो समय मेघराज अधिकारी नाटक अभिनय गर्ने, अनुवाद गर्ने, व्याख्या गर्ने, सेमिनार पेपर तयार गर्नेलगायतका काममा सक्रिय भएर लागेका छन् । त्यसैगरी, पुष्प आचार्य नाटकमा अभिनय, प्रस्तुतिलगायतमा राम्रा व्यक्ति हुन् । रंगमञ्चमा आएका यी सबै मेरा विद्यार्थी हुन् । तिखो विश्लेषण गर्थे अजयभद्र खनाल मिडियाबाट राजनीतितिर लागेका अजयभद्र खनाल पनि मेरा विद्यार्थी हुन् । मेरा प्रिय विद्यार्थी नै हुन् । उनको थेसिस पनि मैले नै सुपरभाइज गरेको थिएँ । उनले अत्यन्तै जटिल विषयमा थेसिस लेखेका छन् । उनमा तिखो विश्लेषण गर्ने खुबी छ । उनी राजनीति बुझ्ने व्यक्तिजस्तो लाग्थ्यो, अहिले त आफैँ राजनीतिमा लागे । मेरा विद्यार्थी कोही सीधै राजनीतिमा प्रवेश गरेका छन् भने कोही मिडिया हुँदै राजनीतिमा लागेका छन् । मिडियामा पनि मेरा धेरै विद्यार्थी स्थापित छन् । जिस्क्याएर संकटमा पार्ने पिकेका छात्रा ०३० बाट प्राध्यापन सुरु गरेँ । त्यतिखेर पद्मकन्या क्याम्पसमा जागिर थियो । कक्षामा छिर्नेबित्तिकै छात्राहरू देख्दा साधुनीको भीडजस्तो लाग्यो । एउटै पोसाक लगाएका विद्यार्थी देखेपछि मन कताकता आत्तिएजस्तो भयो । मलाई त लाज लागेर पढाउनै गाह्रो भयो । मैले लाज मानेको थाहा पाएपछि त छात्राहरूले नै जिस्क्याउन पो थाले । उनीहरूले ‘बिचरा सरलाई लाज लाग्यो है रु’ भन्दै जिस्क्याउन थालेपछि मलाई त झन् संकट पर्यो । पछि बिस्तारै बानी पर्दै गएपछि सहज भयो । विद्यार्थीका सवालमा शिक्षकभित्र द्वन्द्व विद्यार्थीले आफ्नो विचार नमान्दैमा शिक्षकले दुःख मान्छ भन्ने मलाई लाग्दैन । राम्रो शिक्षकको अवस्था यो हुँदैन । विद्यार्थीहरू फरकफरक विचारका हुन्छन्, भिड्छन्, स्वभाविक नै हो । तर, आफ्ना विद्यार्थीको विचार र कामले देशमा योगदान दिएन भनेचाहिँ दुःख लाग्छ । आफूले दिएको शिक्षाविपरीत गतिविधि गर्दा चोट लाग्छ । शिक्षकमा सहनशीलता बढी हुन्छ भन्ने मेरो अनुभवले बताउँछ । फरकफरक विद्यार्थीको कुरा सुन्दा सबैका कुरा ठीक लाग्दा रहेछन् । एउटा शिक्षकले भने समग्रमा उनीहरूले देशलाई दिने प्रतिफल राम्रो होस् भन्ने नै अपेक्षा राखेको हुन्छ । ऊ वेलाका विद्यार्थी अहिलेका विद्यार्थी हिजो पनि म विद्यार्थीसँग नजिक थिए, अहिले पनि नजिक छु । मसँग व्यक्तिगत सम्बन्ध र संवादको निरन्तरता छ । मेरा विद्यार्थी मित्रवत् छन् । अहिले पनि उत्तिकै सम्वाद गर्छन् । विद्यार्थी ब्रिलियन्ट हुँदै गए, मैले तिनलाई विद्वान्कै रूपमा हेर्छु । उनीहरूले लेखेका कुरा हेर्छु, पढ्छु, खुसी लाग्छ । विद्यार्थीसँग गमक्क परेर टाढा हुने शिक्षक मलाई दुःखी लाग्छ । यस्तो शिक्षकले मज्जा लिन सक्दैन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE