Khabar Dabali २५ माघ २०८२ शनिबार | 7th February, 2026 Sat
Investment bank

ठूलो आन्दोलन चर्काउने प्रचण्डलार्इ कसले दियो चेतावनी ?

\"\"काठमाडौं, ६ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारका प्रमुख सहयोगी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासमक्ष उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले स्थानीय तह निर्वाचन गराउन असहयोग गरेको गुनासो गरेका छन् । गृहमन्त्री निधिको ‘असहयोगी व्यवहार’ तथा ‘विवादास्पद अभिव्यक्ति’ का कारण निर्वाचन गराउन असहज भएको गुनासो प्रधानमन्त्री प्रचण्डले देउवासँग गरेका हुन् । प्रधानमन्त्रीले गृहमन्त्रीका पछिल्ला व्यवहारलाई गम्भीरतापूर्वक लिइदिन पनि देउवासँग आग्रह गरे । आजको नागरिक दैनिकमा खबर छ–प्रदेश नम्बर ३ अन्तगर्तका माओवादी केन्द्रका पोलिटब्युरो सदस्यको चुनावकेन्द्रित संयुक्त बैठकमा प्रधानमन्त्री प्रचण्डले आफूले देउवासँग गुनासो गरेको जानकारी गराएको सहभागी सदस्य युवराज चौलागार्इंले बताए । ‘मैले कांग्रेस सभापति देउवालाई गृहमन्त्री निधिले असहयोग गरेको तथा विवादास्पद अभिव्यक्ति दिएर निर्वाचनबारे अन्योल बढाइरहनुभएको छ, याद गरिदिनुहोला भनेको छु,’ प्रचण्डलाई उधृत गर्दै चौलागाईंले भने, ‘जबाफमा देउवाजीले म आफंै एकपटक सम्झाउँछु, उनले मानेन् भने फेरि छलफल गरौँला भनेका छन् ।’ दाहालले देउवासँग गुनासो गरेपछि स्थिति सकारात्मक हुँदै गएको पनि बैठकमा सुनाएका थिए । तर निर्वाचन आयोगको तयारी र सुरक्षा व्यवस्थाको विषयसमेत जोडेर गृहमन्त्री निधिले गरेको ‘विवादास्पद ट्विट’लाई सच्चाइसकेकाले स्थिति बिग्रिनसकेको पनि प्रधानमन्त्री प्रचण्डको भनाइ थियो । उपेन्द्रको चेतावनीपछिको राजनीति बैठकमा प्रधानमन्त्री प्रचण्डले संविधान संशोधन प्रस्ताव पेस हुनुअघिको एक छलफलमा संघीय गठबन्धनका संयोजकसमेत रहेका संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले दिएको चेतावनीको प्रसंग पनि सुनाए । संविधान संशोधनमा सहमति लगभग भइसकेको अवस्थामा उपेन्द्र यादवले वैशाखमा ठ्लो आन्दोलन गर्ने/हुने चेतावनी दिएको पनि दाहालले बैठकमा बताएका थिए । ‘अब वैशाखमा ठूलो आन्दोलन हुन्छ, त्यो आन्दोलन तपार्इंहरूले धान्न सक्नुहुन्न,’ यादवले आफूलाई दिएको चेतावनी उद्धृत गर्दै प्रचण्डले मंगलबारको बैठकमा भने, ‘हामी पनि आन्दोलनमा जान्छौँ, हाम्रो आन्दोलनमा बाबुराम भट्टराई जी पनि आउनुहुन्छ, कमल थापा पनि धार्मिक अजेन्डा लिएर आउनुहुन्छ भन्नुभएको थियो, अहिले त्यही देख्दैछु ।’ पछिल्लो घटनाक्रम यादवले भनेझैँ भइरहेकाले आफू सचेत र सशंकित भएको भन्दै दाहालले पार्टी नेतालाई गम्भीर हुन आग्रह गरे । प्रधानमन्त्री प्रचण्डका अनुसार यादवले प्रक्षेपण गरेजस्तै सरकार छाड्ने र निर्वाचन बहिष्कार गर्ने उपप्रधान तथा स्थानीय एवं संघीय मामिलामन्त्री कमल थापाको अभिव्यक्तिले झस्काएको छ । ‘निर्वाचन आयोगले राप्रपाको मागबारे बीचको बाटो खोज्ने जनाइसकेकाले थापाजीहरू सरकार नै छाड्ने र निर्वाचन नै बहिष्कार गर्ने बाटोमा नजालान् भन्ने मेरो अनुमान छ’, प्रचण्डलाई उद्धृत गर्दै बैठक स्रोतले भन्यो । थापाको अभिव्यक्ति गम्भीर पार्टीको चुनावी सभालाई सम्बोधन गर्न दाङ पुगेका राष्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्ष कमल थापाले पार्टी विधानमा राजसंस्था र हिन्दु धर्मसम्बन्धी व्यवस्था राख्न निर्वाचन आयोगले नदिए सरकार छाड्ने र निर्वाचनमा भाग लिन नसक्ने अभिव्यक्ति दिएका छन् । थापाको त्यो अभिव्यक्तिलाई आपूmले गम्भीर रूपमा लिएको प्रधानमन्त्री प्रचण्डले बैठकमा बताएका थिए । आइतबार साँझदेखि आएको ज्वरो र झाडापखालाका कारण बालुवाटारमै आराम गरिरहेका दाहालले पेरिसडाँडाको बैठक स्थगित गरेका थिए । बालुवाटारमा बोलाइएको प्रदेश ३ अन्तर्गतका पोलिटब्युरो सदस्यको भेलामा दाहालले निर्वाचनमा केन्द्रित हुन निर्देशन दिएका हुन् । माओवादी नेता लीलामणि पोखरेलका अनुसार प्रधानमन्त्री दाहालले एकै चरणमा मात्रै स्थानीय निर्वाचन गरिने भन्दै सिंगो पार्टी पंक्ति परिचालनमा जोड दिएका छन् । ‘वैशाख ३१ गतेका लागि तोकिएको निर्वाचन कुनै पनि हालतमा रोकिँदैन, यसमा कुनै भ्रम र द्विविधा लिन जरुरी छैन,’ पोखरेलले भने, ‘उम्मेदवार छनोट र ९ गते सबै स्थानीय तहमा चुनावी सभा तयारी गर्न पनि अध्यक्षज्यूको निर्देशन छ ।’ प्रधानमन्त्री दाहालले संविधान संशोधन प्रस्तावलाई अस्वीकार गर्दैे संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा, संघीय गठबन्धनले निर्वाचन बहिष्कार घोषणा गरे पनि सरकारले सहमतिका लागि अन्तिम समयसम्म प्रयास गर्ने जानकारी बैठकमा गराए । संविधान जारी गर्ने बेला पनि अत्यन्त अप्ठेरो स्थिति भएको स्मरण गराउँदै दाहालले एमाले र माओवादी निर्वाचनका लागि प्रतिबद्ध भएर लागेको र कांग्रेसको बहुमत पक्षले पनि निर्वाचनमै जोड गरेकाले स्थगित नहुने बताए । प्रधानमन्त्रीले गृहमन्त्री निधिले भनेजस्तो सुरक्षा प्रबन्ध कमजोर नभएको जानकारी पनि बैठकलाई गराए । ‘आजै मात्रै मैले सुरक्षाका चारै निकायका प्रमुखसँग सुरक्षा अवस्थाबारे जानकारी लिएको थिएँ । उहाँहरूले सुरक्षाका कारण चुनाव रोकिने अवस्था छैन, सुरक्षा निकाय सक्षम छ भन्नुभएको छ’, दाहालले बैठकमा भने ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE