Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

ऊर्जामन्त्रीको महत्वाकांक्षी घोषणा : ७ वर्षमा १७ हजार मेगावाट विद्युत् उत्पादन

\"\"काठमाडौं, ५ वैशाख । ऊर्जा मन्त्रालयले आउँदो ७ वर्षमा १७ हजार मेगावाट विद्युत् आन्तरिक बजारमा खपत गर्ने महत्वाकांक्षी योजना अघि सारेको छ । सरकारी लगानीमा ठूला आयोजनाबाट ८ हजार र सरकारी तथा निजी लगानीबाट ९ हजार मेगावाट विद्युत् उत्पादन गर्ने भन्दै ऊर्जामन्त्री जनार्दन शर्माले त्यसलाई आन्तरिक बजारमा खपत गर्ने गरी माग बढाउनुपर्ने बताए । १० वर्षमा १० हजार मेगावाट उत्पादनको नारा पुरानो भएको भन्दै मन्त्री शर्माले अब त्यसको क्षतिपूर्तिस्वरूप दोब्बर उत्पादन गरेर देखाउनुपर्ने उल्लेख गरे । अाजको नयाँ पत्रिकामा खबर छ– ‘सरकारको लगानीमा पश्चिम सेती, नलसिंहगाड, शारदा, नौमुरे, उत्तरगंगा, बुढीगण्डकी, सुनकोशी, दूधकोशी, अरुण, तमोरलगायतका आयोजना अघि बढाइनेछ,’ उनले भने, ‘निजी क्षेत्रबाट र सरकारी लगानीमा पनि केही रन अफ दी रिभर आयोजना अघि बढ्नेछन् ।’ जलविद्युत् क्षेत्रमा उपलब्धी हासिल भए देशको औद्योगिक क्षेत्रमा ठूलो विस्तार हुने पनि उनले बताए । ‘जलविद्युत्मा लगानीको कुनै समस्या छैन,’ उनले भने, ‘स्वदेशभित्रै र विदेशमा रहेका नेपाली लगानीका लागि तयार छन्, त्यसका अलावा सरकारले विदेशी लगानीकर्ता पनि भित्राउँछ।’ व्यवस्थापकीय क्षमताबाट लोडसेडिङ अन्त्य लोडसेडिङ अन्त्यपछि अर्थतन्त्रमा त्यसले पारेको प्रभावका विषयमा भएको अन्तरक्रिया कार्यक्रममा मन्त्री शर्माले व्यवस्थापकीय क्षमताबाट लोडसेडिङ अन्त्य गरिएको बताए । ‘लोडसेडिङ अन्त्यका लागि घोषणाले काम गर्ने अवस्था थिएन, त्यसका लागि काम गरेर देखाउनुपर्ने अवस्था हाम्रासामु थियो,’ उनले भने, ‘गत वर्षभन्दा ४५ मेगावाट विद्युत् धेरै आयात गरेर लोडसेडिङ अन्त्य गरेका छौँ ।’ लोडसेडिङको अन्त्य भएपछि त्यसले औद्योगिक उत्पादन र रोजगारी दुवै बढाएको भन्दै शर्माले सरकारको अबको कार्यदिशा आर्थिक वृद्धिमा केन्द्रित हुनुपर्ने बताए । घिसिङलाई ४ वर्ष टिकाउँछु मन्त्री शर्माले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पूरा कार्यकाल काम गर्ने वातावरण बनाउने दाबी गरे । सरकार परिवर्तन भए पनि घिसिङलाई सफलतापूर्वक काम गर्ने वातावरण तयार गर्न आफू लागिपर्ने पनि उनले बताए । ‘हाम्रो राजनीतिक प्रणाली यही हो, सरकार परिवर्तन भए पनि एउटा जनप्रतिनिधिका रूपमा घिसिङजीलाई पूरा कार्यकाल काम गर्ने वातावरण तयार गर्न लागिरहेको छु,’ उनले भने । प्रत्येक परिवारलाई एक लाखको सेयर : मन्त्री शर्मा ठूला आयोजनाको स्वामित्व प्रत्येक परिवारलाई हुनेगरी अघि बढ्ने पनि ऊर्जामन्त्री जनार्दन शर्माले घोषणा गरे । ‘ठूला आयोजनामा प्रत्येक परिवारलाई एक लाख रुपैयाँबराबरको सेयर दिनेछौँ,’ उनले भने, ‘लगानी गर्न नसक्ने परिवारलाई श्रमका आधारमा सेयर उपलब्ध गराइनेछ ।’ ५ वर्षभित्रमा सबै परिवारले त्यस्तो सेयर पाउने दाबी पनि उनले गरे । मन्त्री शर्माले आगामी ७ वर्षमा प्रतिव्यक्ति विद्युत् खपत अहिलेको भन्दा साढे १२ गुणा (१२ सय ५० प्रतिशत)ले बढाउने पनि दाबी गरे । ‘अहिले वार्षिक ऊर्जा खपत प्रतिव्यक्ति १ सय ६० युनिट छ,’ उनले भने, ‘७ वर्षमा यसलाई बढाएर २ हजार युनिट पुर्याउनुपर्नेछ ।’ ऊर्जा बिक्री गर्नेभन्दा पनि खपत गर्ने वस्तु भएको भन्दै उनले आन्तरिक बजार विस्तारमा लाग्ने बताए । धेरै काम गर्न बाँकी छ : घिसिङ नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ग्राहकको मागअनुसार विद्युत् उपलब्ध गराउन नसकिएकाले उत्पादन वृद्धिसँगै पर्याप्त विद्युत् आपूर्ति गर्ने बताए । उनले विद्युत्को माग र वितरण प्रणाली दुवैलाई चुस्त व्यवस्थापन गर्दा नै लोडसेडिङ अन्त्य गर्न सकिएको जानकारी दिए । ‘अझै पनि गुणस्तरीय सेवा दिन कठिनाइ भइरहेको छ,’ उनले भने, ‘जति काम भएको छ, सेवाग्राहीको सहयोगबाट नै सम्भव भएको हो ।’
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending