Khabar Dabali २४ माघ २०८२ शुक्रबार | 6th February, 2026 Fri
Investment bank

किन गरे नारायणकाजीले सहमतीय सरकारको प्रस्ताव ?

\"\"काठमाडौं, ४ वैशाख । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र संघीय गठबन्धनले संविधान संशोधन र स्थानीय निर्वाचनमा असहमति जनाई आन्दोलन घोषणा गरिरहेकै बेला सरकारको नेतृत्वकर्ता माओवादी केन्द्रले राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि पहल थालेको छ । संविधान जारी गर्ने बेला एकमत देखिएका प्रमुख पाँच राजनीतिक दल सम्मिलित संयुक्त सरकार गठन गरी संविधानले संस्थागत गरेका उपलब्धि जोगाउनुपर्ने भन्दै माओवादी केन्द्रले सहमतीय सरकारका लागि पहल सुरु गरेको हो । यस कार्यमा माओवादी केन्द्रका तर्फबाट वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ सक्रिय भएका छन् । आजको नागरिक दैनिकमा खबर छ–नेता श्रेष्ठले राष्ट्र र लोकतान्त्रिक व्यवस्था जोगाउन राष्ट्रिय सहमतिको सरकार गठन गर्नुपर्ने भन्दै पार्टीको प्रारम्भिक धारणा आइतबार सार्वजनिक गरेका छन् । ‘राष्ट्रलाई असफल हुनबाट बचाउन र लोकतान्त्रिक उपलब्धि जोगाउन पनि पुनः सबै एक हुनुपर्ने अवस्था आएको छ,’ श्रेष्ठले आइतबार ट्विटमा लेखेका छन्, ‘राष्ट्रिय सहमतिको सरकार नै आजको आवश्यकता भएको छ, प्रमुख पाँच दल संलग्न राष्ट्रिय सहमतिको सरकार बनाऔं, त्यसमा विलम्ब नगरौं ।’ दलहरूले आआफ्ना ‘इगो’ त्यागेर सहमतीय सरकार निमार्णतर्फ जानुपर्नेमा समेत उनले जोड दिएका छन् । उनको यो भनाइले राजनीतिक अवस्था मोडिन खोजेको संकेत गरेको छ । श्रेष्ठले संविधान जारी गर्ने बेला एकमत भएका सत्तारूढ माओवादी केन्द्रसहित कांग्रेस, एमाले, राप्रपा र लोकतान्त्रिक फोरम नेपाल संलग्न नयाँ सहमतीय सरकार गठनमा जोड गरेका हुन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE