Khabar Dabali २४ माघ २०८२ शुक्रबार | 6th February, 2026 Fri
Investment bank

‘सबै बमकी आमा’ ले तर्सेला त उत्तर कोरिया ?

\"\"अमेरिकीले बिहीबार अफगानिस्तानमा गैरआणविक हतियारमध्ये सबैभन्दा शक्तिशाली बम खसाल्यो । ‘सबै बमकी आमा’ भनिने यो बम कथित इस्लामिक स्टेटले प्रयोग गरिरहेको गुफामा खसालेको बताइएको छ । अमेरिकी सेनाले बम खसालेपछि राष्ट्रपति ट्रम्पले मिसन ‘असाध्यै सफल’ भएको प्रतिक्रिया दिँदै उक्त बमले उत्तर कोरियालाई सन्देश दिए–नदिएकोबारे भने आफूलाई थाहा नभएको बताए । ट्रम्पले कार्यकाल सुरु गरेको तीन महिना पनि नबित्दै अमेरिकी सेनाले विश्वकै ध्यान आकर्षित गर्ने दुईवटा आक्रमण गरिसकेको छ । पहिलो आक्रमण सिरियाको हवाई मैदानमा भएको थियो भने दोस्रो अफगानिस्तानको गुफामाथि । ट्रम्पले सैन्य शक्तिको प्रयोग उनका पूर्ववर्ती बाराक ओबामाभन्दा आक्रामक तरिकाले गरेका छन् । उनले अमेरिकी सेनाको बलप्रति एक स्तरको सनक र गर्व प्रदर्शन गरेका छन् । आफ्नो कार्यकालमा दुईवटा युद्ध लडेका पूर्वराष्ट्रपति जर्ज डब्लु बुसलाई पनि हरेक आक्रमणका लागि लामो प्रक्रिया पार गर्नुपथ्र्यो । र, उनी युद्ध सुरु गर्दै छन् भन्ने व्यापक अनुमान गरिएको थियो । तर, कार्यकालका पछिल्ला दुईवटा आक्रमण अचानक आएका छन् । यो संख्या र शक्ति प्रयोगको गति हेर्दा ट्रम्पले ‘युद्ध राष्ट्रपति’ का रूपमा इतिहासमा नाम लेखाउने सम्भावना देखिन्छ । ‘सबै बमकी आमा’ एउटा क्रूर हतियार हो, जसले विस्फोटनका क्रममा ठूलो मात्रामा अक्सिजन सोस्छ । यसको विध्वंस क्षमताले सर्वसाधारणको क्षति हुने सम्भावना असाध्यै धेरै हुन्छ । विगतमा अमेरिकाले इराक र अफगानिस्तानमा गरेका आक्रमणमा धेरै सर्वसाधारणलाई मार्ने र घाइते पार्ने काम गरेको छ । ‘सबै बमकी आमा’ प्रयोग गरेर वासिङटनले सर्वसाधारणको क्षतिप्रति बेवास्ता गरेको देखाउँछ । यो विस्फोट वास्तविक लडाइँमा बमले कस्तो काम गर्दो रहेछ भनेर परीक्षण गरेजस्तो देखिन्छ । यो अमेरिकी सेनालाई जिस्काउँदा के परिणाम हात लाग्छ भनेर तर्साउन खोजेको जस्तो पनि देखिन्छ । उत्तर कोरियाले अफगानिस्तानमा खसालिएको बमको तरंगको अनुभूति गरेको पनि हुन सक्छ । यो बमले प्योङयाङ तर्सेको भए राम्रै भयो तर यसको वास्तविक असर भने उल्टो पनि हुन सक्छ । पछिल्ला वर्षमा प्योङयाङको आफ्नै तर्क रहँदै आएको छ, आणविक हतियार नहुँदा इराकका सद्दाम हुसैन र लिबियाका कर्णेल गद्दाफीको हालत कस्तो भयो भन्ने प्रस्ट छ । हाम्रो सत्ता पनि त्यसैगरी ढालिन सक्छ । त्यसकारण ‘सबै बमकी आमा’ को विस्फोटले एकपटक फेरि उत्तर कोरियालाई बहकाउन सक्छ । उसलाई हामीले त हाम्रो क्षमता विस्तार पो गर्नुपर्ने रहेछ भन्ने विश्वास गर्र्ने स्थितिमा पुर्‍याउन सक्छ । उत्तर कोरिया आफ्नो छैटौँ आणविक परीक्षणको तयारी गरिरहेको छ र यसका नेता किम जोङ उन विकल्पहरूमाथि विचार गरिरहेका छन् भन्ने व्यापक अनुमान गरिँदै छ । तसर्थ, अमेरिकी सेनाले पठाएको सन्देश प्योङयाङलाई तर्कसंगत निर्णय गर्न सहयोग गर्ने खालको छैन । भनिन्छ, रुससँग पनि अमेरिकाको जस्तो हतियार छ, जसलाई ‘बमहरूको बाउ’ भनिन्छ । कल्पना गर्नुस् त, सिरियामा हवाई हमलाका क्रममा रुसले इस्लामिक स्टेटविरुद्ध त्यो बम खसाल्यो भने अमेरिका र पश्चिमले कस्तो प्रतिक्रिया जनाउला । अमेरिकाले आफूलाई जे मन लाग्छ त्यो गर्ने विशेषाधिकारको भरपूर फाइदा उठाएजस्तो देखिन्छ । तर, विश्वका लागि यसले सुरक्षाभन्दा ज्यादा खतरा ल्याउन सक्छ । (नयाँ पत्रिकामा प्रकाशित चीन संस्थापननिकट ग्लोबल टाइम्सको सम्पादकीय)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE