Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

आजदेखि ७५ वटै जिल्लामा निर्वाचन कार्यालय

\"\"काठमाडौं, ३ वैशाख । वैशाख ३१ का तय स्थानीय निर्वाचनका लागि ७५ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृतका कार्यालय आइतबारबाट खुल्ने भएका छन् । निर्वाचन आयोगले जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृतमा नियुक्त गरेको छ। ‘आइतबारबाट ७५ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृतका कार्यालय खुल्दै छन्\', आयोगका सचिव गोपीनाथ मैनालीले भने, ‘आइतबारबाट निर्वाचनका कार्यक्रम सञ्चालन गर्न आयोग जिल्लामा क्रियाशील हुन्छ।\' आजको अन्नपूर्ण पोष्टमा खबर छ–मुख्य निर्वाचन अधिकृतले जिल्लामा छुट्टै कार्यालय खोलेर निर्वाचनका लागि सम्पादन गर्नुपर्ने काम र आफू मातहतका निर्वाचनमा खटिने कर्मचारीका लागि काममा खटाउने जिम्मेवारी हुन्छ । त्यस्तै, मुख्य निर्वाचन अधिकृतलाई जिल्लाभित्र निर्वाचनसम्बन्धी कामको समन्वय र सुपरिवेक्षण गरी आवश्यक निर्देशन दिने अधिकार पनि तोकिएको छ । जिल्ला सदरमुकाममा रहने स्थानीय तहको निर्वाचन अधिकृतको भूमिका पनि निर्वाह गर्ने गरी मुख्य निर्वाचन अधिकृतलाई जिम्मेवारी तोकिएको आयोगले जनाएको छ । आयोगले ७५ मुख्य निर्वाचन अधिकृत र ६ सय ६९ निर्वाचन अधिकृत नियुक्त गरी तालिम दिएर सम्बन्धित क्षेत्रमा पठाइसकेको छ । ७ सय ४४ वटा स्थानीय तहमा भने वैशाख १२ मा निर्वाचन अधिकृतका कार्यालय स्थापना गरिनेछन् । न्याय सेवा र निजामती सेवाका अधिकृतलाई निर्वाचन अधिकृत तोकिएको छ । निर्वाचन अधिकृतलाई आफूलाई तोकिएको स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी दिइएको छ । आयोगले निर्वाचन सम्पन्न गर्न आवश्यक सामग्री जुटाउने काम गरिरहेको र वैशाख १२ बाट सामग्री जिल्लामा पठाउन सुरु गर्दै छ । आयोगले निर्वाचनमा कर्मचारी खट्न थालेको भन्दै उनीहरूका लागि हवाई टिकटमा प्राथमिकता दिन सरकारलाई निर्देशन दिएको छ । पर्यटन सचिव, नागरिक उड्डयन प्राधिकरण र नेपाल वायुसेवा निगमका पदाधिकारीसँगको छलफलमा निर्वाचनमा खटिने कर्मचारीलाई हवाई टिकटमा पहिलो प्राथमिकता दिन निर्देशन दिइएको सचिव मैनालीले जानकारी दिए । यसैबीच, छिमेकी चीनबाट पेन, कैंची, पन्चिङ मेसिनलगायत ११ सामग्री आएका छन् भने छिमेकी भारतले नङमा लगाउने मसी नपठाउँदा आयोगले यसपटको निर्वाचनमा मार्कर पेन प्रयोग गर्ने भएको छ । नउड्ने खालको मसी रहने मार्कर पेन आयोगले खरिद गरिसकेको छ । भारतसँग सहयोगस्वरूप सवारी साधनको माग गरिए पनि हालसम्म कुनै खबर नआएको आयोगले जनाएको छ । आयोगले शनिबारसम्म ६२ जिल्लाका लागि १ करोड ३२ लाख ८६ हजार मतपत्र छापेको छ । ७ वटा जिल्लाको मतपत्र छाप्न सुरु भएको र सम्भवतः आइतबारभित्र छपाइ सक्ने लक्ष्य राखिएको सचिव मैनालीले जानकारी दिए । आयोगले ३–४ दिनभित्र सबै जिल्लाको मतपत्र छपाइको काम सम्पन्न गर्ने जनाएको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending