Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

१०३ वर्षमा बल्ल घरकाे बास !

\"\"काठमाडाैं, २ वैशाख । ‘राम्रो घर पाएँ, साह्रै खुसी लागेको छ\', दशकौं बाख्राको खोरमा बिताएकी बर्दिबास १ की १०३ वर्षीया मरनी सादाले नयाँ घरको बरन्डामा बसेर धुर्मुस-सुन्तलीसँग खुसी साट्दै भनिन्, ‘पहिला बाख्रा बाँध्ने ठाउँमा सुत्थें, बाबु । पानी पर्दा छानो चुहिन्थ्यो । जाडोमा न्यानो ओछ्यान र ओढ्ने थिएन । आगो तापेर रात काट्थें । तपाईंहरूले मजस्ती बूढीका लागि जाडो र झरी छल्ने घर बनाइदिनुभयो ।\' अाजको अन्नपूर्ण पोस्टमा खबर छ– नयाँ वर्ष २०७४ सँगै करोडौं नेपाली आपसमा सुख, समृद्धि, शान्ति, विकास र उन्नतिको शुभकामना आदानप्रदान गरिरहँदा मरनीको दुखिया जीवनले पनि अब बाँचुन्जेल खोरबाट मुक्ति पाएको छ । बाख्राको खोरमा सयभन्दा बढी वसन्त काटेकी उहाँले धुर्मुस-सुन्तलीको पहलमा निर्मित नयाँ पक्की घर पाउँदाको खुसी बखान गरी साध्य छैन । धुर्मुस-सुन्तलीले आफ्नै स्वामित्वको घरमा नयाँ पहिरनमा प्रवेश गराउँदाको क्षणमा बुढ्यौलीले मुजा परेको मरनीको मुहारको चमक नै बेग्लै थियो । मुहारको त्यो चमकले उनको मात्रै होइन, मुसहर बस्तीका पुस्तौंदेखि रोग, भोक र अशिक्षाले थलिएका ५५ मुसहर परिवारका बालदेखि वृद्धसम्मले अनुभूति गरेको साझा खुसीको प्रतिनिधित्व गरेको थियो । पिछडिएको मुसहर समुदायका लागि धुर्मुस-सुन्तली फाउन्डेसनले एकीकृत नमुना मुसहर बस्तीको नाम दिएर एउटै डिजाइन, रंग र उस्तै जस्तापाताले छाएका घर निर्माण गरेपछि बस्तीका सबै दंगदास छन् । मरनीलाई गाउँलेले साइकलमा ल्याएर नयाँ घरमा गृह प्रवेश गराए । उखरमाउलो गर्मीको रापलाई उनले आफ्नो घरको खाटमा सुम्सुम्याउन आइपुगेको चिसो बताससँगै मनभरी खुसी र आनन्द भर्दै लखेटेको अनुभूति गरिन् । उनी नयाँ घरमा सर्दा गाउँमा मेला नै लाग्यो । पक्की घरमा बसेर उनले घरको भुइँ, छानो र भित्ता नियाल्नु भयो र छानाबाट पानी नचुहिने अनुभव गरी गहभरि हर्षको आँसु छचल्कियो । रंगिन जस्तापाता टल्के झैं मरनीको जीवनसँगै मुसहर बस्तीका दुई सय ७० जनाको जीवन उज्यालिएको देखिपछि उहाँले भन्नुभयो, ‘मैले जे दुःख भोगें भोगें । अब गाउँका छोरा, बुहारी, नातिनातिनाले दुःख भोग्नु पर्दैन । मसँगै उनीहरू पनि सुखको जीवन बिताउँछन् ।\' २०७२ पौस १३ गते बाख्राको खोरमा न्यानो बासस्थान र लुगाको अभावमा शीत लहरले थरथर काँपिरहेका बेला धुर्मुस—सुन्तलीले मरनीलाई देखेका थिए । मरनीको दर्दनाक अवस्था देखेर धुर्मुस-सुन्तली भावुक बनेका थिए । धुर्मुसले मरनीसँग त्यतिखेर कुरा गर्दा मरनीले भनेकी थिइन्, ‘बाबु, बूढी आमाका लागि कोही पनि छैन ।\' यति भरेर मरनी रबरबर आँसु झार्दै रोएकी थिइन् । मरनी रोएपछि सुन्तलीले भनेका थिए , ‘आमा म छु, हजुरलाई हामी सहयोग गर्छौं ।\' \'यी आमाका लागि केही गर्न पाए हुन्थ्यो\' भन्दै मनमा गहिरो मानवताको भाव र आँखाभरि आँसु बोकेर धुर्मुस-सुन्तली बस्तीबाट बाहिरिएका थिए । लामो प्रयासपछि मरनीलाई खोरबाट निकालेर राम्रो घरमा राखिरहाँदा उहाँका आँखाबाट हर्षका आँसु खसेका थिए । मरनी हर्षविभोर भइन् । चाउरी परेको अनुहारमा निकै खुसी देखिन्थ्यो । घर बनाइ दिएकोमा मरनीले धुर्मुस-सुन्तलीलाई केही दिन सकिनन् । तर, उनले आफ्नो दुःखमय जीवन सुखी बनाइदिएकोमा धुर्मुस- सुन्तलीलाई ‘भगवान्\' को अवतरको संज्ञा दिइन् । ‘धुर्मुस र सुन्तली भगवान्को अवतार बनेर मेरो घरमा आए\', मरनीले भनिन्, ‘म उनीहरूलाई भगवान् भन्छु ।\' धुर्मुसतिर हर्दै मरनीले भनिन्, ‘बाबु तपाईंहरूको सधैं जय होस् । हिँड्दा ठेस नलागोस्, नुहाउँदा केस नटुटोस् ।\' मरनीको आँखामा हर्षका आँसु आएको देखेपछि धुर्मुस-सुन्तलीले बस्ती बनाउन सहयोग गर्ने सहयोगी मनहरूलाई धन्यवाद दिए । दुई छोरा र चार छोरीकी आमा मरनीले आफू बसेको घर देखाउँदै भनिन्, ‘छोरा, बुहारी, नातिहरू अब कमाएर ल्याएको सुखसँग खाएर बस्छन् ।\' ‘जेठो छोराको विवाह गरेपछि श्रीमान् बित्नुभयो । छोराछोरी सानै थिए । घरमा कमाउने कोही थिएनन् । बिजलपुरा, बनरा, हात्तीलेट, माईस्थानका गाउँ घुमेर अलुवा (माटोमुनि फल्ने एक प्रकार खाने वस्तु) चालेर ल्याउँथे । उसिनेर छोराछोरीलाई खुवाउँथे । अलुवा नभेटेको दिन निरास भएर घर आउँथे । छोरीछोरी खानेकुरा लिएर आमा आउँछिन् भनेर बाटो हेरे बस्थे । टाउकाको ढाक्की तल राख्दा जब खानेकुरा भेटिँदैन्थयो । तब नानीहरू रुन्थें । ती दिनमा पनि छोराछोरीलाई दुःख काटेर हुर्काएँ\', मरनीले पुराना दिन स्मरण गरिन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending