Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

हिमाञ्चल ट्रेकिङ गएका नेपाली विद्यार्थीको कारुणिक वृत्तान्त : चिसोले आँखैअगाडि दुई साथी गुमे

  \"\"काठमाडौं, २ वैशाख । साहसिक यात्रा (एडभेन्चर ट्रिप) अनुभवको मूल्य दुई साथीको ज्यानै गुमाएर चुकाउनुपर्ला भनेर यी विद्यार्थीले पक्कै कल्पना गरेका थिएनन् । रमाइलो गर्ने, घुम्ने, नयाँ ठाउँको मजा लिने अनि हिउँसँग खेल्ने भनेर गत साता तीनदिने ट्रेकिङका लागि हिमाँचल प्रदेशको कुल्लु गएका पाँच नेपाली युवामध्ये दुई जनाले ज्यानै गुमाउनुपर्‍यो । प्राकृतिक सुन्दरता, मनमोहक दृश्यावलोकन सँगै हिउँको मज्जा लिँदै रमाइलो गर्न हिडेका उनीहरुको एडभेन्चर जिन्दगीभरका लागि नमिठो संझनामा परिणत भयो । दुइ साथीलाइ गुमाउनुको पिडासँगै उनीहरुलाइ आफूले पाएको पूनर्जीवनको वास्तविकता पत्याउनै गाह्रो भइरहेको छ । अाजको अन्नपूर्ण पोस्टमा खबर छ– हिमाँचलको मणिकरण घाटीमा पर्ने रसौल–मलाना ट्रयाकमा हिडेका यी विद्यार्थीहरु रसौलटप भन्ने स्थानमा फँसेका थिए । पानी परेर चिसो भएको मौसममा हिमपात समेत भएपछि उनीहरु हराएका थिए । त्यसै क्रममा जीवन र मृत्युसँग पौँठेजोरी खेल्दै चम्पापुर कंचनपुरका संतोष ऐर र काठमाडौंका विप्रा पोखरेल सदाका लागि अस्ताए भने तीन जनाले पूर्नजीवन पाए । बाँचेका मध्ये एक अर्जुन मि श्र कुल्लुको जिल्ला अस्पतालबाट डिस्चार्ज भएर फर्किएपछि नयाँ दिल्लीको लक्ष्मीनगरमा पंक्तिकारसँग कुरा गर्न तयार भए । चार वर्षदेखि उत्तर प्रदेशको ग्रेटर नोयडाको आइआइएमटी इन्जिनियरिंग अन्तिम वर्षका छात्र अर्जुन मि श्र केहि महिना अघि मात्र हिमांचल प्रदेशको कुल्लुको ट्रेकिंगबाट फर्किएका थिए । ‘साथीहरुसँग फेरि जाने योजना बनायौं, मेरै नेतृत्वमा ट्रेकिङका लागि हिडेका थियौं । गाइड गर्न सक्छु भन्ने थियो । दिल्लीबाट कुल्लु हिडेका हामी मणिकरण ,खीरगंगा,रसौल हुँदै कसौलसम्म पुग्यौं,\' अर्जुनले भने । चैत १९ गते शनिबार राती साढे बाह्र बजे दिल्लीबाट हिडेका पाँच विद्याथी तीन दिनमा फर्किहाल्ने योजनामा थिए । तर, नियतीले अर्कै योजना बनाएको थियो उनीहरुका लागि । अर्जुनको अनुभव फेल खायो । ४ हजार फिटको उचाइमा रहेको रसौलबाट मलाना गाउँ तर्फ जाने क्रममा अचानक पानी पर्न थाल्यो । हिमपात पनि शुरु भयो । ‘हिडदै गयौं, हाम्रो अनुमानअनुसार तीन घंटामा मलाना पुगिसक्छौं भन्ने थियो । तर दुर्भाग्य सात बजेसम्म पनि हामीले बाटो फेला पार्न सकेनौं,\' उनले भने, ‘रसौलटप भन्ने ठाउँमा पुग्यौ, चारैतिर हिउँले पुरिएको छ, घुमिफिरी एउटै ठाउँमा पुग्थ्यौं । केहि बेरपछि हामीले चाल पायौं, बाटो भुल्यौ भनेर ।\' हिउँको चिसोले उनको पैताला अझै लाटिएको छ । मोबाइलको चार्ज पनि सकिइसकेको थियो । संतोष (चिसोले कठाग्रिएर निधन भएका कन्चनपुर निवासी संतोष ऐर) को मोबाइलमा १५ प्रतिशत ब्याट्री रहेछ । त्यसैबाट उनीहरूले सय नम्बरमा प्रहरीलाइ फोन गरे । दिल्लीमा रहेका दाइ राजेश घिमिरेलाई फोन गरेर बाटो भुलेको र चाँडै उद्धार नभए नबाँच्ने बताए । ‘कहाँ छौं भन्ने पनि थाहा छैन । हिउँ पर्न रोकिएको थिएन, चिसोले कठाग्रिदै थियौं । बाँच्दैनौ भन्ने थियौँ, तैपनि एक अर्कालाइ हौसला दियौं,\' उनले भने । आफूसँग भएका लुगाफाटोदेखि कागज, मोबाइल चार्जर, यहाँ सम्म कि केहि नोट पनि जलाए उनीहरूले तातो पाउने आशमा । तर पनि चिसोलाई जित्न सकेनन् । राति साढे एघार बजेतिर फोनको ब्याट्री पनि सकियो । पाँचै जनाको एक अर्का भन्दा कुनै विकल्प थिएन । ‘एक अर्कालाइ घेरा पारेर म्युचुअल हिट ( शरिरको सामुहिक तापक्रम) लिइरहेका थियौँ, एकछिन त निदायौँ, बीचमा एकपटक निद्रा खुलेको थियो, साँस फेर्न गाह्रो भइरहेको थियो,\' उनले सम्झिए । विप्रा (काठमाडौंबाट चार्टड एकाउन्टेन्ट अध्ययनका लागि दिल्ली आएका विद्यार्थी विप्रा पोखरेल)ले ‘टुडे इज नट द डे, आइ एम गोइंग टु डाइ\' भनेको अर्जुन अझै सम्झन्छन् । बिप्राले त्यहीँ ज्यान गुमाए । ‘भोलिपल्ट बिहानको आठ नौ बजेको थियो होला, उठ्न खोजेँ, सकिनँ, आँखा खोल्नै सकिरहेको थिइन, हिउँमै लडे । त्यसपछि के भयो मलाइ थाहा छैन्,\' उनले भने । बाँचेका तीनमध्ये सबैभन्दा गम्भीर अवस्थामा थिए अर्जुन । उद्धार गरिएको १७ घण्टापछि उनको होस खुलेको थियो । बिस्तारै आँखा खोलेपछि चारैतिर डाक्टर देख्दा उनलाई कतै मृत्युलोकपछिको संसारमा छुकि जस्तो भान भयो । चिसोले जमेको शरीर र मस्तिष्क बिस्तारै सामान्य भइसकेपछि उनलाई आफू नमरेको विश्वास भयो । बाँचे भन्ने भएपछि ढुक्क भएर उनले फेरि आफूलाइ छाड्दिए र पूनः बेहोस भए । बाँचेका मध्ये अर्का विकास कँडेल लक्ष्मीनगरकै एउटा साथीको डेरामा बसिरहेका थिए । २० वर्षको अल्लारे उमेर, उनी दुई वर्षदेखि दिल्लीमा सीए पढ्दै थिए । प्रहरीले उद्धार गरेपछि पनि हिडेरै चार घण्टाको बाटो काटेको सम्झना छ उनलाई । ‘मलाइ सबै याद छ, सबैले एक अर्कालाइ हौसला दिइराखेका थियौ,\' उनले सम्झिए । उनले एउटा कुरा बारम्बार दोहरयाइरहे, ‘अबदेखि यसरी कहिं पनि जाँदिन, जान नहुने रहेछ ।\' घरि हासेको ,घरि एकोहोरिएको,घरि चिन्ता लिएजस्तो, आधा घण्टाको कुराकानीमा उनको मुहारको बदलिंदो भावभंगिमा देखियो । चिसोले कठ्याग्रिरहदा उनलाइ एउटै कुरा संझना आइरहयो । हात हेर्ने ज्योतिषिले उनलाई ८० वर्षसम्म बाँच्छौ भनेका रहेछन् । ‘त्यही भएर म अहिले मर्दिनजस्तो लागिरह्यो,\' उनले भने । बाँचेका तीनै जनाको इच्छा शक्ति निकै मजबुत थियो सायद । नियतिलाई उनीहरुको माया लाग्यो । तिनै जना विद्यार्थीका परिवार घटनाबारे थाहा भएर तर्सिएका थिए । संतन्ष र विप्राको परिवारको त के हाल भयो होला ! उद्धारमा स्थानीय र हिमाँचल प्रहरी दिल्लीको लक्ष्मीनगरमा लगभग सात हजार विद्यार्थी अध्ययनका लागि बसेका छन् । अधिकाँश चार्टड एकाउन्टेन्ट पढिरहेका छन् । एक आपसमा सहयोगी भुमिकामा तयार रहने यहाँका विद्यार्थीहरु विभिन्न राजनीतिक भातृ संगठनमा आबद्ध पनि छन् । कतिपय विद्यार्थी राजनीतिमा अति सक्रिय छन् । अर्जुनले फोन गरेपछि सिएका विद्यार्थी राहुल यादव लगायतका विद्यार्थीले नेपाली दूताबासका एसएसपी यादब खनाललाइ सहयोगका लागि आग्रह गरे । खनालले तत्काल हिमाँचल प्रहरी, कुल्लु इलाका प्रहरी लगायत मलाना सम्मका प्रहरीलाइ फोन गरेर फँसेका पाँच नेपाली विद्यार्थीको उद्धारकालागि आग्रह गरेको जानकारी दिए । खनालले भने, ‘घटनाको जानकारी गराउने वित्तिकै हिमाँचल प्रहरीहरुले गम्भीरताका साथ खोजी गरेका हुन् ।\' अर्कोतर्फ नेपाली दूताबासको आग्रह सँगै राजनीतिक भातृसंगठनका विद्यार्थीहरुले नेपाली काँग्रेसमा आबद्ध युवा नेता तथा भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहका सहयोगी संदीप रानालाइ पनि मदतका लागि आग्रह गरे । नेपालीलाइ अप्ठयारो परेको बेला सघाउने रानाले राजनीतिक पहुँचको आधारमा फोन घुमाउन थाले । सबैको सक्रिय प्रयासले द्रुत गतिमा खोजीकार्य भएपनि दुई विद्यार्थी बाँचेनन् । रानाले हिमाँचलका राजा महेश्वरी सिंह तथा स्थानिय नेता रजनी ठकुरालले विद्यार्थीहरुको पोष्टमार्टमदेखि मृतकको लाशलाइ नेपाल पठाउन सम्म निकै सहयोग गरेको जानकारी दिए । उनले भने, ‘उहाँहरुको सहयोग नभएको भए कुल्लु स्थानिय अस्पतालमा उपचार, मृतकका बारेमा हुने अनुसंधान लगायत प्रकृयागत कठिनाइहरु सजिलै हुँदैनथ्यो ।\' महेश्वरी सिंहकी आमा नेपाली मूलकी भएकीले झन् सहयोग र सदभाव मिलेको थियो । स्थानीय तथा प्रहरीको सहयोगमा हराएको २३ घण्टापछि यी विद्यार्थीको उद्धार गरिएको थियो । मनालाका एक ट्रेकर प्रतीक कमलले नेपाली विद्यार्थीहरूबाट ट्रेकिङका क्रममा असावधानी भएको बताए । ‘ट्रेकिंगमा सुरक्षाको दृष्टिकोणले गाइडको सहयोग एकदम जरुरी हुन्छ,\' कमलले भने, ‘मौसमको पूर्वानुमानलाइ पनि बेवास्ता गरेर हिडदा पर्यटकहरु यस्ता घटनाको शिकार हुन्छन । यी पाँच जनालाइ सल्लाह दिन न कोहि गाइड थियो, न कोहि अनुभवी ।\' हिमांचल प्रदेशको कुल्लुमनाली चिसो मौसमका लागि प्रख्यात छ । कुल्लुको पार्वती भ्यालीभित्र विभिन्न ट्रेकिंग क्षेत्रमा वर्षेनि हजारौ पर्यटकहरु पुग्छन् । मणिकरण, खीरगंगा, कसौललगायत क्षेत्रमा अचानक परिवर्तन हुने मौसमका कारण वर्षेनि यहाँ पर्यटकहरु फँस्ने गर्छन् । एक वर्षअघि पनि यस क्षेत्रमा ८ जना भारतीय विद्यार्थीहरुलाई उद्धार गरिएको थियो ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending