Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

जिल्लाको भूमिका समन्वयात्मक मात्र

\"\"काठमाडौं, २ वैशाख ।संविधानअनुसार निर्माण हुने जिल्ला समन्वय समितिको आफ्नै योजना र बजेट नहुने भएको छ । संविधानको धारा २२० ले जिल्लाको भूमिका जिल्लाभित्र रहेका गाउँपालिका, नगरपालिका र अन्य विषयगत कार्यालसँग समन्वय र सहजीकरण गर्ने व्यवस्था गरेको छ । संविधानको त्यस व्यवस्थासँगै जिल्लाको भूमिका समन्वयात्मक मात्र हुने भएको हो । आजको गोरखापत्र दैनिकमा खबर छ– जिल्लाको विकास निर्माणका लागि योजना र बजेट जिल्लास्थित गाउँपालिका र नगरपालिकाले गर्ने व्यवस्था भएपछि जिल्लाको भूमिका समन्वयात्मक हुने भएको हो । संविधान अनुसार नौ जनाको जिल्ला सभा रहने र सोही जिल्ला सभाले जिल्लाभित्र समन्वयात्मक काम गर्ने स्थानीय तह शासन सञ्चालन गर्न बनेको विधेयकमा उल्लेख छ । जिल्ला सभाले गाउँपालिका र नगरपालिकाको विकास निर्माणको पहिचान र व्यवस्थापन गर्न आवश्यक सहयोग गर्ने, जिल्लाभित्र सरकारी र गैरसकारी क्षेत्रबाट सञ्चालित विकास निर्माणसम्बन्धी कार्यक्रमको विवरण तयार गरी ती कार्यक्रमको व्यवस्थापनका विभिन्न चरणमा अनुगमन गर्ने, सञ्चालित कार्यक्रमको प्रतिफलका सम्बन्धमा पर्यावरणीय सन्तुलन कायम गर्न आवश्यक सुझाव प्रदान गर्नुपर्नेछ । जिल्लाभित्रका गाउँपालिका र नगरपालिकाको क्षमता विकास लागि प्रदेश र सङ्घसँग समन्वय गर्ने, विकास निर्माणसम्बन्धी काम गर्दा कुनै विवाद उत्पन्न भएमा त्यसको समन्वय गर्नुपर्ने व्यवस्था विधयेकले गरेको जिल्ला विकास समिति महासङ्घका कार्यकारी महासचिव डा. शेषरमण न्यौपानेले जानकारी दिए । उनका अनुसार साविक स्थानीय विकास अधिकारीको भूमिकामा जिल्ला समन्वय अधिकारीका रूपमा नेपाल सरकारले खटाएको एकजना निजामती अधिकृतले जिल्ला सभाको सचिवको रूपमा काम गर्नुपर्नेछ । जिल्ला समन्वय अधिकारीले जिल्लाको चलअचल सम्पत्तिको संरक्षण गरी सोको लगत राख्नेलगायत जिल्लाको प्रमुखले तोकेका अन्य काम जिल्ला समन्वय अधिकारीले गर्नुपर्ने न्यौपानेले जानकारी दिए । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका उपसचिव मदन कोइरालाले जिल्लाको भूमिका समन्वयात्मक भए पनि जिम्मेवारी भने गहन भएको बताए । जिल्लास्थित विषयगत कार्यालय, गाउँपालिका र नगरपालिकाको समग्र विकास निर्माणको अनुगमन र निरीक्षण गर्ने अधिकार जिल्लालाई हुनु आफैंमा गहन जिम्मेवारी भएको तर्क उनले तर्क गरे । कोइरालाका अनुसार जिल्लामा भएका कार्यालय र प्रदेश र सङ्घसँग सिधै सम्बन्ध जिल्ला समन्वय समितिको हुन्छ, त्यसकारण पनि जिल्लाको भूमिका महत्वपूर्ण छ । कोइरालाले भने, ‘पहिलाको जस्तो जिल्लाको आफ्नै विकासे बजेट र योजना हुँदैन तर समन्वयात्मक र सहजीकरणको भूमिका भने हुन्छ ।’ सरकारले २०७३ फागुन २७ गते ७४४ स्थानीय तहको सङ्ख्या र सीमाना राजपत्रमा प्रकाशन गरेसँगै साविकको जिल्ला विकास समिति जिल्ला समन्वय समितिमा रूपान्तरण भएको हो । स्थानीय तहको निर्वाचनद्वारा निर्वाचित जनप्रतिनिधिले जिल्लासभा गठन गर्नेछन् । त्यसपछि जिल्ला समन्वयन समिति पूर्णरूपमा कार्यान्वयनमा आउनेछ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending