Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

बाबुरामको गृहजिल्लामा नै नयाँ शक्तिले चुनाव लड्न नपाउने

\"\"गोरखा, १ वैशाख । जिल्ला निर्वाचन कार्यालय गोरखामा दर्ता भएका १६ दलमध्ये छवटा दलले वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा भाग लिन नपाउने भएका छन् । दल दर्ता भए पनि चुनाव चिह्न नपाएपछि निर्वाचनमा भाग लिनबाट ती दल वञ्चित हुनुपरेको हो । जिल्ला निर्वाचन अधिकारी राजेन्द्र पोखरेलका अनुसार नयाँ शक्ति पार्टी, नेपाल कम्युनिस्ट पार्टी माले, जनसमाजवादी, युनाइटेड ग्रिन अर्गनाइजेसन, नेपाल गान्धीवादी पार्टी, देशभक्त पर्यावरणीय सामाजिक मोर्चा र पूर्व राष्ट्रसेवक लोकतान्त्रिक पार्टीले निर्वाचनमा भाग लिन नपाउने भएका हुन् । दुईवटा नगरपालिका र नौवटा गाउँपालिका रहेको गोरखामा एक लाख ६९ हजार ४६ जना मतदाता छन् जसमध्ये ८१ हजार ६२१ पुरुष, ८७ हजार ४२४ महिला र एक तेस्रोलिङ्गी छन् । एघार स्थानीय तहमा गरी ९४ वडा रहेको र यी वडामा वडा सचिवहरु खटाइसकिएको प्रजिअ जितेन्द्र बस्नेतले जानकारी दिए । निर्वाचनका लागि शिक्षक, कर्मचारी गरी दुई हजार १५५ जना कर्मचारी खटाउने गृहकार्य भइरहेको निर्वाचन कार्यालयले जनाएको छ । वैशाख ३ गते मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटन गरिने र वैशाख १२ भित्र सबै स्थानीय तहमा कार्यालय खोल्ने बताइएको छ । मतदाता शिक्षा दिन सुरु गरिएको छ । मतदाता परिचयपत्र मतदान केन्द्रमा खटिएका कर्मचारीले निर्वाचन हुनुपूर्व बाँड्नेछन् । निर्वाचनलाई स्वतन्त्र र भयरहित ढङ्गले सम्पन्न गर्न सुरक्षाका हिसाबले पनि तयारी सुरु गरिएको प्रजिअ बस्नेतको भनाइ छ । नगर प्रमुख, उपप्रमुखका साथै गाउँपालिका प्रमुख, उपप्रमुखलगायत वडाका विभिन्न पदमा उम्मेदवार क–कसलाई बनाउने भन्ने गृहकार्यमा दलहरु लागिपरेका छन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending