Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

कस्तो छ साना दलको निर्वाचन तयारी ?

\"\"काठमाडौं, १ वैशाख । स्थानीय तहको निर्वाचन सम्पन्न गर्न सरकार र निर्वाचन आयोगले तयारीलाई तीव्र बनाइरहेका छन् । मुख्य राजनीतिक दलहरू पनि स्थानीय तहमा आफ्नो उपस्थिति बलियो बनाउन कम्मर कसेर लागेका छन् । रूपान्तरित संसद्मा प्रतिनिधित्व गर्ने साना दल पनि निर्वाचनमा होमिने तयारीमा छन् । अाजको नयाँ पत्रिकामा खबर छ– केही साना आफ्ना माग पूरा नभएको भन्दै पहिला संविधान संशोधन गरेर माग पूरा गरेपछि मात्रै निर्वाचनमा सहभागी हुने बताइरहेका छन् । केही भने संगठन नभएको भन्दै निर्वाचनभन्दा पनि संगठन निर्माणमा सक्रिय भएर लागेका छन् । नेकपा माले नेकपा मालेले निर्वाचनमा भाग लिने निर्णय गरिसके पनि कुन–कुन जिल्लामा उम्मेदवार उठाउने भाग लिने भन्ने यकिन गरिसकेको छैन । पार्टी महासचिव सिपी मैनालीले ५० देखि ६० जिल्लाका स्थानीय तहमा भाग लिने तयारी पार्टीको रहे पनि कुन–कुन जिल्लामा भाग लिने भन्ने टुंगो लाग्न बाँकी रहेको नयाँ पत्रिकालाई जानकारी दिए । स्थानीय निर्वाचनका लागि आवश्यक पर्ने पार्टीको घोषणापत्र निर्माण भइरहेको बताउँदै मैनालीले उम्मेदवारको निक्र्योल गर्ने जिम्मा भने जिल्लाका कमिटीलाई दिइएको जानकारी दिए । रूपान्तरित संसद्मा मालेको ५ सिट छ । नेपाल मजदुर किसान पार्टी नेपाल मजदुर किसान पार्टीले निर्वाचनमा भाग लिने भए पनि कति स्थानीय तह र जिल्लामा भाग लिने भन्ने यकिन गरिसकेको छैन । भक्तपुर जिल्लामा बलियो पकड रहेको नेमकिपाले दलहरूस“ग तालमेल गरेर भए पनि सकभर धेरै स्थानमा आफ्नो उम्मेदवारी प्रस्तुत गर्ने जनाएको छ । संसद्मा यसको ४ सिट छ । नेकपा संयुक्त नेकपा संयुक्तले स्थानीय तह निर्वाचनमा २१ जिल्लाका स्थानीय तहमा उम्मेदवारी दिने भएको छ । २७ जिल्लामा कार्यसमिति भए पनि जिल्ला निर्वाचन कार्यालयमा २१ जिल्लामा मात्र दल दर्ता गराएकाले सबै जिल्लामा उम्मेदवार दिन नपाउने भएको पार्टी अध्यक्ष गणेश शाहले बताए । पार्टीका सांसद जयदेव जोशी वर्तमान गठबन्धन सरकारमा जनसंख्या तथा वातावरण मन्त्री छन । रूपान्तरित संसद्मा यो पार्टीको तीन सिट छ । राष्ट्रिय जनमोर्चा राष्ट्रिय जनमोर्चाले ६५ जिल्लामा उम्मेदवार उठाउने भएको छ । पार्टीको घोषणापत्र निर्माण र उम्मेदवार तय गर्ने काम भइरहेको राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले जानकारी दिइन् । उम्मेदवार तय भइसकेको भन्दै उनले केही दिनमा घोषणा गरिने बताइन् । रूपान्तरित संसद्मा राष्ट्रिय जनमोर्चाको तीन सिट छ । निर्वाचन प्रचारप्रसार गर्न सो पार्टीले ६ सदस्यीय टोली बनाएर देश दौडाहामा पठाएको छ । परिवार दल परिवार दलले ७५ जिल्लाकै ७ सय ४४ स्थानीय तहमा उम्मेदवारी दिने तयारी गरे पनि प्राविधिक त्रुटि देखिएकाले अन्योल पैदा भएको बताएको छ । निर्वाचन आयोगका कारण २८ जिल्लामा मात्रै पार्टी दर्ता भएको परिवार दलका अध्यक्ष एकनाथ ढकालले बताए । व्यवस्थापिका संसद्मा दुई सिट रहेको सो पार्टीको ७५ जिल्लामै कार्यसमिति रहेको अध्यक्ष ढकालको भनाइ छ । संसद्मा यो पार्टीको दुई सिट छ । पार्टीले जिल्लास्तरमा आफ्नो प्रतिनिधित्व देखाउन तालमेल गर्ने तयारी गरिरहेको पनि अध्यक्ष ढकाले जानकारी दिए । ‘केन्द्रमा कुनै पनि दलसँग तालमेल हुँदैन,’ अध्यक्ष ढकालले नयाँ पत्रिकासँग भने, ‘जिल्लामा भने पार्टीको प्रतिनिधित्व सुनिश्चित गर्न विचार र भावना मिल्ने पार्टीसँग आवश्यकताअनुरूप तालमेल गर्ने जिम्मेवारी जिल्ला नेतृत्वलाई नै दिइएको छ ।’ दल दर्ता गर्न प्राविधिक कारणले छुटेका जिल्लामा दर्ताको व्यवस्था गरिदिन निर्वाचन आयोगसमक्ष परिवार दलले आग्रह गरेको भए पनि आयोगले यसबारे कुनै निर्णय दिएको छैन । राष्ट्रिय मधेस समाजवादी पार्टी राष्ट्रिय मधेस समाजवादी पार्टीले संविधान संशोधन नहुँदासम्म निर्वाचनमा भाग नलिने स्पष्ट पारेको छ । संविधान संशोधनमा सहमति जुटे निर्वाचनमा भाग लिने तयारीमा पार्टी रहेको महासचिव केशव झाले बताए । झाका अनुसार तराईका जिल्लासमेत २७ जिल्लामा पार्टीको संगठन छ । यसले निर्वाचनमा भाग लिने गरी कुनै पनि जिल्ला निर्वाचन कार्यालयमा दल दर्ता गराएको छैन । तर, संगठनको प्रयोजनका लागि भने २७ जिल्लामा दल दर्ता गरिएको झाले बताए । संसद्मा यो दलको दुई सिट छ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) अहिले आन्दोलनमै छ । प्रदेशको सीमांकन संशोधन भए मात्र निर्वाचनमा सहभागी हुने उसको भनाइ छ । पार्टी अध्यक्ष रुक्मिणी चौधरीले आपूmहरू निर्वाचमा सहभागी हुने वा नहुने सरकारको हातमा रहेको बताइन् । ‘हामी निर्वाचनमा सहभागी हुने या नहुने भन्ने यकिन छैन, छलफलमा छौँ । सरकारले हाम्रा माग पूरा गर्न लचकता देखाउँछ या देखाउँदैन त्यसमा भर पर्छ,’ चौधरीले भनिन् । रूपान्तरित संसद्मा एक सिट रहेको पार्टीको तराईका २२ जिल्लामा कार्यसमिति छ । अखण्ड नेपाल अखण्ड नेपाल पार्टीले ५७ जिल्लामा उम्मेदवार उठाउने भएको छ । केही जिल्लामा उम्मेदवार तय गरिसकेको र बाँकी रहेका जिल्लामा वैशाख पहिलो साताभित्र तय गरिसक्ने पार्टी अध्यक्ष एवं महिला बालबालिका तथा समाज कल्याणमन्त्री कुमार खड्काले जानकारी दिए । विशेषगरी पश्चिमाञ्चल विकास क्षेत्रमा आफ्नो क्रियाशीलता देखाएको पार्टीले विचार मिल्ने र पार्टीलाई सम्मान गर्ने अन्य दलसँग तालमेल गर्न पनि सम्बन्धित जिल्ला समितिलाई अख्तियारी दिएको छ । पार्टीको रूपान्तरित संसद्मा एउटा सिट छ । नेपाल सद्भावना पार्टी नेपाल सद्भावना पार्टीले ३ वैशाखमा बोलाएको महासमिति बैठकबाट ३१ वैशाखमा हुने स्थानीय तह निर्वाचनमा भाग लिने–नलिने निर्णय गर्ने भएको छ । यद्यपि, पार्टी अध्यक्ष अनिल झाले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारसमक्ष राखेका माग पूरा नभएसम्म स्थानीय निर्वाचनमा भाग लिन नसकिने बताएका छन् । तराईका २० सहित काठमाडौं, भक्तपुर, ललितपुर र मकवानपुर जिल्लामा पार्टी संगठन भएको नेपाल सद्भावनाको रूपान्तरित संसद्मा एउटा सिट छ । मधेसी जनअधिकार फोरम गणतान्त्रिक संविधान संशोधनको माग राख्दै आन्दोलन गरिरहेको मधेसी मोर्चाको एउटा घटक भएकाले मधेसी जनअधिकार फोरम गणतान्त्रिकले स्थानीय तह निर्वाचनको तयारी गरेको छैन । पार्टी अध्यक्ष राजकिशोर यादवले संविधान संशोधन भएपछि मात्रै स्थानीय तहको निर्वाचनबारे छलफल गरिने बताए । यो पार्टीको तराईका २० जिल्लामा संगठन रहेको यादवले जानकारी दिए । २० जिल्लाका निर्वाचन कार्यालयमा दल दर्ता गरिएको भए पनि निर्वाचनमा भाग लिने तयारी नरहेको उनले बताए । नेपाः राष्ट्रिय पार्टी नेपाः राष्ट्रिय पार्टी भने स्थानीय तहको निर्वाचनमा सहभागी नहुने भएको छ । पार्टी खोलेको छोटो समय मात्र भएको र जनतालाई पार्टीका विषयमा आवश्यक जानकारी गराउन बाँकी रहेकाले यसपटक स्थानीय निर्वाचनमा सहभागी नहुने निर्णय गरिएको पार्टी अध्यक्ष लक्ष्मण राजवंशीले जानकारी दिए । ‘हाम्रो पार्टी नयाँ छ, संख्या थोरै छौँ । पार्टी छ भन्ने नै आममानिसलाई जानकारी छैन,’ राजवंशीले नयाँ पत्रिकासँग भने, ‘त्यसैले अहिले निर्वाचनमा सहभागी हुने भन्दा हामी संगठन निर्माणमा कन्द्रित हुन चाहन्छौँ । यो पार्टीको रूपान्तरित संसद्मा एउटा सिट छ । जागरण पार्टी नेपाल जागरण पार्टी नेपालले स्थानीय तहको निर्वाचनमा सहभागी हुने गरी आवश्यक तयारी गरिरहेको छ । विशेषगरी पूर्वी क्षेत्रका २२ जिल्लालाई लक्षित बनाएर उम्मेदवारी दिने तयारी भइरहेको पार्टी अध्यक्ष लोकमणि ढकालले जानकारी दिए । पार्टीले उम्मेदवार चयन र घोषणा पत्र तयारीको काम गरिरहेको उनले बताए । संसद्मा यो पार्टीको पनि एउटा सिट छ । नयाँ शक्तिः ७४४ तहमै उम्मेदवारी दिने तयारी नयाँ शक्तिले ७५ जिल्लाका ७ सय ४४ वटै स्थानीय तहमा पार्टीका तर्फबाट उम्मेदवार बनाउने तयारी गरिरहेको छ । पार्टी प्रवक्ता खिमलाल देवकोटाले कुनै जिल्लामा तालमेल हुने अवस्थाबाहेक सबै स्थानीय तहमा उम्मेदवार बनाउन पार्टीका निकायहरू लागिरहेको बताए । चुरेभावर र समाजवादी जनता पार्टी तालमेलको तयारीमा समाजवादी जनता पार्टी र चुरेभावर राष्ट्रिय एकता पार्टी तालमेल गरेर निर्वाचनमा होमिने भएका छन् । झापा, मकवानपुर, सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रे, काठमाडौँ, भक्तपुर, ललितपुरलगायत २५ जिल्लाका स्थानीय तहमा उम्मेदवार उठाउने तयारी उनीहरूको छ । चुरेभावर पार्टीका अध्यक्ष बद्री न्यौपानेले २५ जिल्लाका स्थानीय निकायमा १० वैशाखभित्र तालमेलमा उम्मेदवार तोकी सकिने बताए । तीबाहेकका जिल्लामा स्वतन्त्र रूपमा उम्मेदवारी दिने कसरत भइरहेको न्यौपानेले जानकारी दिए । समाजवादी जनता पार्टीको रूपान्तरित संसद्मा एक सिट छ भने चुरेभावर सिटविहीन छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending