Khabar Dabali २४ माघ २०८२ शुक्रबार | 6th February, 2026 Fri
Investment bank

कलाकार नभएको भए के बन्थे होलान् मनोज गजुरेल ?

\"\"हास्य क्षेत्रमा चर्चित मनोज गजुरेल प्रखर वक्ताका रूपमा पनि परिचित छन् । हँसाउने उनको वर्तमान पेसा हो । तर, अनेक सम्भावनाको बीचबाट मान्छेले जीवनमा एउटा पेसा तय गर्छ । गजुरेलका पनि पक्कै धेरै सम्भावना थिए । हास्य कलाकार नभएको भए के हुने सम्भावना थियो उनले सुनाए ०४५ तिर काठमाडौं छिरेँ । रामशाहपथस्थित पद्मोदय स्कुलमा ९ कक्षामा भर्ना भएँ । त्यहीवेला पञ्चायती व्यवस्था ढाल्नका लागि भन्दै आन्दोलन सुरुवातको अवस्था थियो । राजनीतिक कुरामा सानैदेखि चासो लाग्थ्यो, त्यसैले आन्दोलनतिरै सक्रिय हुन रहर जाग्यो । अनि आन्दोलनतिरै सक्रिय भएँ । अनि माले ९अहिलेको एमाले०निकट भातृसंगठन अनेरास्ववियु ९पाँचौँ०को अध्यक्ष भएँ । पद्मोदय स्कुलबाट एसएलसी सकेपछि आरआर कलेजमा आइए पढ्न सुरु गरेँ । त्यहाँ गएर संयुक्त जनमोर्चानिकट भएँ । स्ववियु सभापति लड्न टिकट पनि दिइयो । तर, मैले चुनाव लड्दा अर्को कम्युनिस्ट संगठनले हार्ने र नेविसंघले जित्ने अवस्था भएपछि टिकट फिर्ता दिएँ । पछि कलाकारितातिर केन्द्रित भएपछि राजनीतिक पाटो पछाडि छाडियो । सायद, कलाकार नभएको भए राजनीतिज्ञ बन्ने सम्भावना पनि थियो भन्ने लाग्छ । आन्दोलनको मोर्चामा सधैँ अग्रपंक्तिमा हुन्थेँ । कम्तीमा एक हप्तासम्म पनि ढुंगामुढा र तोडफोड गरिएन भने के नपुगेजस्तो महसुस हुन्थ्यो । प्रहरीको कुटाइ त कति भेटियो कति १ २४ चैत ०४६ को आन्दोलनमा गोली पनि खाएँ । मैतीदेवीमा आन्दोलन भइरहँदा प्रहरीले हानेको गोली मेरो दाहिने गोडामा लाग्यो । तर, बाचेँ । दुई वर्षपछि पुनः एमालेको भातृसंगठनमा फर्किएँ । ०५० सालमा मदन भण्डारीको हत्या भयो । हत्याविरुद्धको आन्दोलनमा सक्रिय भएँ । म र मेरो साथी केशव धिताल विरोधको कार्यक्रमस्वरूप ‘ब्ल्याक आउट’ गरेर कोठामा फर्किंदै थियौँ । ‘अघि ढुंगा हान्ने यही हो’ भन्दै अँध्यारोमा हामीमाथि आक्रमण भयो । हामी अर्धमुर्छित भएका रहेछौँ । एक्कासि अस्पतालको बेडमा देख्दा त झसंगै भएँ । त्यो स्प्रिटलाई पछिसम्म पनि कायम राखेको भए, के थाहा सहिद हुन पनि सकिन्थ्यो होला । ००० मैले आरआर कलेजबाट पत्रकारिता विषयमा ‘ग्य्राजुएसन’ गरेको छु । मेरो रुचि त्यही थियो र नै पढेँ । अहिले पनि पत्रिकामा स्तम्भ लेखिरहन्छु । आफ्नै वेबसाइटमा पनि लेख्छु । कलाकारितासँग पत्रकारिताको सम्बन्ध निकट पनि छ । यदि कलाकारितामा पूरा समय दिँदैनथेँ भने व्यावसायिक पत्रकार बन्ने सम्भावना पनि थियो । अझै छन् केही सम्भावना कलाकारिता मेरो आधिकारिक पेसा बनिसकेको छ । तर, अझै पनि अन्य सम्भावना जीवित छन् । अबको १५–२० वर्षपछि म एउटा वैज्ञानिक खालको अध्यात्म र योगको शिक्षक हुन्छु किजस्तो लाग्छ । म ओशोको अनुयायी हुँ । सन् १९९४ देखि ओशोलाई पढ्दै आएको छु । माक्र्सवादले भौतिक आवश्यकता पूर्तिको काम गर्छ । तर, भौतिक रूपले सफल भएपछि पनि मन र मस्तिष्कको आवश्यकता बाँकी नै रहन्छ । त्यो आवश्यकताको परिपूर्ति हाम्रो पूर्वीय दर्शन र योगले गर्छ भन्ने मेरो ठम्याइ छ । त्यसैले त यसमा मेरो सम्भावना छ । ००० मलाई ‘मोटिभेसनल’ क्रियाकलाप गर्न पनि मन लाग्छ । सकेसम्म समाजमा भएका राम्रा कुरालाई लिएर मान्छेमा सकारात्मक सोच विकास गराउने इच्छा छ । विभिन्न सामाजिक तथा मानसिक समस्याको राम्रो ‘काउन्सिलिङ’ गर्ने क्षमता राख्छु भन्नेमा विश्वास राख्छु । यसको अर्थ, मलाई कुनैवेला ‘मोटिभेसनल स्पिकर’ र ‘सोसियो काउन्सिलर’को रूपमा पनि देख्न सक्नुहुन्छ । नयाँ पत्रिकाबाट
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE