Khabar Dabali २४ माघ २०८२ शुक्रबार | 6th February, 2026 Fri
Investment bank

गायक कमल खत्रीका फ्यानः हात काट्नेदेखि मर्ने धम्की दिनेसम्म

एक समय धेरैले गुनगुनाउने गीत थियो ‘आत्मामा मेरो आत्मामा’ । ५ वर्षअघि बजारमा आएको यो गीतले श्रोताको मन त जित्यो नै, नेपाली गीत–संगीतको बजार विस्तारमा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्यो । निकै रुचाइएको यो गीतसँगै चर्चामा आएका थिए, गायक कमल खत्री । त्यसयता उनले प्रायः प्रेमगीत नै गाए । अहिलेसम्म कमल खत्रीले म त मरेँ, कोरेर प्रेमपत्र, टुक्रेको मुटुलगायतका धेरै हिट गीत दिइसकेका छन् । संघर्षपूर्ण यात्राले कमल खत्री नामलाई एउटा लोकप्रिय गायकका रूपमा स्थापित गर्दै जाँदा उनले हजारौँ फ्यान पनि कमाइसके । आजको गज्जबमा रिपोर्ट छ –कसैले हात चिरेर कमलको नाम लेखेका छन् भने कति कमलकै लागि आत्महत्या गरिदिन्छु भनेर धम्की दिने गर्छन् । [caption id=\"attachment_127087\" align=\"alignleft\" width=\"213\"]\"\" गायक कमल[/caption] जसले बर्थ डेमा केक काट्न थाले हुन त मेरो बर्थ डेमा केक काट्ने, गिफ्ट दिने, फोन गरेर विस गर्ने फ्यानहरू धेरै हुनुहुन्छ । तर, पोखरा र विराटनगर बस्ने दुईजना केटी फ्यान अलिकति भिन्न खालका हुनुहुन्छ । उहाँहरूले मेरो बर्थ डेमा केक काट्ने, आफ्ना नजिकका साथीहरूलाई बोलाएर पार्टी गर्नेलगायतका कामहरू गरिरहनुभएको छ । अहिलेसम्म ४ वर्ष भयो, सम्भवत उहाँहरूले आत्मामा‘ गीत आएपछि नै हो यसरी बर्थ डेमा केक काट्न थालेको । बर्थ डेका दिन केकमा मेरो नाम लेख्ने, पार्टी गर्ने र ती फोटाहरू मलाई पठाउने गर्नुहुन्छ । यसपटकको बर्थ डेमा पनि उहाँहरूले त्यसो गर्नुभएको थियो । शिवरात्रिमा व्रत पोखरा र कोहलपुरमा दुईजना केटी फ्यान हुनुहुन्छ । उहाँहरूले धेरै लामो समयदेखि मेरा लागि शिवरात्रिलगायत विभिन्न समयमा व्रत बस्नुभएको पाएको छु । उहाँहरूले व्रत बसिसकेपछि साँझ मलाई खाना खाएको अथवा नखाएको बारेमा सोध्नुहुन्छ । अनि मैले खाएको कुरा भनेको खण्डमा उहाँहरूले खाना खानुहुन्छ, तर खाएको छैन भन्ने हो भने उहाँहरू पनि खानुहुन्न । श्रीमतीजस्तै गर्ने फ्यान त्यसो त मलाई धेरै फ्यानले फलो गरिरहनुभएको हुन्छ । तर, कतिपय फ्यान यस्तो पनि हुनुहुन्छ कि उहाँहरूलाई मेरो हरेक घन्टाको अपडेट चाहिन्छ । एकजना वीरगन्जको साथी हुनुहुन्छ, उहाँले घन्टैपिच्छे आफू नै श्रीमतीले जस्तो गरेर सोधिरहनुहुन्छ । त्यस्तै अर्की एकजना लेडिज फ्यान पनि हुनुहुन्छ, उहाँ पश्चिमतिरको हुनुुहुन्छ, उहाँले पनि फोन गरिरहने, यदि फोन नउठ््ने हो भने फेसबुकमा भए पनि म्यासेज गरेर खबर सोध्नुहुन्छ । उहाँहरू अरू फ्यानभन्दा केही भिन्नखालका हुनुहुन्छ । हात चिरेर नाम लेख्ने फ्यान कोहलपुरमा रहनुभएकी एकजना केटी फ्यानले केही महिनाअघि ब्लेडले हात चिर्नुभएको कुरा मैले तस्बिर हेरेपछि मात्र थाहा पाएँ । उहाँले कुन हातमा हो भन्ने त पत्ता लगाउन सकिनँ, यद्यपि ब्लेडले हात चिरेर कमल लेख्नुभएको छ । मैले उहाँलाई धेरै पटक सम्झाएँ, यस्तो गर्नुहुँदैन भनेर । तर, उहाँ मप्रति अधिक आकर्षित भएको भन्दै हात चिर्नुभएको छ । मैले फ्यानहरूलाई नराम्रो हर्कत नगर्न बारम्बार आग्रह गर्छु । एमजे गिरी हो उहाँको नाम । उहाँलाई अबबाट यस्तो नगरिदिनुस् है भन्न चाहन्छु । प्रोफाइल पिक्चर राख्ने दुई दर्जन फ्यान मैले अहिलेसम्म २ दर्जनजति फ्यान भेट्टाएको छु, उहाँहरूले मेरो तस्बिरलाई फेसबुकको प्रोफाइल पिक्चर बनाउनुभएको छ । उहाँहरूले आफ्नो फोटो वालमा राखे पनि प्रोफाइल भने मेरै तस्बिर राख्नुभएको छ । मायाका कुरा गर्ने साथी पूर्वतिरको एकजना साथी हुनुहुन्छ । उहाँले मेरा तस्बिरहरू जोडेर, फूलैफूलले भरेर, मायाका कुरा राखेर निकै ठूलो अटो भरेर पठाउनुभएको छ । सुरुमा हेर्दा त मलाई अचम्म लाग्यो, कति मिहिनेत गर्नुभएको रहेछ । त्यहाँ मेरा गीतका बारेमा सबै लेखिएको थियो, मेरोबारेमा र मेरो हरेक गतिविधिका बारेमा पनि जानकारी थियो । बिहे गर्न खोज्नेहरू काठमाडौंका ३ जना केटी फ्यानहरूले मलाई बिहेका लागि निकै आग्रह गर्नुभयो । त्यस्तै पोखरा र कोहलपुर तथा पूर्वको एकजना लेडिज साथीले पनि बिहेका लागि निरन्तर आग्रह गर्नुहुन्छ, जुन सम्भव छैन । म फ्यानमै सीमित भइदिनुस् भनेर आग्रह गरिरहेको हुन्छु । मर्छु भनेर धम्की दिने फ्यान विशेषगरी केटी साथीहरूले मर्छु भनेर धम्की दिने गरेको भेट्टाएको छु । अहिलेसम्म ४ जना साथीहरू हुनुहुन्छ, उहाँहरूले मेरो गीत सुन्दा, मेरो तस्बिर हेर्दा धेरै माया लाग्छ भन्नुहुन्छ । उहाँहरूले तपाईंलाई पाइनँ भने मर्छु भनिरहनुहुन्छ । स्टेज सो नछाड्ने फ्यान काठमाडौंका २ जना तथा पोखरामा एकजना साथी हुनुहुन्छ, उहाँहरू म सहभागी हुने कार्यक्रमकै लागि काठमाडौंको फ्यान पोखरा, धरान, नारायणघाट, बुटवलसम्म पुग्नुहुन्छ भने पोखराको काठमाडौं, नारायणघाट बुटवलसम्म जानुहुन्छ । उहाँहरू कहिलेकाहीँ आउन नसकेको खण्डमा निकै दुःखी बनेर म्यासेज छाड्नुहुन्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE