Khabar Dabali २४ माघ २०८२ शुक्रबार | 6th February, 2026 Fri
Investment bank

मन्त्री अर्जुननरसिंहको मेरो प्रेमकहानीः ‘पिकनिकमा मन पराएँ, ६ महिनामै भित्राइदिएँ’

\"\"काठमाडौं, ३० चैत । सहरी विकासमन्त्री तथा कांग्रेस नेता अर्जुननरसिंह केसी स्कुले जीवनदेखि नै राजनीतिमा सक्रिय रहे । नेपाली राजनीतिको मूलधारमै घुमिरहने केसी प्रभावशाली नेताका रूपमा चिनिन्छन् । उनको राजनीति प्रायः सबैलाई थाहै छ । तर, प्रेमकहानी खासै बाहिरिएको छैन । आजको नयाँ पत्रिका खबरमा छ-स्कुल, कलेज पढ्दाको समयमै प्रेम प्रस्ताव नआएका भने होइनन् । कतिपय केटीले कवितामार्फत पनि प्रेम प्रस्ताव राखे । मैले पनि कवितामार्फत जवाफ फर्काइदिन्थेँ । तर, त्यो वेलाका यी यथार्थ केवल कथामा सीमित भए । राजनीतिक व्यस्तताले लभसबमा पछि परियो । खासै वास्ता पनि भएन, किनभने मन पर्ने केटीसँग बसेर चिया खाऔँ भने पनि फुर्सद मिल्दैनथ्यो । ०३१ सालको अन्तिमतिर कुरा हो, उनीसँग मेरो पहिलो भेट भएको । भेट कुनै योजनामा भएको थिएन । पहिले चिनजान पनि थिएन । त्यो प्रोफेसनल भेट गराउने माध्यम थियो, परीक्षा । त्यतिवेला म ठमेलस्थित सरस्वती क्याम्पसमा पढाउँथेँ । प्रदर्शनीमार्गको रत्नराज्यलक्ष्मी ९आरआर० क्याम्पसमा आइएको परीक्षा चल्दै थियो । त्यहाँ मेरा साथी नवीनप्रकाशजंग शाह सुपरिटेन्डेन्ट थिए । उनैले मलाई परीक्षामा निरीक्षक बन्न आग्रह गरे । मैले स्विकारेँ । आरआर क्याम्पसमा परीक्षा निरीक्षक बनेर जाँदा नै उनीसँग भेट भयो । उनी पनि निरीक्षककै जिम्मेवारीमा रहिछन् । परिचयपछि नाम थाहा पाएँ, प्रतिमा थापा । विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय थिएँ । अधिकांशको नजरमा परिचित थिएँ । अब, मिस प्रतिमाको नजरमा पनि परिचित भएँ । सँगै परीक्षा निरीक्षकको जिम्मेवारी सम्हाल्दा हल्का गफगाफ चल्यो । तत्काल परिचयभन्दा माथि उठेर गम्भीर पाटोतिर हामीहरूको सम्बन्ध गएन । त्यतिवेलासम्म मैले उनलाई एउटी लेक्चररको हैसियतमा मात्रै सोचेँ । ००० परीक्षा सकिएपछि केही दिनमा एउटा माहोल बन्यो । परीक्षामा सहभागी सबै निरीक्षक मिलेर पिकनिक जाने कुरा भयो । स्पटचाहिँ दक्षिणकाली छनोट भयो । त्यही पिकनिक हाम्रो सम्बन्ध गाढा बनाउने माध्यम बन्यो । चिनजान परीक्षामै भइसकेकाले मन खोलेर कुरा गर्न कुनै गाह्रो थिएन । पिकनिकमा हाम्रो गफगाफ बाक्लियो । पिकनिकमा गीत गाउनुपर्ने बाध्यकारी नियम, हाम्रा लागि झन् फलदायी भयो । सबैले गीत गाउनैपर्ने थियो । तर, मलाई गीत गाउनै नआउने । कविता भनेर साथीहरूमाझ जिम्मेवारी पूरा गरेँ । मिस प्रतिमाको भने गीतकै प्रस्तुति रह्यो । उनको गीत निकै मन पर्यो । खारिएकी गायिकाले नै गाएजस्तो । उनको गीति स्वर सुनेपछि म प्रभावित हुन थालेँ । अझ सालीन व्यक्तित्व, कम बोल्ने मिजासिलो स्वभावले त मेरो मनमा बाजै बज्न थाल्यो । सोच्न थालेँ, ‘यिनैलाई झ्याईंकुटी पार्न पाए कसो होला रु दुवैको उमेर पुगेकै छ, मन मिले केले छेक्छ र ?’ मनका कुरा मनमै तालाबन्दी गरेर राख्न चाहिनँ । बोल्नेकै त पिठो बिक्छ भन्ने सिद्धान्तले अगाडि बढेँ । ‘सधैँ हाँसेर मात्रै हुन्छ ?’ हाँसिरहेकी उनीसँग बोल्ने निहुँ खोजेँ । उनी पनि मुख खोल्न थालिन् । मैले कुरा नटुंगियोस् भनेर विचार पुर्याइरहेँ । घर, परिवारका कुरा सोधेँ । फोन नम्बर भए फुत्काउनुपर्छ भन्ने सोचिसकेको थिएँ । नभन्दै उनको घरमा फोन पनि रहेछ । नम्बर लिएँ । दक्षिणकालीको पिकनिक त साथीहरूले मेरै लागि आयोजना गरिदिएजस्तो पो लाग्यो । \"\" पिकनिकको केही दिनपछि मैले प्रतिमाको घरमा फोन ठोकेँ, सरस्वती क्याम्पसबाटै । कुराकानी भयो । भेटघाट गर्ने कुरा भयो । बीचमा उनले पनि मलाई क्याम्पसकै फोनमा सम्पर्क गरिन् । फोनमा कुराकानी बाक्लिँदै जाँदा हाम्रो सम्बन्ध प्रेमको कदमतिर अगाडि बढ्यो । उनले घरैबाट पटकपटक फोन गर्न थालेपछि मैले प्रेमको संकेत बुझेँ । तर, प्रेमी–पे्रमिकाको रूपमा ‘डेटिङ’ जाने काम भएन । कहिलेकाहीँ सरस्वती क्याम्पसबाट आरआर आएर उनलाई गाडी चढाउन बसपार्कसम्मचाहिँ गएँ । यिनै भेटमा केही रमाइला कुराकानी हुन्थे । ००० मैले त दक्षिणकालीको पिकनिकमै मनभित्र बाजा बजाइसकेको थिएँ । अब भने उनलाई पनि सुनाऊँ कि भन्ने लाग्यो । तर, सकिनँ । म बाध्यतामा पनि थिएँ । घरको जेठो सन्तान, काठमाडौंमा ६ भाइ र तीन बहिनीको मियो बनेर बसेको थिएँ । त्यतिवेला बिहेको सोच थाँती राखेँ । तर, प्रतिमाप्रतिको प्रेम कम हुन दिइनँ । प्रेम चल्दै थियो । उनीसँग भेट भएको पनि पाँच महिना बितिसकेको थियो । यहीवेला बा–आमाबाट दबाब आयो, बिहे गर्नुपर्यो भनेर । उहाँहरू नुवाकोट नै हुनुहुन्थ्यो । यता म नौजना भाइ–बहिनीको जिम्मेवारी सम्हालेर बसेको थिएँ । यहीवेला बिहे गर्दा बोझ थेग्ने कसरी रु मलाई त डर पो लाग्न थाल्यो । अझ, प्रतिमासँगको प्रेमको विषय पनि माझमा थियो, जुन घरपरिवारलाई थाहै थिएन । तनावकै बीचबाट निष्कर्ष पनि निस्किँदो रहेछ । सोचेँ, प्रतिमाको पनि त जागिर छ । व्यवहार चलाउन त समस्या हुँदैन । बरु सहयोग नै हुन्छ । तर, फेरि मनमा कुरा खेल्यो, प्रतिमा त काठमाडौँकी हुनेखाने हुन् । उनका आकांक्षा पूरा गर्न मैले सकूँला ? फेरि, दुवैतिरका घरमा कुरा लैजाने कसरी ? प्रतिमाको घरमा माग्ने कसरी ? यस्ता कुराले सताउन थाल्यो । घरमा आमा बिरामी हुनुहुन्थ्यो, त्यसैले पनि बिहे गर्नुपर्ने दबाब जोडतोड थियो । जेठी बुहारी हेरेरै मर्न पाऊँ भन्ने आमाको अपेक्षामा प्रहार गर्न सकिनँ र बिहे गर्न तयार भएँ । घरमा फुपूमार्फत् प्रतिमाबारे कुरा राखेँ । मैले रोजेकै केटीसँग बिहे गर्न घरका सबै राजी हुनुभयो । फुपूको घर जावलाखेलमा थियो । काठमाडौंकै प्रतिमाको घरमा कुरा चलाउन फुपूलाई नै अघि लगाइयो । उहाँले पहिला आफ्नोतर्फबाट कुरा लिएर जानुभयो । प्रतिमा र मबीचको सम्बन्ध बाहिरै रहेर म, मेरो पारिवार र कुल खान्दान चिनाउँदै फुपूले प्रतिमाका अभिभावकसँग बिहेको प्रस्ताव राख्नुभयो । मोटामोटी कुरा सकारात्मक भएपछि मात्रै मलगायत बा, आमा र अन्य आफन्त प्रतिमाको घरमा गयौँ । माया एक–अर्कालाई गरे पनि बिहे गर्नैपर्छ भन्ने दबाब कहिल्यै हाम्रोबीच चलेको थिएन । तर, त्यो दिन त बिहेको सम्बन्धमै कुरा गर्नु थियो । पारिवारिक कुरा मिलेपछि हामी दुईलाई छुट्टै गफ गर्न भनियो । मैले त्यतिखेर मात्रै आफ्नो सम्पूर्ण अवस्था प्रतिमालाई भनेँ । ‘म त डेरामा बसेको मान्छे, भाइ–बहिनीप्रति जिम्मेवारी छ, राजनीतिमा पनि सक्रिय छु, उस्तै परे तिमी नुवाकोट गएर बाआमासँग पनि बस्नुपर्ने हुनसक्छ’ भनेर मैले कुरा राखेँ । उनले ‘सबै दुःख स्विकार्न तयार छु’ भनेपछि मलाई ढुक्क भयो । ०३२ दसैंताका कुराकानी छिनेर टीकाटालोसमेत भयो । बिहेका लागि भने मंसिर नै कुर्नुपर्ने भयो । २४ मंसिरमा बिहेको मिति तय भयो । ००० टीकाटालो र बिहेबीचको अवधि लामै भयो । आफ्नो निश्चित भएपछि त झन् माया बढ्दो पो रहेछ । अब त खासै धक मान्नुपर्ने कुरा पनि रहेन । उनलाई भेट्न हुनेवाला सुसुरालीमै जान थालेँ । ललितपुरको कमर्स क्याम्पसनजिकै उनको घर थियो । त्यहाँ राजनीतिक सेमिनार तथा कार्यक्रम भइरहन्थे । कार्यक्रममा सहभागी भएर उनको घरतिर छिर्थें । विवाहको दिन कुर्न गाह्रै हुने रहेछ । फेरि कार्यक्रमका सिलसिलामा म काठमाडौंबाहिर पनि जानुपथ्र्यो । यो वेलाजस्तो मोबाइल फोनको जमाना थिएन । १०–१५ दिन बाहिर हुँदा चिठीपत्र पनि लेखेर पठाउँथेँ । गम्भीर लभ त टीकाटालो गरेपछि बिहे नहुँदासम्मको समयमा पो पर्यो । बिहे गरेपछि त झन् गाढा छ, हाम्रो प्रेम ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE