Khabar Dabali २४ माघ २०८२ शुक्रबार | 6th February, 2026 Fri
Investment bank

को हुन् डलर तस्करीमा पक्राउ परेका अवाले ?

\"\"काठमाडौं, २९ चैत । त्रिभुवन विमानस्थलबाट हुने तस्करीमा उच्च सुरक्षा अधिकारी पक्राउ परेको करिब तीन महिनापछि राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सका वरिष्ट पाइलट समातिएका छन् । एयरलाइन्सका करिब तीन दशक पुराना पाइलट सुवर्ण अवाले ९३ हजार ६ सय अमेरिकी डलरसहित विमानस्थलमा पक्राउ परेका हुन् । विमानस्थलमार्फत हुने तस्करीमा पाइलट संलग्न हुनु विश्वमै दुर्लभ घटना मानिन्छ । अाजको अन्नपूर्ण पोस्टमा खबर छ– आइतबार राती साढे ११ बजे दुबईका लागि जहाज उडाउन विमानस्थलभित्र भित्रिने क्रममा भएको सुरक्षा जाँचमा ५५ वर्षिय अवालेको \'ह्यान्ड क्यारी\'मा उक्त परिमाणको डलर फेला परेको थियो । नेपाल वायु सेवा निगमको फ्लाइट नम्बर २२९ को जहाज उडाउनु अघि राती ११ बजे अवाले नेतृत्वको आठ सदस्यिय \'क्रियु\' सुरक्षा जाँचमा थियो । अवालेको लगेज पहिलो एक्स रे मेसिनमा जाँच गर्दा सुरक्षाकर्मीले शंकास्पद भन्दै त्यसपछिको जाँचलाई सतर्क बनाएका थिए । प्रहरीको अन्तिम जाँचमा भने अवालेको ह्यान्डक्यारी खानतलासी गरिएको प्रहरीले जनाएको छ । खानतलासी गर्दा लगेजभित्र ठुलो परिमाणको डलर पानी टेपले बेरिएको फेला परेको थियो । लगत्तै, सुरक्षाकर्मीले अवालेलाई नियन्त्रणमा लिएको थियो । त्रिभुवन बिमानस्थल प्रहरीका निमित्त प्रमुख एसएसपी प्रेम चन्दले प्रहरीको अन्तिम खानतलासीका क्रममा अवालेको ह्यान्डक्यारीमा ठुलो परिमाणमा डलर फेला परेको बताए । \'शंका लागेपछि खानतलासी गर्नु हाम्रो जिम्मेवारी थियो । पाइलटकै ब्यागमा यस्तो हुँदा हामी छक्क पर्र्यौ\', एसएसपी चन्दले भने । विमानस्थलमा उडान भर्ने पाइलट तथा \'क्रियु\'को जाँचका लागि छुट्टै बाटोको ब्यवस्था हुने नागरिक उड्यन प्राधिकरण अन्तर्गत त्रिभुवन विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले बताए । \'तर, बाटो फरक भएपनि पाइलट र क्रियु सदस्यको लगेज, ह्यान्डब्याग तथा बडि जाँच कडाईसाथ गरिएको हुन्छ\', ठाकुरले भने । नेपाल बायु सेवा निगमका महाप्रबन्दक सुगतरत्न कंशकारले पाइलट प्रकरणले आफु स्तब्ध भएको बताए । \'उहाँजस्तो अनुभवी, इमान्दार पाइलट यस्तो घटनामा पक्राउ पर्दा म र मेरो संस्था स्तब्ध छौं\', कंशकारले भने । पक्राउलगत्तै अवालेलाई काठमाडौं प्रहरी परिसर बृत, गौशालामा बुझाईएको थियो । अवाले पक्राउ परेपछि प्राधिकरणले \'रिजर्भ\' पाइलट महेशमान डंगोललाई काठमाडौं–दुबई फ्लाइट उडान गर्न लगाएको थियो । यसअघि गत पुसमा त्रिभुवन विमानस्थलबाट साढे ३३ केजी सुन पक्राउ पर्दा विमानस्थलका तत्कालिन एसएसपी श्याम खत्रीको पनि संलगनता दखिएको भन्दै केन्द्रिय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई पक्राउ गरेको थियो । त्यसपछि चार जना थाई भिक्षुणी पनि ठुलो परिमाणको डलरसहित त्रिभुवन विमानस्थलबाटै समातिएका थिए । उनीहरु थाइल्यान्ड उड्न लागेको अवस्थामा समातिएका थिए । नेपाल राष्ट्र बैंकको विदेशी विनियम ऐन अनुसार विदेश जाँदा कुनैपनि ब्यक्तिले अधिकतम २५ सय डलर साथमा लिएर जान सक्छन् । नेपाल राष्ट्र बैंकका सह प्रवक्ता राजेन्द्र पन्डितले सर्वसाधारणको हकमा यो ब्यवस्था भएपनि पाइलटको हकमा सम्बन्धित संस्थाले ब्यवस्था गर्न सक्ने बताए । तर नेपाल बायु सेवा निगमका महा प्रबन्धक सुगतरत्न कंशकारले पाइलटकै लागि भनेर त्यस्तो छुट्टै ब्यवस्था नभएको बताए । को हुन् अवाले ? ३३ वर्षअघि जुनियर को पाइलटका रुपमा निगममा सेवा सुरु गरेका अवोल पछिल्लो समय निगमको एयरबसका वरिष्ठ पाइलट थिए । अवालेले ट्वीनटर , बोइङ हुँदैं डेढ वर्षअघि मात्र एयर बस \'न्यारो बडी\' उडान थालेका थिए । एक महिनाअघि मात्र निगमले उनलाई इमानदार र लगनशिल पाइलटका रुपमा सम्मानित गरेको थियो । उनले ट्वीनटर जहाजका लागि पाइलट प्रशिक्षण गराएका पाइलटहरु अहिले अन्तर्राष्ट्रिय एयर बस जहाज उडान भरिरहेका छन् । जसमा निगमका वरिष्ठ पाइलट विजय लामासमेत पर्छन् । क्याप्टेन लामाले अवाले आफुभन्दा तीन वर्ष सिनियर कर्मचारी भएको बताउँदैं उनी अत्यन्तै मिलनसार र पेशाप्रती इमानदार रहेको बताए । अवालेले आफ्नै खर्चमा को पाइलट तालिम लिएका थिए ।उनी अबको डेढ महिना पछि हुने एयर बस उत्पादन कम्पनीमा एयर बस प्रशिक्षकको तालिम लिन छनौट समेत भएका थिए । सिनामंगलको सम्पन्न परिवारका अवालेका दुई छोरीमध्ये एक जना अमेरिकाको हाबर्ड विश्वविधालय र अर्की हङकङमा अध्ययन गरिरहेका छन् । हाल निगमका आठ जना एयरबस पाइलट छन् । एयर बसको हरेक उडानमा प्रमुख पाइलट, अर्को एक जना रिजर्भ पाइलट र फ्लाइट अफिसर हुन्छन् । हाल निगमसँग दुई वटा एयरबस छन् । निगमका एक वरिष्ठ पाइलटका अनुसार पाइलटको संख्याका कारण यसअघि नै समस्या आएको अवस्थामा यो घटनाले समस्या थपिएको बताए । पाँच दिन म्याद राजस्व अनुसन्धान विभागले काठमाडौं जिल्ला अदालतबाट पाँच दिन समय मागेर अनुसन्धान अगाडि बढाएको छ । विदेशी विनियम नियमित गर्ने ऐन अन्तर्गत अवालेमाथी अनुसन्धान अगाडि बढेको हो । यो ऐन अन्तर्गत बढीमा ३० दिनसम्म विभागले अनुसन्धान गर्न सक्ने छ । अवालेलाई थुनाका लागि नख्खु कारागारमा राखिएको छ । विदेशी विनियम नियमित गर्ने ऐनअन्तर्गत एक करोड नेपाली रुपैयाँ बराबरभन्दा माथीको मुद्धामा अधिकतम तीन वर्षसम्म कैद, विगो जफत र विगोको तेब्बर जरिवाना हुने ब्यवस्था छ । एक करोड नेपाली रुपैयाँभन्दा तलको मुद्धामा अधिकतम विगो जफत र विगोको तेब्बरसम्म जरिवाना ब्यवस्था छ । अवालेले ह्यान्ड क्यारिमा राखेको अमेरिकी डलरको नेपाली रुपैयाँ एक करोडभन्दा तल हुन आउँछ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE