Khabar Dabali २४ माघ २०८२ शुक्रबार | 6th February, 2026 Fri
Investment bank

मतदातालाई उम्मेदवार अस्वीकारको अधिकार

\"\"काठमाडौं, २८ चैत । निर्वाचन आयोगले घुमाउरो बाटोबाट स्थानीय तहको निर्वाचनमा मतदातालाई ‘राइट टु रिजेक्ट’ (कुनै पनि उम्मेदवारलाई मत दिन्न) को अधिकार प्रदान गरिदिएको छ । सर्वोच्च अदालतको आदेशअनुसार स्थानीय तहको निर्वाचनसम्बन्धी कानुनमा राइट टु रिजेक्टको व्यवस्था गर्न असफल भएपछि निर्वाचन आयोगले स्थानीय तह निर्वाचन निर्देशिकामार्फत घुमाउरो भाषामा ‘मत दिन्नँ’ भन्ने अधिकारसहितको व्यवस्था ल्याएको हो । आजको राजधानी दैनिकमा खबर छ– आयोगले निर्वाचनसम्बन्धी कानुनको मस्यौदामा मत अस्वीकारको व्यवस्था प्रस्ताव गरे पनि दलहरूबीचको असहमतिले कार्यान्वयनमा आउन नसकेपछि आयोगले निर्देशिकाको सहारामा यस्तो व्यवस्था अघि सारेको छ । तर, आयोगले गरेको यो व्यवस्थाको वैधानिक हैसियत भने प्रस्ट छैन । आयोगले प्रस्ताव गरेको निर्वाचनसम्बन्धी विधेयकको दफा ३१ मा मतदाताले कुनै पनि उम्मेदवारप्रति समर्थन नभएको भनी मतदान गर्न सक्ने व्यवस्था थियो । यसका लागि आयोगले मतपत्रमा आवश्यक व्यवस्था गर्ने विधेयकको मस्यौदामा उल्लेख थियो । तर, दलहरूको असहमतिपछि यो व्यवस्था हटाएर निर्वाचन कानुन व्यवस्थापिका–संसद्बाट पारित गरिएको थियो । आयोगले गत १७ चैतमा स्वीकृत गरेको निर्देशिकाको दफा ९६ मा मतदान केन्द्रमा पुगेर सबै प्रक्रिया पूरा गरी मतदान गर्न लिएको मतपत्रमा कसैलाई मत दिन नचाहे अभिलेख राखी फिर्ता गर्न सक्ने व्यवस्था गरेको छ । निर्देशिकाको सो दफाको ‘मतदाताले फिर्ता दिएको मतपत्रको लगत राख्ने’ सम्बन्धी व्यवस्थामा भनिएको छ, ‘कुनै मतदाताले मतदान नगर्ने निश्चय गरी आफूले मतदान गर्न लिएको मतपत्र मतदान अधिकृतलार्ई फिर्ता दिए मतदान अधिकृतले त्यस्तो मतपत्रको लगत राख्नुपर्नेछ ।’ निर्देशिकाअनुसार यसरी फिर्ता गरिएको मतपत्रमा निर्वाचनमा खटिएका कर्मचारीले फिर्ता गरिएको व्यहोरा जनाएर छुट्टै खाममा राखेर निर्वाचन अधिकृतलार्ई बुझाउनुपर्ने व्यवस्था छ । यसरी मतदान गर्न अस्वीकार गरी फिर्ता गरिएका मतपत्रको हैसियत के हुने भन्नेबारेमा भने निर्देशिका मौन छ । अदालतको आदेशअनुसार आयोगले तयार पारेको ‘नो भोट’ सम्बन्धी व्यवस्थामा भने यस्तो मतको वैधानिक हैसियत हुने उल्लेख थियो । ‘अदालतको आदेशअनुसार कसैलाई पनि मत दिन्न भन्न पाउने मतदाताको अधिकार ऐनमा सुरक्षित गर्न नसकिएका कारण निर्देशिकामार्फत केही हदमा भए पनि यस्तो व्यवस्था गरिएको हो,’ निर्वाचन आयोगका एक आयुक्तले भने । ती आयुक्तका अनुसार मतदान गर्न औंलामा चिह्नसमेत लगाई मतपत्र लिएका व्यक्तिले यो निर्देशिकालाई टेकेर मत नदिई खाली मतपत्र फिर्ता गर्न सक्नेछन् । ‘यो मत दिन्न भन्ने अधिकार हो, तर यस्ता मत के गर्ने भन्ने विषयमा भने केही बोलिएको छैन,’ ती आयुक्त भन्छन् । सर्वोच्च अदालतले २१ पुस २०७० मा निर्वाचनमा मतदाताले मत नदिई सबै उम्मेदवार इन्कार गर्न पाउने कानुनी व्यवस्था गर्न सरकारलार्ई आदेश दिएको थियो । अदालतको आदेशअनुसार सरकारले निर्वाचनसम्बन्धी कानुनमा यो व्यवस्था राखेको भए मतदाताले कसैलार्ई पनि मत नदिई सबैलार्ई बहिष्कार गर्न पाउने नेपाल विश्वको १५औं मुलुक बन्ने थियो । हालसम्म नेपालमा मतदाताले उम्मेदवारलार्ई मत दिनैपर्ने बाध्यात्मक अवस्था छ । मतदान प्रक्रियामा सहभागी भएरै उम्मेदवारलार्ई अस्वीकार गर्न नपाउँदा मतदाताले मतदानका सबै प्रक्रिया बहिष्कार गर्नुपर्ने अवस्था छ । मत अस्वीकार गर्ने व्यवस्था भए मतदाताले उम्मेदवारको निर्वाचन चिह्नका अतिरिक्त कसैलार्ई पनि मत दिन्न भन्ने कोष्ठकमा मतदान गर्न पाउनेछन् । तर, निर्देशिकाको मतपत्र फिर्ता गर्न पाउनेसम्बन्धी व्यवस्थाले भने यो छनोटको अधिकार दिएको छैन । आयोगले स्वीकृत गरेको निर्देशिकामा मतदाताले फिर्ता दिएको मतपत्रको लगत मात्र रहने व्यवस्था छ । तर, त्यो लगतको निर्वान प्रक्रियामा के हैसियत हुन्छ भन्ने विषयमा उल्लेख नहुँदा मतदाताले मत दिन अस्वीकार गरे पनि ‘कुनै पनि उम्मेदवार मन नपरेको या ठीक छैनन्’ भन्ने मत भने जाहेर गर्न पाउनेछैनन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE