Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

सिमेन्टको मूल्य नबढाउन व्यवसायी सहमत

\"\"काठमाडौं, २८ चैत । सिमेन्टको मूल्यमा भएको वृद्धि घटाउन उद्योगी सहमत भएका छन् । उद्योगमन्त्री नवीन्द्रराज जोशीको पहलमा आइतबार उद्योग मन्त्रालयमा नेपाल सिमेन्ट उत्पादन संघका प्रतिनिधिसँगको छलफलमा उद्योगमन्त्री जोशीले पुनर्निर्माणको प्रथम चरण भर्खरै सुरु भएकाले यो समयमा न्यूनतम नाफा लिएर राज्य र नागरिकलाई सहयोग गर्न उद्योगीहरूलाई आग्रह गरेपछि मूल्य घटाउन उद्योगी तयार भएका हुन् । आजको नयाँ पत्रिकामा खबर छ– छलफलमा नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापाले नेपाली सिमेन्टहरूको उत्पादन लागत दक्षिण एसियामै महँगो रहेको भन्दै सरकारको अनुरोधलाई स्वीकार गर्दै हाललाई मूल्य वृद्धिमा पुनर्विचार गर्न संघले आफ्ना सदस्य सिमेन्ट उत्पादकहरूलाई तत्काल पत्राचार गर्ने बताए । नेपाली सिमेन्ट उद्योगको उत्पादन लागतलाई कम गरी प्रतिस्पर्धी मूल्यमा गुणस्तरीय सिमेन्ट उपभोक्ताहरूलाई उपलब्ध गराउन के–कस्ता उपायहरू अवलम्बन गर्नुपर्नेछ भनी अध्ययन गर्न उद्योग मन्त्रालयका सहसचिव गोपीकृष्ण खनालको संयोजकत्वमा अर्थ मन्त्रालय, सिमेन्ट उत्पादक संघका प्रतिनिधि र विज्ञ सदस्यसमेत रहेको एक अध्ययन समितिसमेत गठन गरिएको छ । सो समितिले सरकारलाई नेपाली सिमेन्ट उद्योगको उत्पादन लागत कम गर्न सकिने विषयमा अवलम्बन गर्नुपर्ने नीतिगत सुधारका सम्बन्धमा सुझाब दिनेछ । अन्तर्राष्ट्रिय बजारमा कोइला र क्लिंकरको मूल्य वृद्धि भएको भन्दै केही नेपाली सिमेन्ट उत्पादकहरूले आफ्नो उत्पादनमा प्रतिबोरा २० रुपैयाँदेखि ३० रुपैयाँसम्म मूल्य वृद्धि गरेका थिए । नेपाल निर्माण सामग्री व्यापार संघका अध्यक्ष श्रीकृष्ण रिजालले पछिल्लो १५ दिनमा सिमेन्टको भाउ प्रतिबोरा १० देखि १५ रुपैयाँ बढेको बताए । उद्योगीहरूले मोबाइलमा म्यासेज पठाएर सिमेन्टको भाउ बढेको जानकारी दिएको उनले बताए । ‘किन बढ्यो, जानकारी पाइएको छैन, तर भाउचाहिँ बढेको छ,’ उनले भने, ‘पुनर्निर्माण चलिरहेको यस्तो वेलामा सिमेन्टको भाउ नबढाएको भए हुन्थ्यो ।’
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending