Khabar Dabali २४ माघ २०८२ शुक्रबार | 6th February, 2026 Fri
Investment bank

निर्वाचित जनप्रतिनिधिलाई स्थानीय तहको नाम परिवर्तन गर्ने अधिकार

\"\"काठमाडौं, २८ चैत । स्थानीय तह (गाउँपालिका र नगरपालिका)को नाम र केन्द्र स्थानीय तहका निर्वाचित जनप्रतिनिधिले एकपटकका लागि बहुमत सदस्यद्वारा परिवर्तन गर्नसक्ने अधिकार दिइने भएको छ । अाजको गोरखापत्रमा खबर छ– गाउँपालिका र नगरपालिकाको पहिलो निर्वाचन भएको मितिले छ महिनाभित्र सम्बन्धित सभामा तत्काल कायम रहेको सदस्य सङ्ख्याको बहुमतबाट प्रस्ताव पारित गरी एकपटकका लागि नाम र केन्द्र परिवर्तन गर्न सक्ने अधिकार दिइने भएको हो । पुनः गाउँपालिका र नगरपालिकाको नाम र केन्द्र परिवर्तन गर्नुपरेमा तत्काल कायम रहेको सदस्य सङ्ख्याको दुई तिहाइ बहुमतले पारित गर्नुपर्ने स्थानीय तहको शासन सञ्चालन विधेयकमा उल्लेख गरिएको छ । अहिले सो विधेयक मन्त्रिपरिषद्मा विचाराधीन रहेको र विधेयक मन्त्रिपरिषद्ले पारित गरेपछि पुनः संसद्मा जाने र संसद्ले पारित गरेपछि ऐनका रूपमा कार्यान्वयनमा आउने सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जनाएको छ । अहिले कतिपय गाउँपालिका र नगरपालिकामा केन्द्र कहाँ राख्ने भन्ने विवाद कायम छ । निर्वाचित जनप्रतिनिधिलाई त्यस्तो अधिकार प्रदान गरिने भएपछि नाम र केन्द्रका लागि अहिले विवाद गरिरहनु नपर्ने पूर्व स्थानीय तह पुनःसंरचना आयोगका सदस्य एवं स्थानीय शासन विज्ञ डा. श्याम भुर्तेल बताउछन्। उनका अनुसार आयोगले गाउँपालिका र नगरपालिकाले नाम र केन्द्र सिफारिस मात्र गरेको निर्धारण गरेको होइन । उक्त अधिकार स्थानीय तहमा आउने जनप्रतिनिधिलाई प्रदान गरिएको छ । आयोगले स्थानीय तहको सङ्ख्या र सिमाना मात्र निर्धारण गरी सरकारलाई बुझाएको हो । जिल्ला प्राविधिक सहयोग समितिले सिफारिस गरे अनुसारको गाउँपालिका र नगरपालिकाको नाम र केन्द्र आयोगले जस्ताको तस्तै सरकारलाई सिफारिस गरेको हो । केन्द्र र नाम उपयुक्त नलागे निर्वाचित जनप्रतिनिधिहरूले परिवर्तन गर्न सक्ने भुर्तेलको भनाइ छ । कुन ठाउँमा गाउँपालिका र नगरपालिकाको केन्द्र राख्दा आमनागरिकलाई सहज हुन्छ भन्ने कुरा हामीलाई भन्दा पनि स्थानीय निर्वाचित जनप्रतिनिधिलाई बढी जानकारी हुन्छ । उनले भने, “त्यसकारण आयोगले सो अधिकार निर्वाचित जनप्रतिनिधिलाई जिम्मेवारी दिइने गरी सरकारलाई सिफारिस गरेको हो ।” निर्वाचित जनप्रतिनिधिले उपयुक्त र स्थानीय आमसेवाग्राहीलाई पायक पर्ने ठाउँमा केन्द्र र नाम राख्न सक्छ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले अहिले संसद्मा विचाराधीन रहेको स्थानीय तह शासन सञ्चालन विधेयकमा गाउँपालिका र नगरपालिकाका निर्वाचित जनप्रतिनिधिहरूले नाम र केन्द्र परिवर्तन गर्न सक्ने गरी अधिकार राखिएको छ । उनका अनुसार मन्त्रिपरिषद्ले त्यसलाई पारित गरेपछि मन्त्रालयले पुनः सो विधेयकलाई संसद्मा पठाउने र संसद्ले विधेयक पारित गरेपछि ऐनका रूपमा विधेयक परिणत हुनेछ
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE