Khabar Dabali २४ माघ २०८२ शुक्रबार | 6th February, 2026 Fri
Investment bank

पाकिस्तानी पूर्वकर्नेल हराए, नेपाल आउनुको कारण शंकास्पद

\"\"काठमाडौं, २८ चैत । संयुक्त राष्ट्रसंघमा जागिरका लागि अन्तवार्ता दिन भन्दै तीन अघि नेपाल आएका पाकिस्तानी सेनाका पूर्वजर्नेल मोहम्मद हबिब जाहिर बेपत्ता भएका छन् । नेपालस्थित पाकिस्तानी दुतावासले उनी हराएको भन्दै खोजीका लागि प्रहरी प्रधान कार्यालयमा पत्र पठाएको छ । अाजको नागरिक दैनिकमा खबर छ– नेपालमा युएनको जागिरका लागि बिहीबार नेपाल आएका उनी हराएको भन्दै परराष्ट्र हुदै प्रहरी प्रधान कार्यालयमा पत्र आएपछि प्रहरी खोजीमा जुटेको छ । उनी एजे ५१२२९६४ नम्बरको पासपोर्टमा डब्लुवाई ३४४ कलसाइनको उडानमा नेपाल आएको पाकिस्तानको डिफेन्स मिनिस्ट्रीले जानकारी दिएको छ । ओमन हुदै नेपाल आएका उनी सोही दिन आन्तरिक उडानबाट भैरहवा पुगेको र उनले पाकिस्तानमा रहेको आफ्नो परिवारलाई लुम्बिनी आइपुगेको जानकारी दिएको र त्यसपछि सम्पर्कमा नआएको दूतबासको पत्रमा उल्लेख छ । जागिरका लागि अन्तवार्ता दिन भन्दै नेपाल आएका हबिब हराएकोबारे पाकिस्तानी दूतबासले चासो राख्दै खोजी गरिदिन पत्र पठाएपछि नेपाली सुरक्षा निकायले घटनाबारे जानकारी पाएका हुन् । आइतबार परराष्ट्रबाट गृह मन्त्रालय हुदै हबिब हराएकोबारे प्रहरीको अपराध अनुसन्धान विभागमा पत्र पुगेपछि आतंकवाद र अन्तर्देशीय अपराध हेर्ने प्रहरी निकाय ब्युरो उनको खोजीमा खटिएको छ । ‘नेपाल आएका पाकिस्तानी पूर्वकर्नेल हराएकोबारे जानकारी आएपछि उनको खोजी शुरु गरेको छौ,’ प्रहरी प्रवक्ता सर्वेन्द्र खनालले भने, ‘उनको खोजीका लागि केन्द्रसँगै भैरहवा प्रहरीलाई समेत खटाएको छौ ।’ उनको हवाई यात्राको विवरण संकलन गर्दा एयर अरेबियाको उडानमार्फत पाकिस्तानबाट ओमन आएको र ओमनको मस्कटबाट ६ अप्रिलमा नेपाल आएको देखिएको ब्युरोका एक अधिकारीले बताए । ती अधिकारी अनुसार उनी जुन दिन काठमाडौ उत्रिए त्यही दिन बुद्ध एयरको उडानबाट भैरहवा गएको विवरण समेत फेला परेको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE