Khabar Dabali २४ माघ २०८२ शुक्रबार | 6th February, 2026 Fri
Investment bank

निधि क्याबिनेट बैठकमै नजाने

\"\"काठमाडाैं, २८ चैत । कमल थापालाई दोस्रो वरीयतामा राख्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्णयप्रति असन्तुष्ट उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले मन्त्रिपरिषद् बैठकमा सहभागिता नजनाउने भएका छन् । प्रधानमन्त्रीपछिको वरीयता आफूले नपाए पद छाड्ने सार्वजनिक अभिव्यक्ति दिनुभएका निधिलाई पार्टी सभापति शेरबहादुर देउवाले पद नछाड्न सुझाव दिएपछि ‘पद नछाड्ने तर मन्त्रिपरिषद् बैठकमा सहभागी नहुने\' रणनीति अपनाउन लागेका हुन् । अाजको अन्नपूर्ण पोस्टमा खबर छ– ‘गृहमन्त्रीज्यू अबदेखि मन्त्रिपरिषद् बैठकमा जानुहुन्न\', निधि निकट स्रोतले भन्यो, ‘उहाँले आफूसम्बद्ध मन्त्रालयका एजेन्डा प्रधानमन्त्रीसँग छुट्टै छलफल गर्नुहुन्छ र प्रधानमन्त्रीमार्फत पठाउनुहुन्छ ।\' थापालाई मन्त्रिपरिषद्मा दोस्रो वरीयता दिने प्रधानमन्त्रीको कदम स्वीकार नगर्ने निर्णयमा पुगेका निधिले थापा सहभागी हुने मन्त्रिपरिषद् बैठकमा भाग नलिन यस्तो योजना बनाएको स्रोतले बतायो । ‘संसद्को पहिलो पार्टी कांग्रेसले मन्त्रिपरिषद्मा दोस्रो वरीयता पनि नपाउने भएपछि गृहमन्त्रीज्यूले मन्त्रिपरिषद् बैठकमा तेस्रो वरीयता स्वीकार गरेर बस्न मान्नुहुन्न\', स्रोतले भन्यो, ‘उहाँले यसलाई प्रतिष्ठाको विषय बनाइसक्नुभएको छ ।\' कांग्रेसका मन्त्रीले पनि गृहमन्त्री निधि मन्त्रिपरिषद् बैठकमा सहभागी नहुने कुराको पुष्टि गरेका छन् । ‘उहाँ (निधि) ले म मन्त्रिपरिषद् बैठकमा जान्नँ, मन्त्रिपरिषद् बैठक बस्नुअघि प्रधानमन्त्रीसँग छुट्टै छलफल गरी आफ्ना एजेन्डा मन्त्रिपरिषद्मा पठाउँछु, प्रधानमन्त्रीज्यूले गरेको वरीयताको निर्णय स्वीकार गर्न सक्दिनँ भन्नुभएको छ\', कांग्रेसका अर्का एक मन्त्रीले जानकारी दिँदै भने । निधिले आवश्यक परेको बेला मन्त्रीहरूसँग छलफल, समन्वय गरी आफ्ना एजेन्डा राख्ने तर मन्त्रिपरिषद् बैठकमा भने सहभागी नहुने अडान लिइसकेको कांग्रेसका ती मन्त्रीले जानकारी दिए । उपप्रधानमन्त्रीद्वय थापा र निधिबीचको वरीयता विवादले मन्त्रिपरिषद् बैठक झन्डै एक महिनादेखि बस्न सकेको छैन भने यही विवादका कारण प्रधानमन्त्री प्रचण्डले आफ्नो चीन भ्रमणमा कसैलाई पनि कार्यवाहकको जिम्मेवारी दिएका थिएनन् । प्रधानमन्त्री प्रचण्ड चीनबाट फर्कंदा विमानस्थलमा स्वागत गर्ने क्रममा पनि मन्त्री निधिले वरीयताकै कारण असहज व्यवहार प्रदर्शन गरेका थिए । स्थानीय तह निर्वाचनको तयारी, सुरक्षालगायतका विषयमा कुराकानी गर्नुपर्ने बेला गृहमन्त्री नै मन्त्रिपरिषद्मा अनुपस्थित हुने निर्णयले सरकारलाई एकीकृत धारणा बनाउन गाह्रो पर्ने कांग्रेसका ती मन्त्रीले बताए । ‘निर्वाचनका बेला मन्त्रीहरूबीचको यस्तो कामले सरकारलाई गाह्रो परिहाल्छ\', कांग्रेसका अर्का मन्त्रीले भने । गृहमन्त्री निधिका प्रेस सल्लाहकार रामजी दाहालले पार्टी सभापति देउवाको निर्देशनपछि निधिले पदबाट राजीनामा नदिने निर्णय गरेको बताए । ‘उहाँ (निधि) राजीनामा दिने मुडमा हुनुहुन्थ्यो तर पार्टी सभापतिले निर्वाचनका बेला पद छाड्दा नराम्रो सन्देश जाने भन्दै पद नछाड्न निर्देशन दिनुभएपछि उहाँ रोकिनुभएको हो\', दाहालले भने । वरीयता विवादका कारण आइतवार निर्धारित मन्त्रिपरिषद् बैठक बस्न सकेन । उपप्रधानमन्त्रीबीचको वरीयता विवाद, नेपाल प्रहरीको आईजीपी नियुक्तिको विवाद र मधेसी मोर्चालाई मनाउन प्रस्तावित संविधान संशोधनको प्रस्तावमा सहमति जुट्न नसक्दा मन्त्रिपरिषद् बैठक सोमवारका लागि सारिएको छ । मधेसी मोर्चाले स्थानीय तह निर्वाचनमा आउने लिखित प्रतिबद्धता जनाएपछि मात्र संशोधन प्रस्ताव संसद्मा लैजानुपर्ने सुझाव केही मन्त्रीले दिएका कारण पनि मन्त्रिपरिषद् बैठक एक दिन पर सारिएको प्रधानमन्त्री प्रचण्ड निकट स्रोतले जानकारी दिएको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE