Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

काठमाडौं एमालेमा समानान्तर कमिटीको तयारी

\"\"काठमाडौं, २७ चैत । मुख्य विपक्षी दल नेकपा एमाले काठमाडौंमा विगत सात वर्षदेखि जिल्ला अधिवेशन नभएपछि भाँडभैलो मच्चिएको छ । सात वर्षदेखि अधिवेशन हुन नसक्दा स्थानीय तहका उम्मेद्वारको सिफारिस गर्ने कमिटीकै वैधानिकतामाथि प्रश्न उठेको छ । देशान्तर साप्ताहिकमा खबर छ– अझ सात वर्षसम्म अधिवेशन नभएको कमिटीले यही बीचमा राई पक्षले काठमाडौं जिल्लाका एमाले निकमट नेताहरुलाई खबर नै नगरी चुनावी अभियान सुरुवात भएको भन्दै केपी ओलीका हातबाट कृष्ण राईलाई सूर्य चिन्ह अंकित झन्डा हस्तान्तरण गर्ने कार्यक्रम गरेपछि विवाद झनै चुलिएको नेताहरुले बताएका छन् । सो कार्यक्रममा तीन नम्बर प्रदेश संयोजक एवं उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, काठमाडौं जिल्ला सह–इन्चार्ज सुरेन्द्र मानन्धरसहित माधव नेपाल पक्षका कसैलाई पनि खबर नगरिएको कार्यक्रममा पार्टी अध्यक्ष ओली सहभागी भएर गुटबन्दीलाई बढावा दिन लागेको भन्दै नेपाल पक्ष समानान्तर कमिटी बनाउने अध्यासमा लागेको छ । यसका कारणले एमालेको काठमाडौं जिल्ला कमिटीमा खैलाबैला मच्चिएको छ । गुटबन्दीका कारण राजधानीमा पार्टी निरन्तर ओरालो लागेको बेला चुनावकै मुखमा जिल्ला कमिटीको वैधतामाथि प्रश्न उठेर भाँडभैलो मच्चिएको छ । विधानतः जिल्ला कमिटीको कार्यकाल तीन वर्षको मात्रै हुन्छ । सात वर्षअघि निर्वाचित जिल्ला अध्यक्ष निर्मल कुइँकेल पशुपति विकास कोषको भ्रष्टाचार मुद्दामा परेपछि निलम्बित भएका थिए । त्यसैबेलादेखि तत्कालीन उपाध्यक्ष कृष्ण राईले कार्यवाहक अध्यक्षका रुपमा जिल्ला कमिटी चलाउँदै आएका छन् । राई एमाले अध्यक्ष केपी ओली निकट नेता मानिन्छन् । तर उनको नेतृत्व काठमाडौंमा माधव नेपाल पक्षले स्वीकार गरेको छैन । उनीहरुले काठमाडौंमा माधव नेपाल पक्षलाई निषेध गरिएको गुनासो गर्दा समेत पार्टी नेतृत्वले गुटबन्दीका कारण वास्ता नगरेको बताएका छन् । काठमाडौं एमालेको विवाद मिलाउन नेतृत्वले चासो नदेखाएमा माधव नेपाल पक्ष स्थानीय चुनावमा पार्टीको एउटा पंक्ति निष्क्रिय बस्ने अवस्था तयारीमा लागेको छ । नेपला पक्षले यस्तो तयारी थालेपछि प्रदेश कमिटीले काठमाडौं जिल्ला कमिटीको अधिवेशन नहुन्जेल सबैलार्य समेटेर चुनावमा समन्वय गर्नका लागि कमिटी बनाउन कार्यदल बनाएको छ । स्थानीय चुनवका बेला पार्टीमा समानान्तर कमिटीको अभ्यास हुन थालेपछि प्रदेश कमिटीले कृष्ण राई संयोजक, वसन्त मानन्धर सह संयोजक र विद्यासुन्दर शाक्य सचिव रहने गरी जिल्ला कमिटी पुनर्गठन गरेको थियो । तर, पुनगर्ठित कमिटीलाई कृष्ण राई पक्षले अस्वीकार गर्दै वसन्त मानन्धरलाई सहसंयोजक नमान्ने र थमिएका ३८ सदस्य पनि स्वीकार नगर्ने चुनौती दिएपछि पार्टीभित्र विवाद अझ चुलिएको बताइएको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending