Khabar Dabali २४ माघ २०८२ शुक्रबार | 6th February, 2026 Fri
Investment bank

नेता मात्रै योग्य हुँदैनन् स्थानीय तहका उम्मेदवार

\"\"काठमाडौं, २७ चैत । स्थानीय तहको निर्वाचन मिति नजिकिँदै जाँदा राजनीतिक दलहरू उम्मेदवार छनोटको गृहकार्यमा व्यस्त छन् । संविधानले परिकल्पना गरेको अधिकार सम्पन्न स्थानीय तहको नेतृत्व कसरी आफ्नो पक्षमा पार्ने भन्ने योजनाका साथ दलहरू उम्मेदवार छनोटको गृहकार्य गरिरहेका छन् । तर, कुनै पनि दलले स्थानीय तहका लागि विगतकै गाविस र नगरपालिकामा उम्मेदवार छनोट गर्ने शैली अपनाइरहेका छन् । स्थानीय तहलाई प्राप्त अधिकार हेर्दा विगतको स्थानीय निकायमा जसरी नै उम्मेदवार छनोट गर्दा ठूलै समस्या पर्ने देखिन्छ । आजको राजधानी दैनिकमा खबर छ– संविधानको धारा २१५ र २१६ मा गाउँपालिका र नगरपालिकामा निर्वाचित हुने उम्मेदवारको योग्यता तोकिएको छ । जसमा मतदाता नामावलीमा नाम समावेश भएको, कुनैै कानुनले अयोग्य नभएको र २१ वर्ष पुगेको नेपाली नागरिक हुनुपर्ने व्यवस्था छ । तर, संविधानले गरेको व्यवस्था वा मापदण्डका आधारमा मात्रै गाउँपालिका र नगरपालिकाको उम्मेदवार छनोट गरियो भने अब बन्ने स्थानीय सरकार (स्थानीय तह) मात्रै कमजोर हुनेछैन, जनताले समेत सास्ती खेप्नुपर्नेछ । आसन्न स्थानीय तहको निर्वाचनमा राजनीतिक दलहरूले धेरै सोचेर उपयुक्त र क्षमतावान् व्यक्तिलाई उम्मेदवार छान्नुपर्ने भएको छ । संविधान निर्माणसँगै मुलुकको संरचनामा ठूलो परिवर्तन आएको छ । राज्यको संरचना संघ, प्रदेश र स्थानीय तहमा बाँडिएको छ । हिजो सरकारको केन्द्रले मात्रै राज्यशक्तिको अभ्यास गरिरहेको थियो भने अब संविधानबमोजिम तीनवटै तहले त्यो अधिकार प्रयोग गर्दै छन् । संविधानले गाउँपालिका र नगरपालिकालाई २२ वटा अधिकार दिएको छ । संविधानको अनुसूची ८ मा स्थानीय तहको अधिकार उल्लेख छ । स्थानीय तहको अधिकारमा माध्यमिक तहसम्मको शिक्षादेखि स्वास्थ्य, सरसफाइ, खानेपानी, कृषि, पशुपालन, स्थानीय सडक, स्थानीय कर, मालपोत हुँदै घरजग्गा धनीपुर्जा वितरण कार्यसमेत पर्छ । स्थानीय सेवाको व्यवस्थापदेखि नगर प्रहरी, सहकारी र एफएम सञ्चालनसम्मको अधिकार अभ्यास गर्ने स्थानीय तहले आवश्यकता पर्दा नागरिकता वितरणसमेतको काम गर्नुपर्नेछ । यसका निम्ति गाउँपालिका र नगरपालिकाको निर्वाचनपछि निर्वाचित गाउँसभा र नगरसभाले आप्mनो क्षेत्रमा आफ्ना लागि आफैं कानुन बनाएर कार्यान्वयन गर्नुपर्नेछ । स्थानीय तहमा अब देशभरि ७ सय ४४ वटा सरकार हुनेछन् । प्रत्येक गाउँपालिका र नगरपालिकामा सम्बन्धित गाउँपालिका र नगरपालिकाको कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका हुनेछन् । गाउँपालिकाका अध्यक्ष वा नगरपालिकाका प्रमुखले सम्बन्धित गाउँ कार्यपालिका वा नगर कार्यपालिकाको प्रमुखका साथै व्यवस्थापिका प्रमुखसमेतको भूमिका निर्वाह गर्नुपर्नेछ । स्थानीय तह निर्धारण आयोगमा सदस्यका रूपमा काम गरेका डा। श्यामकृष्ण भुर्तेल राजनीतिक दलहरूले आफ्नै नीति, आफ्नै कानुन र आफ्नै कार्यक्रमअनुसार स्थानीय तह सञ्चालन गर्न सक्ने क्षमतावान् व्यक्तिलाई मात्रै उम्मेदवार बनाउनुपर्ने बताउँछन् । ‘हिजो नेपाल सरकारकै नीतिअनुसार काम गर्नुपथ्र्यो, गाउँ विकास समितिले अलिअलि बजेट आउने हिसाबले कार्यक्रम पेस गर्थे, परिषद्ले पास गरिदिन्थ्यो । म यस्तो गर्छु भनेर जिम्मेवारीपूर्वक काम गर्नुपर्दैनथ्यो, जिल्ला विकास समितिसँग कार्यक्रम मागिदिँदा हुन्थ्यो,’ भुर्तेल भन्छन्, ‘तर अब स्थानीय तहको प्रमुख कुनै पार्टीको नेता मात्रै भएर भएन । ऊ स्थानीय कार्यपालिका र व्यवस्थापिका दुवैको अध्यक्ष हुने भएकाले उसले सरकारसँग पनि उत्तरदायी र नागरिकसँग पनि उत्तरदायी हुँदै आफ्नै नीति र कानुनअनुसार काम गर्नुपर्ने हुन्छ ।’ अब निर्वाचित हुने गाउँपालिकाका अध्यक्ष र नगरपालिकाको प्रमुखले पाँच वर्षसम्म शासन सञ्चालन गर्न पाउने भएकाले दलहरूले धेरै सोच विचार गरेर मात्रै उम्मेदवार छनोट गर्नुपर्ने भुर्तेलको सुझाव छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE