Khabar Dabali २४ माघ २०८२ शुक्रबार | 6th February, 2026 Fri
Investment bank

युवाले गाउँ छाडे दाहसंस्कार महिलाले गर्छन्

\"\"काठमाडौं, २७ चैत । सत्यवती गाउँपालिका–५ कि यशोदा सापकोटा २७ माघमा ससुराको मलाम गइन् । गाउँका दिदी–बहिनीले साथ दिए । ती महिला शव बोकेर घाट मात्रै पुगेनन्, दाहसंस्कार गरेर घर फिर्ता भए । उनीहरूले शव बोकेको देख्दा र मलामी जाँदा गाउँमा धर्म हराएको मान्नेहरू पनि भेटिए । तर, कतिले उनीहरूको हिम्मतलाई सम्मान पनि गरे । आजको नयाँ पत्रिकामा खबर छ– तर, सत्यवती गाउँपालिका मात्रै होइन, वरपरका अन्य गाउँमा समेत महिला शव बोकेर घाट जान्छन् । अरू जोखिमपूर्ण कामहरू पनि गर्छन् । कोही बिरामी परेमा महिला नै अघि सर्नुपर्छ । ‘यो संस्कार महिलाले रहरले अपनाएका भने होइनन्, बाध्यता पनि हो । गाउँका सबैजसो युवा विदेशिएका छन्, सजिलो अप्ठ्यारो सबै काम महिलाकै जिम्मा आएको छ’सत्यवतीका कृषि राना भन्छन् । केही वर्ष अघिसम्म गाउँ टोल छर–छिमेकमा विवाह, व्रतबन्ध वा कुनै संस्कारमा युवाको उल्लेख्य सहभागिता हुन्थ्यो । नाचगानको बेग्लै रमाइलो पनि हुन्थ्यो । मालिका गाउँपालिका मोतीलाल घिमिरे भन्छन, ‘एक छोरा र एक बुहारी कामको सिलसिलामा बाहिर छन्, बिरामी पर्दा पानी तताएर दिने घरमा छैनन्, ठूलो समस्या परे सहयोग गर्ने गाउँमा छैनन् ।’ जिल्ला समन्वय समितिका कार्यक्रम अधिकृत शंकरप्रसाद गौतमले शिक्षा, स्वास्थ्य, पूर्वाधारसँगै रोजगारी र अवसर खोज्दै सर्वसाधारण गाउँबाट सुगम, सुगमबाट सहर जाने क्रम बढेकाले गाउँ सुनसान हुन थालेको बताए । ‘वैदेशिक रोजगारीले मान्छेको स्तर बढ्दै गएको छ, त्यसको पनि प्रभाव हो’,उनी भन्छन् । अनुसन्धान गरेर त्यहीअनुसारको विकासको अवधारणा गराउन नसके आगामी ५ वर्षमा धेरै गाउँ रित्तिने सम्भावना बढेको उनले बताए । जनगणना २०५८ कै तुलनामा लैंगिक असन्तुलनको अनुपात ६ प्रतिशतले बढेको छ । ‘गाउँमा प्राकृतिक र दैवी विपत्ति आइलाग्दा धेरै गाह्रो हुन्छ, संचारकर्मी लोकप्रसाद छन्त्याल भन्छन्,‘मलामी जान मात्र होइन, कसैको बिहे उम्काउनुपरे पनि महिला नै अघि सर्छन् ।’जिल्ला प्रशासन कार्यालयको तथ्यांकअनुसार प्रत्येक वर्ष आठदेखि १० हजारले राहदानी बनाउने गर्दछन् । अवसरको खोजिमा युवा धमाधम गाउँ छाड्दै छन् । त्यसैले गाउँबस्ती रित्तिदै छन् । २०६८ को जनगणना अनुसार जिल्लाका १० गाविसमा ५ सयभन्दा कम घरपरिवार छन् । जिल्लाकै सबैभन्दा दुर्गम मानिएको जयखानी गाविसमा अहिले जम्मा २ सय ७० घरपरिवार मात्र छन् । त्यस्तै अर्को पश्चिम क्षेत्रको दुर्गम अर्खाबाङमा तीन सय १० घरपरिवार मात्र बसोबास गर्दै आएका छन् । जनशक्ति अभाव र लागतको तुलनामा आम्दानी कम हुने गरेको भन्दै जिल्लाका उर्वर क्षेत्र खैरेनी, चौरासी, रूपाकोटको सोता, शान्तिपुर, हरेवा, खज्र्याङ, भुवाचिदी, वामीटक्सार र छल्दीलगायतका स्थानमा प्लटिङ गर्दै घडेरीको किनबेच फस्टाएको छ । पर्याप्त सिँचाइ र वर्षा दुवै भए पनि जमिन बाँझो रहँदा यस वर्ष गुल्मीमा धान उत्पादन घटेको छ । कार्यालयका कृषि विकास अधिकृत चक्रपाणि पन्थीले बर्सेनि झन्डै दुई हेक्टरका दरले खेतीयोग्य जमिन बाँझोमा परिणत हुँदै गएको बताएका छन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE