Khabar Dabali २३ माघ २०८२ बिहीबार | 5th February, 2026 Thu
Investment bank

सत्तारोहणका लागि हतारिँदै देउवा

\"\"काठमाडाैं, २६ चैत । एकै चरणमा निर्वाचन गर्नुपर्ने पूर्व अडानबाट पछि हट्दै कांग्रेस सभापति शेरबहादुर देउवाले शुक्रबार कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकमा भने, ‘मधेसी मोर्चा निर्वाचनमा आउने सहमति गर्छ भने दुई चरणमा चुनाव गर्न सकिन्छ ।’ बैठकमा उनी अघि बोल्ने २८ सांसदमध्ये २० भन्दा बढीले एकै चरणमा निर्वाचन गर्न दबाव दिएका थिए । तर, देउवाले त्यसलाई वेवास्ता गर्दै दुई चरणमा निर्वाचन गर्ने सन्देश दिए । एकै चरणमा निर्वाचनका लागि दबाव दिदै आएका देउवा आखिर किन फेरिए त ? देउवा निकट एक केन्द्रीय सदस्य भन्छन्, ‘पहिलो त मधेसी मोर्चा आउँदा निर्वाचन सहज हुन्छ भन्ने नै हो, सँगै आफ्नो सत्ता आरोहणका लागि पनि कतैबाट बाधा नपरोस् भन्ने हो ।’ अाजको कान्तिपुरमा खबर छ– कांग्रेस र माओवादी गठबन्धन निर्माण गर्दा नै चैत मसान्तसम्म पुष्पकमल दाहाल प्रचण्ड र त्यसपछि देउवाले सत्ताको नेतृत्व लिने समझदारी गरिएको थियो । समझदारी अनुसार सत्ताआरोहणमा ढिलाई हुन पुगेका कारण देउवाको छटपटाहट सुरु भएको बुझेरै बुधबारको बैठकमा बरिष्ठ नेता रामचन्द्र पौडेलले भने, ‘संविधान कार्यन्वयन र निर्वाचनलाई सत्तासँग नजोडौं ।’ आफ्नै सरकारले बजेट ल्याउन पाउनुपर्छ भनेर देउवाले एकै चरणको निर्वाचनमा जोड गरेका थिए । तर, आफ्ना पछिल्ला दुई सरोकारको बिषयलाई सम्वोधन नगरे निर्वाचनमा नआउने अडानमा मधेसी मोर्चा कायमै रहेपछि देउवा लचक बन्न पुगे । त्यसमा प्रधानमन्त्री प्रचण्ड पनि कारक हुन आईपुगे । सरकार र मोर्चाबीच गठित अनौपचारिक कार्यदलले संविधान संशोधनका बिषयमा समझदारी जुटाए पनि मतदाता नामावली थप्ने र मधेसमा स्थानीय इकाईको संख्या बढाउने बिषयमा विवाद कायमै थियो । तर, प्रधानमन्त्री प्रचण्ड पछिल्ला दुई सरोकारलाई पनि सम्वोधन गर्न सकारात्मक भईदिए । त्यसका लागि समय लाग्ने भएकाले प्रदेश नम्बर २ र ५ का एघार जिल्लामा दोस्रो चरणमा निर्वाचन गर्न प्रधानमन्त्री प्रचण्डले कांग्रेससँंग प्रस्ताव गरे । प्रधानमन्त्रीको यस्तो प्रस्तावले देउवा यस्तो ‘ट्रयाप’मा परे । चुनाव एकै चरणमा हुनुपर्छ भनेर अड्डी कस्दा मोर्चा निर्वाचनमा नआउने र त्यही कारण माओवादीको भूमिकासमेत बदलिन सक्ने बुझेरै देउवा लचिलो भएका हुन् । यदि, दुई चरणमा निर्वाचन गर्ने सरकार र मधेसी मोर्चाबीच समझदारी बने जेठसम्म सरकारको नेतृत्व प्रचण्डले गर्नेछन् । एउटा अडानले आउनै लागेको सत्ता फुत्किन नपाओस् भनेर देउवा लचिलो देखिए भने प्रधानमन्त्री प्रचण्ड पनि एमालेसँग मिल्न सकिने भय देखाउदै आफ्नो नेतृत्वको सरकार एक महिनाका लागि लम्बाउन चाहे । आफ्नै नेतृत्वको सरकारले बजेट ल्याउन र स्थानीय तहको निर्वाचन गर्न सके त्यसको प्रभाव आउँदो प्रदेश र संघीय संसदो निर्वाचनमा पार्न सकिन्छ भन्ने त छ नै, त्यस अतिरिक्त प्रचण्ड आफ्नै राजनीतिक भविष्य पनि सुरक्षित हुने ठानेका छन् । वर्तमान गठबन्धनबाट मात्रै आफ्नो सत्ताआरोहण हुने बुझेरै देउवाले प्रचण्डसँग दुरी बढाउन चाहेका छैनन् ।प्रचण्डका हरेक कदमलाई साथ दिँदै आएका छन् । जसको कडा आलोचना देउवाले बुधबारको केन्द्रीय कार्यसमिति र संसदीय दलको बैठकमा पनि भोग्नुपर्‍यो । सत्ता स्वार्थकै कारण सरकार र राष्ट्रिय राजनीतिमा कांग्रेसको भूमिका रक्षात्मक बन्न पुगेको भन्दै बरिष्ठ नेता पौडेलले खुलेरै असन्तुष्टी जनाए । प्रधानमन्त्री प्रचण्डका राजनीतिक तथा आर्थिक निर्णय र मन्त्रिपरिषको मर्यादाक्रमको बिषयले समेत पार्टीलाई रक्षात्मक बनाएको पौडेलको निष्कर्ष थियो । ‘यो सरकारसँग पार्टीका कोही साथीहरु सन्तुष्ट छैनन् । प्रधानमन्त्री र अर्थमन्त्रीले एकलौटी रुपमा हँुदै नभएका योजनामा बजेट वितरण गरेका छन् । मन्त्रीहरुले राम्रो काम गरेका छैनन्,’ पौडेलले भने, ‘तर पार्टी नेतृत्वले यसबारेमा केही बोलेन । चुनावलाई सत्ता राजनीतिसँंग लगेर जोडियो ।’
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE