Khabar Dabali २३ माघ २०८२ बिहीबार | 5th February, 2026 Thu
Investment bank

अर्याललाई आइजिपी बनाउने सहमति

\"\"काठमाडौं, २६ चैत । डिआइजी प्रकाश अर्याललाई नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) बनाउन सत्तासीन घटकबीच सहमति भएको छ । सत्तारुढ माओवादी केन्द्र, नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख नेताबीच अर्याललाई आइजिपी बनाउने सहमति भएको हो । आजको नागरिक दैनिकमा खबर छ– सरकारले फागुन १ मा डिआइजी जयबहादुर चन्दलाई महानिरीक्षक बनाउन गरेको निर्णय सर्वोच्च अदालतले खारेज गरेपछि प्रहरी प्रशासन निमित्त प्रमुखबाट चल्दै आएको छ । अदालतले कार्यसम्पादन मूल्यांकन र वरीयतालाई आधार बनाएर प्रहरी प्रमुख नियुक्त गर्न सरकारका नाममा आदेश दिएपछि फागुन १ को निर्णय निष्किृय भएको थियो । स्रोतका अनुसार प्रहरी प्रमुख चयन विषयमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र राप्रपा अध्यक्ष कमल थापाबीच तीन दिनअघि भएको छलफलमा अर्यालयको नाममा सहमति बनेको हो । ‘अदालतले चन्दको नियुक्ति खारेज गर्न आदेश दिएकाले पुनः उनैलाई नै प्रमुख बनाउँदा कानुनी जटिलता बढ्ने देखिएपछि अन्य तीन विकल्प (नवराज सिलवाल, अर्याल र बमबहादुर भण्डारी)माथि छलफल भएको थियो,’ छलफलबारे जानकार स्रोतले भन्यो, ‘वरीयतामा पहिलो नम्बरमा रहेका सिलवालको पक्षमा सबै सकारात्मक भए पनि कार्य सम्पादन मूल्यांकनमा अर्याल अघि रहेकाले उनको नाममा सहमति भएको हो ।’ महानिरीक्षक पदमा चन्दको नियुक्ति विरुद्ध सिलवाल पनि सर्वोच्च गएका थिए । गृहमन्त्री विमलेन्द्र निधिले अर्याललाई महानिरीक्षक नियुक्त गर्ने सरकारी तयारीबारे कांग्रेस मन्त्रीलाई जानकारी गराइसकेका छन् । निधिले बिहीबार गृहमन्त्रालयमा कांग्रेस मन्त्रीसँगको छलफलमा ‘अदालतको आदेशका कारण सरकारको पुरानो निर्णय कार्यान्वयन हुन नसक्ने अवस्था आएको र सिलवालको पक्षमा सहमति हुन नसकेको’ जानकारी गराएका एक मन्त्रीले बताए । ती मन्त्रीका अनुसार अर्याललाई प्रहरी प्रमुख बनाउन शीर्ष राजनीतिक तहमा सहमति भएको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE