Khabar Dabali १६ चैत्र २०८२ सोमबार | 30th March, 2026 Mon
Investment bank

तेस्रो विश्वयुद्ध निम्त्याउँदै अमेरिका ! शक्ति राष्ट्रहरु विभाजित

काठमाडौं, २५ चैत । सिरियामा विद्रोहीको कम्जामा रहेको शहर इडलिवमा ‘रासायनिक’ हमलामा कम्तीमा ८० जनाको मृत्यु भयो, मृत्यु हुनेमा केही बच्चा समेत थिए । सयौंको संख्यामा छाला जलेर गम्भीर घाइते भएका छन् । विपक्षी दल तथा पश्चिमी मुलुकले रासायनिक हमलामा सिरियाली सरकारको हात रहेको बताएका छन् । सिरियाको सेनाले भने रासायनिक हमला भएको भन्ने कुरा अस्वीकार गरेको छ । सिरियाको साथमा रहेको रसियाले सिरियाली सरकारको बचाउ गर्दै एक डिपोलाई लक्षित गरी उक्त आक्रमण भएको र उक्त डिपो रासायनिक हतियारले भरिएको बताएको छ । \"\" त्यो दिन के भएको थियो ? गृहयुद्धमा रुमल्लिएको सिरियाको इडलिव शहरमा मंगलवार जुन घटना भयो, त्यो एकदमै दुखद र मुटु विझ्ने खालको थियो । जमिनमा कुनै शव छरपष्ट थियो भने कयौंको मुखबाट फिँज निस्किरहेको देखिन्थ्यो । कसैको विचल्ली, कसैको चिच्चाहट त केही ब्यक्ति आफ्नो बच्चालाई काखी च्यापेर अस्पताल तर्फ भागिरहेका थिए । द सिरियन अब्जरभेटरी फर ह्यूमन राइट्सकाअनुसार खान शैखुनमा सिरियाली सरकार तथा रुसी लडाकु विमानको हमलामा केही ब्यक्तिहरु जलेको छन् । राहत तथा उद्धारकमीकाअनुसार विषालु ग्यासले जलेर घाइते सयकडौं नागरिकहरु अस्पतालमा भर्ना भएका छन् । मंगलबार भएको उक्त ‘रासायनिक’ हमलामा २७ बाल बालिका तथा १९ महिलासहित ८४ जना मारिएको इडलिब प्रान्तमा विद्रोही लडाकुद्वारा सञ्चालित समूहले दाबी गरेको छ । उक्त समूहकाअनुसार ५ सय ४६ जना घाइते छन् । विश्व स्वास्थ्य संगठनकाअनुसार उक्त हमलामा यस्तो रासायनिक हतियार प्रयोग भएको छ कि, जसका कारण नागरिकले श्वास फेर्न समेत एकदमै मुश्किल परिरहेको छ । \"\" सिरियाली सरकारले के भनेको छ ? सिरियाली सरकारले भने सासायनिक हमला भएको कुरा अस्वीकार गर्दै आएको छ । सिरियाली सनाले बयानमा भनेको छ– उक्त हमलामा कुनै पनि रासायनिक हमला प्रयोग भएको छैन । आफूहरुले कुनै पनि रासायिनक हतियारको ब्यवस्था नगरेको उनीहरुको दाबी छ । सेनाले भविष्यमा समेत कुनै पनि किसिमको रासायनिक हमलाको योजना नरहेको बताएको छ । त्यो लडाइँमा सिरियाको साथमा रुस रहेका छ । रुसले दिएको एक बयानमा भनिएको छ– ‘सिरियाली सेनाले विद्रोहीको हतियार रहेको डिपोलाई लक्षित गरी आक्रमण गरिएका थियो, जहाँ ‘रासायनिक’ हतियार हुन सक्छ ।’ रुस र सिरियाका विपक्षी राष्ट्रहरुले सिरियाली सरकारलाई दोषी देखाउँदै रासायनिक हतियार प्रयोग भएको दाबी गरे पनि रासायनिक हतियारबाट आक्रमण भएको हो वा रासायनिक डिपोमा आक्रमण हुँदा यस्तो घटना भएको हो भन्ने अहिलेसम्म पुष्टी भइसकेको छैन । \"\" शक्ति राष्ट्रहरु विभाजित अमेरिकाले मंगलबार भएको घटनालाई कारण बनाउँदै शुक्रबारदेखि सिरियामाथि भयानक आक्रमण थालेको छ । अमेरिकाले शुक्रबार विहानैदेखि एकाएक मिसाइल आक्रमण गरी युद्ध मच्चाएको छ । यो घटनाले शक्ति राष्ट्रहरु विभाजित भएका छन् । सिरिया समर्थित मुलुकले अमेरिकाको दादागिरी भनेका छन् भने सिरियाविरोधी राष्ट्रले खुलेर अमेरिकाको समर्थन गरेका छन् । फ्रान्स र जर्मनीले सिरियाली राष्ट्रपति बसर अल असद नै जिम्मेवार हुनुपर्ने भन्दै अमेरिकाको पक्ष लिएको छ भने रसियाले सार्वभौम राष्ट्रमाथि आक्रमण भनेको छ । अमेरिकाले सिरियामाथि आक्रमण जारी राखेमा रसियाले प्रतिवाद गर्ने संकेत गरिसकेको छ भने रासायनिक हतियारले सुसज्जित अमेरिका विरोधी राष्ट्रहरुले त्यसको जवाफ दिने सम्भावना पनि उत्तिकै छ । अमेरिकाले गरेको दर्जनौ मिसाइल आक्रमणमा परि सैयौंको हताहती भएको छ । अमेरिकाले विहानै गरेको मिसाइल आक्रमणमा ६ जनाको मृत्यु भएको सिरियाली सेनालाई उद्धृत गर्दै अलजजिराले जनाएको छ ।  \"\" (एजेन्सीहरूको सहयोगमा)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending