Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

०४६ मा यसरी भयो कीर्तिपुर कब्जा

\"\"पञ्चायती व्यवस्थाविरुद्ध ०४६ सालमा भएको आन्दोलनमा कीर्तिपुर निकै चर्चामा रह्यो । काठमाडौंमा आन्दोलन उठ्न नसक्दा कीर्तिपुरको प्रहरी चौकी भने आन्दोलनकारीको कब्जामा परिसकेको थियो । २६ चैतमा तत्कालीन राजा वीरेन्द्रले प्रजातन्त्रको घोषणा गरेका थिए, जबकि २१ चैतमै कीर्तिपुर आन्दोलनकारीको नियन्त्रणमा थियो । आन्दोलनकारीले कीर्तिपुरलाई मुक्तक्षेत्र घोषणा गरेका थिए । त्यतिवेला उपत्यका आन्दोलन परिचालन कमिटीमा रहेका तुलसीदास महर्जनले आन्दोलनलाई यसरी सम्झिए : ८ फागुनको जुलुस पञ्चायतविरुद्ध जनताको असन्तुष्टि बढिरहेकै थियो । दलहरू पनि संयुक्त रूपमा आन्दोलनमा जान एकमत भए । कांग्रेस, तत्कालीन नेकपा माले र नेकपा चौमलगायतले आन्दोलन परिचालन कमिटी बनाए । उपत्यका आन्दोलन परिचालन कमिटीमा चौमको तर्फबाट म पनि सदस्य थिएँ । काठमाडौंको कीर्तिपुरका बासिन्दा पहिलादेखि नै राज्यसत्तासँग असन्तुष्ट हुन् । उनीहरूमा पञ्चायतविरोधी भावना धेरै नै थियो । ८ फागुन ०४६ मा कीर्तिपुरमा जुलुस निकाल्ने निर्णय भयो । जुलुस निकाल्न हामी कीर्तिपुर माविअगाडि भेला भयौँ । तर, जुलुस सुरु हुने वेलासम्म पनि खासै जनसहभागिता भएन । त्यस्तै १०-१५ जना थियौँ होला । त्यतिले नै जुलुस गर्ने निष्कर्षका साथ हामी नारा लगाउँदै अगाडि बढ्यौँ । जुलुस सुरु हुँदा करिब ११ बजेको थियो होला । कीर्तिपुरका विभिन्न ठाउँ परिक्रमा गर्दै बाघभैरव पुग्यौँ । जतिजति जुलुस अघि बढ्दै गयो मान्छे पनि थपिँदै गए । बाघभैरव पुगेपछि जुलुस निकै ठूलो भयो । त्यहाँ प्रहरीले हस्तक्षेप गर्यो । हाम्रा पाँचजना साथी पक्राउ परे । उनीहरूलाई थानामा लगेर थुने । कब्जा भयो प्रहरी चौकी पाँचजना पक्राउ परेपछि जुलुस तितरबितर भयो । आन्दोलनकारी पक्राउ परेको कुरा कीर्तिपुरभरि फैलियो । दिउँसो अर्को जुलुस निस्कियो । जुलुस निकै ठूलो थियो । सीधै प्रहरी चौकीतिर अघि बढ्यो । प्रहरीको संख्या थोरै थियो । जुलुस अघि बढेपछि प्रहरीको भागाभाग भयो । आन्दोलनकारीले चौकी कब्जा गरे । पक्राउ परेका पाँचैजनालाई लिएर आयौँ । कुनै अप्रिय घटना भएन । जुलुस फर्किएपछि प्रहरी पनि चौकी फर्किए । त्यसपछि प्रहरीले थप फोर्स मगायो । पूरै कीर्तिपुरलाई घेरा हाल्यो । आतंक नै मच्चियो । कतै–कतै कुटपिट पनि ग¥यो । यो घटनापछि आन्दोलन भने थप चर्किएन । बरु सेलाउँदै गयो र मत्थर नै भयो । हेलिकोप्टरबाट गोली हानियो कीर्तिपुर घटनापछि फाट्टफुट्ट मात्र आन्दोलन हुन थाल्यो । भक्तपुरमा भने निकै ठूलो आन्दोलन भयो । त्यहाँ गोली नै चल्यो । त्यसपछि पाटनमा पनि गोली चल्यो । आन्दोलन रोकिनेवाला थिएन । त्यताको प्रभावले २० चैतबाट कीर्तिपुरमा पनि आन्दोलन सुरु भयो । सो दिन बिहानबाटै जुलुस सुरु भयो । पहिला खासै धेरै मान्छे थिएनन् । बिस्तारै संख्या बढ्दै गयो । त्यसपछि प्रहरीले हस्तक्षेप गरेर केहीलाई पक्रेर लग्यो । आन्दोलनकारीलाई पक्रेपछि मान्छेहरू उत्तेजित भए । निकै ठूलो भीड जम्मा भयो । त्यो जुलुस प्रहरी चौकी आक्रमण गर्न गयो । उनीहरूको उद्देश्य पक्राउ परेका आन्दोलनकारी छुटाउनु थियो । तर, ८ फागुनको घटनापछि सरकारले प्रहरी फोर्स थपेको थियो । प्रहरीले तत्कालै थप फोर्स पनि मगायो । थानाअघि गोली चल्यो । भागदौड मच्चियो । केही छिनपछि आकाशमा हेलिकोप्टर देखियो । हेलिकोप्टरबाट गोली हान्न थालियो । मान्छेहरू दक्षिणको खेततिर भागे । तर, खेतमा पनि हेलिकोप्टरबाट गोली र टियर ग्यास फायर भइरह्यो । कीर्तिपुरका खेत युद्धभूमिजस्ता देखिए । चौकीअघि नै ढले चारजना हेलिकोप्टरले खेततिर गोली हानिरहँदा उता अर्को जुलुसले चौकी आक्रमण गर्न थालेछ । जुलुसले चौकीलाई तीनतिरबाट घेरा हालेको थियो । प्रहरीले तीनैतिर गोली चलाएछ । चारजना प्रदर्शनकारी ढले । गोली लागेकै ठाउँमा उनीहरूको मृत्यु भयो । भीड तितरबितर भयो । ती शव पहिला त जनताले नै कब्जा गरेका थिए । पछि प्रहरीले खोसेर त्रिवि शिक्षण अस्पताल पुर्याएछ । साँझबाट कीर्तिपुरका स्थानीय घरेलु हतियार लिएर आक्रमणमा निस्किए । ठाउँ–ठाउँमा आगो बालेर प्रदर्शन गरे । कीर्तिपुर छिर्ने सबै नाका टियू, नैकाप, पाँगालगायतका सडकमा रूख ढालेर सडक अवरुद्ध गरे । उनीहरूले थप प्रहरी फोर्स रोक्न यसो गरेका थिए । राति १२ बजेसम्म पनि नाराबाजी भइरह्यो । बन्दी भए चौकीका प्रहरी राति नै कीर्तिपुर पस्ने नाका अवरुद्ध भइसकेका थिए । २१ चैत बिहानबाट प्रहरीले कीर्तिपुर पस्ने प्रयास गरेको थियो । तर, पस्न सकेन । यता चौकीमा भएका प्रहरी निरीह भए । उनीहरू चौकीबाट निस्किन सक्ने अवस्था नै थिएन । चौकीमा बन्दीजस्तै भए । सो दिन विशाल जुलुस निस्कियो । यति विशाल थियो कि, कीर्तिपुरदेखि चोभारसम्म मान्छे नै मान्छे थिए । कीर्तिपुरका हरेक मानिस घरबाट निस्किएका थिए । बालबच्चा र हिँड्न नसक्ने बूढाबूढी मात्र घरमा थिए । कीर्तिपुरमा खासै पञ्च समर्थक थिएनन् । अलिअलि भएका पनि २० चैतको घटनापछि बहुदलवादी भए । उनीहरू पनि जुलुसमा आए । सडक खचाखच भयो । जुलुसमा नहिँड्ने मान्छे समाजबाटै एक्लिने निश्चित थियो । त्यसैले सबै आए । कीर्तिपुर कब्जाजस्तै भयो । २२ चैतमा अहिलेको मंगल उमावि भएको ठाउँमा आमसभा भयो । सभालाई स्वतन्त्र वामपन्थी नेता पद्मरत्न तुलाधर, तत्कालीन नेकपा एकता चौमका नारायणकाजी श्रेष्ठ ‘प्रकाश’लगायतले सम्बोधन गरे । आमसभामा पनि मान्छे अघिल्लो दिनजस्तै गरी उर्लिए । प्रहरी आउन नसकेपछि सेना पठाउन सक्ने सम्भावना थियो । सेना आए के गर्ने भन्नेबारे कीर्तिपुरका जनता छलफलमै थिए । प्रहरीले ‘वाकीटकी’मा गरेका कुरा रेडियोमा पनि सुनिने हुनाले उनीहरूको सूचना पनि लिइरहेका थियौँ । कहाँसम्म आइपुगे भन्ने खबर पाइरहेका थियौँ । २३ चैतमा अस्पतालबाट शव ल्याएर प्रदर्शन गरियो । शवयात्रामा हजारौँको सहभागिता भयो । तिखु घाटमा अन्त्येष्टि भयो । यता, चौकीमा बन्दी भएका प्रहरीले अन्न र पानीसमेत पाएका थिएनन् । चौकीबाहिरको सार्वजनिक धाराबाट पानी लैजानुपथ्र्यो । तर, त्यहाँ आउन सक्ने अवस्था नै थिएन । केही स्थानीयले पानी दिनुपर्ने आवाज पनि उठाएका थिए । धेरै जनता आक्रोशमा भएकाले उनीहरूको कुरा सुनिएन । २० देखि २६ चैतसम्म ती प्रहरी बन्दीजस्तै भएर बसे । दरबारबाट चलायो सेनाले गोली २४ चैतमा डा. बाबुराम भट्टराई नेतृत्वको जनआन्दोलन परिचालन समितिले नेपाल बन्द घोषणा गरेको थियो । यता, संयुक्त वाममोर्चा र कांग्रेसको पनि प्रदर्शन गर्ने कार्यक्रम थियो । हजारौँ मान्छे कीर्तिपुरबाट जुलुस लिएर काठमाडौं गए । कुलेश्वर, कालिमाटी, टंकेश्वर, भीमसेनस्थन, वसन्तपुर, न्युरोड गेट भएर रत्नपार्क पुगियो । त्यहाँ आमसभा गर्ने तयारी थियो । तर, प्रहरीले दिएन । त्यति नै वेला ललितपुरको जुलुस पनि आइपुग्यो । त्यसपछि जुलुस यति विशाल भयो कि कसैले नियन्त्रण गर्न सक्ने अवस्था नै भएन । जुलुस विश्वज्योतितिर मोडियो । जमलबाट अहिलेको निर्वाचन आयोगतिर जाने बाटो प्रहरीले छेक्यो । जुलुस सीधै अघि दरबारमार्गतिर लाग्यो । म जुलुससँगै विश्वज्योति पुगेको थिएँ । अकस्मात् ढुंगामुढा भयो । उता, सेनाले गोली चलाएपछि ढुंगामुढा भएको रहेछ । केहीपछि मात्र थाहा भयो । जुलुसको अगाडि रहेका केही मान्छे महेन्द्रको सालिक ढाल्न गएछन् । नारायणहिटी सुरक्षाका लागि राखिएको सेनाले गोली चलाएछ । भीड यति ठूलो थियो कि गोली चलेपछि पनि तितरबितर हुने ठाउँ नै थिएन । कति गोली लागेर मरे । कति किचिएर मरे । कति मान्छे मरे भन्ने कुनै लेखाजोखा नै भएन । सडक रगताम्मे थियो । अनि राजाविरुद्ध लाग्यो नारा दरबारमार्गमा गोली चलेपछि तितरबितर भएका मान्छे कमलाक्षी, भोटाहिटी, असनतिर जम्मा भए । त्यहाँ पनि जुलुस सुरु भयो । चर्को नारा लाग्न थाल्यो । त्यसअघिसम्म पञ्चायतविरुद्ध मात्र नारा लागिरहेको थियो । सेनाले गोली चलाएपछि भने राजाविरुद्ध नै नारा लाग्यो । असनतिर पनि गोली चल्यो । झन्डै ७ बजेतिर हामी कीर्तिपुर फर्किन थाल्यौँ । सवारीसाधन थिएनन् । हिँडेरै फर्कनुपर्ने भयो । तितरबितर भएका साथी पनि बाटोमा भेटिए । ठूलै संख्यामा भएकाले कुनै डर भएन । बरु जोस थियो । त्यही साँझ नै कर्फु लाग्ने हल्ला थियो । हामी घरसम्म पुग्न नसकिने हो कि भन्ने आशंका पनि थियौँ । तर, सुरक्षित रूपमा पुगियो । २५ चैतबाट भने कर्फ्यु  सुरु भयो । प्रहरी कर्फ्यु लगाएर मात्र हिँड्न सक्ने अवस्था थियो । राति कर्फ्युमा पनि प्रहरी र सेनामाथि आक्रमण हुन थाल्यो । टायर बालेर सडक पूरै कालो भएको थियो । तर, २५ गते भने ठूलो झडप भएन । मान्छे स्वतन्त्र आवतजावत गरिरहे । राति भने कीर्तिपुरमा जुलुस निस्कियो । २६ चैतमा बहुदलीय प्रजातन्त्रको घोषणा भयो, तर कीर्तिपुरमा विजय जुलुस भएन । कीर्तिपुरवासी धेरै गणतन्त्रवादी थिए । जुन परिवर्तन हुन्छ भन्ने कीर्तिपुरवासीको आकांक्षा थियो, त्यो पूरा भएन । मान्छेहरू असन्तुष्ट भए । केहीले भने विजय जुलुस मनाउनुपर्छ पनि भने । तर, त्यो समूह सानो थियो । विवादका बीच विजय जुलुस मनाइएन । नयाँ पत्रिकाबाट
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending