Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

सशस्त्रको एआईजी बढुवामा असन्तुष्टि जनाउँदै लोकसेवामा उजुरी

\"\"काठमाडौं, २५ चैत । सशस्त्र प्रहरीमा एक साताअघि भएको नायव महानिरीक्षक (डीआईजी) बढुवा सिफारिसप्रति असन्तुष्टि जनाउँदै डीआईजी उत्तम खड्काले बिहीबार लोकसेवा आयोगमा उजुरी दर्ता गरेका छन् । उनको यो उजुरी दर्तासँगै एआईजी बढुवा अब दुई साताभन्दा बढी धकेलिएको छ । उनले उजुरी दर्ता नगरेको भए अब बस्ने मन्त्रिपरिषद बैठकले एआईजी बढुवा गर्ने सम्भावना थियो । आजको राजधानी दैनिकमा खबर छ– सशस्त्र प्रहरी बलमा रिक्त तीन एआईजी पदका लागि १८ चैतमा बढुवा समितिले डीआईजीहरु पुष्पराम केसी, नारायणबाबु थापा र रामशरण पौडेलको नाम सिफारिस गरेको थियो । एआईजीको बढुवा सिफारिस समितिमा गृह सचिव र सशस्त्र प्रहरी महानिरीक्षकसहितको दुई सदस्य रहने प्रावधान छ । सशस्त्र प्रहरी नियमावली २०७२ मा बढुवामा चित्त नबुझेमा बुवा सिफारिस गरिएको एक साताभित्र लोकसेवा आयोगमा उजुरी गर्न सक्ने प्रावधान छ । लोकसेवामा आयोगका अध्यक्षको नेतृत्वमा मुख्यसचिव र कानुन सचिव सदस्य रहेको उजुरी सुन्ने समिति लोकसेवा आयोगमा रहेको छ । समितिले १५ दिनभित्र उजुरी उपर छानविन गरेर निर्णय सुनाउनुपर्ने प्रावधान छ । नेपाली सेनाबाट सशस्त्र प्रहरीमा आएका खड्का वरीयतामा एक नम्बरका डीआईजी हुन् । उनले वरिष्ठता मिच्दै बढुवा समितिले आफूखुसी सिफारिस गरेको उजुरीमा उल्लेख गरेका छन् । झण्डै पाँच वर्षअघि सरकारले वरीयतामा क्रमशः रहने गरी खड्का, जीतबहादुर पुन, शैलेन्द्र खनाल, नारायणबाबु थापा, पुष्पराम केसी, दिवाकर केसी र रामशरण पौडेललाई डीआईजीमा बढुवा गरेको थियो । त्यसबेला डीआईजीमा बढुवा भएकामध्ये खनाल र पुन असार पहिलो साता एआईजीमा बढुवा भएका थिए । त्यसबेला पनि बढुवामा वरिष्ठतालाई मिचेको भन्दै उनले लोकसेवा आयोगमा उजुरी दर्ता गरेका थिए । आयोगले बढुवा समितिको सिफारिसलाई सदर गरेपछि उनले सर्वोच्च अदालत गुहारेका थिए । उनले बढुवा सिफारिसप्रति असन्तुष्टि जनाउँदै आफ्नो फेसबुकमा पनि असन्तुष्टि जनाएका थिए । सामाजिक सञ्जालमा सशस्त्र प्रहरी नियमावलीविपरीत आफूखुसी लेखेको भन्दै त्यसबेला उनको चर्को आलोचना भएको थियो । डीआईजी खड्काले यो पटक पनि पुरानै बाटो समातेका हुन् । उनले सिफारिसमा परेकाको बढुवा धकेल्न मात्र उजुरी हालेका हुन् । बढुवा समितिले गरेको सिफारिसप्रति लोकसेवा आयोगले डीआईजीहरुले प्राप्त गरेको नम्बरलाई मात्र आधार मान्ने गर्छ । आयोगले नम्बर थप्न सक्दैन । नम्बर जोड्दा गलत भए त्रुटी औंल्याउन भने सक्छ । डीआईजी खड्कालाई केही समयअघि पनि सम्भावित आईजीपीको रुपमा हेरिने गरिन्थ्यो । अघिल्लो पटक एआईजीमा बढुवा भएको भए उनी आईजीपीका दाबेदार थिए । तर एआईजीमा सिफारिसमा नपरेकाले उनी डीआईजीबाटै घर जाने अवस्थामा पुगेका छन् । डीआईजीको पदावधि ६ वर्ष मात्र हुने भएकाले उनी अब २५ जेठमा अनिवार्य अवकाशमा जाँदैछन् । उनीसँगै हालका प्रवक्ता दिवाकर केसी पनि २५ जेठमै अनिवार्य अवकाश पाउँदै छन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending