Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

प्रधानमन्त्रीमाथि खनिए गृहमन्त्री

\"\"काठमाडौं, २५ चैत । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमाथि गम्भीर आक्षेप लगाएका छन् । कांग्रेसले सत्ताको नेतृत्व दिएबापत आफूलाई मन्त्रिपरिषद् (क्याबिनेट) बैठकमै सहभागी नगराउने षड्यन्त्र गरी गुन तिरेको भन्दै गृहमन्त्री निधि प्रधानमन्त्री प्रचण्डविरुद्ध खनिएका हुन् । आजको राजधानी दैनिकमा खबर छ– बिहीबार बोलाइएको मन्त्रिपरिषद् बैठक अनाचक आइतबारलाई सारेपछि कांग्रेसका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूलाई गृह मन्त्रालय बोलाउँदै निधि प्रधानमन्त्री प्रचण्डविरुद्ध निकै आक्रामक बनेका हुन् । छलफलमा उनले आवश्यक परे सरकार छाड्नेसमेतको निर्णय सुनाएको एक मन्त्रीले बताए । ‘प्रधानमन्त्री बनाइदिने कांग्रेसजस्तो सबैभन्दा ठूलो दललाई नै हेपेर मन्त्रिपरिषद् बैठकमा समेत मलाई नराख्ने र कमल थापालाई पहिलो वरीयता दिने योजना बनाएका रहेछन्, यो सूचना पाएर म काठमाडौंबाहिर नगएपछि बैठक नै सारियो,’ बैठकमा निधिको भनाइ उद्धृत गर्दै एक मन्त्रीले भने । ती मन्त्रीकाअनुसार प्रधानमन्त्रीको योजना थाहा पाएर आफू उपत्यकाबाहिर नगएपछि मन्त्रिपरिषद् बैठक नै सारिएको तथ्य उनले पेस गरेका थिए । प्रधानमन्त्री प्रचण्डले आफू उपत्यकामा नहुने पूर्वनिर्धारित कार्यक्रमका आधारमा बिहीबार दिउँसो मन्त्रिपरिषद् बैठक राख्ने योजना बनाएका थिए । गृहमन्त्री निधि बिहीबार बिहान जनकपुर जाने र स्थानीय निर्वाचनबारे पार्टीको आन्तरिक छलफलमा जुट्ने कार्यक्रम रहेको थियो । तर, उनले बिहानै आफू काठमाडौंबाहिर नजाने जनाई चाँडो बैठक राख्न प्रधानमन्त्रीलाई आग्रह गरेका थिए । तर, प्रधानमन्त्रीले सो सूचना पाई आइतबारका लागि बैठक सारिएको निधिको आरोप छ । ‘उपप्रधान तथा गृहमन्त्री बिहीबार बिहान जनकपुर जाने र जनकपुरका कार्यकर्ताहरूसँग दिनभर भेटघाट र निर्वाचनबारे छलफल गरेपछि शुक्रबार सप्तरी जाने कार्यक्रम थियो,’ निधिनिकट स्रोतले भन्यो, ‘बिहानै जनकपुरको कार्यक्रम रद्द गरेपछि प्रधानमन्त्रीले पनि मन्त्रिपरिषद् बैठक आइतबारलाई सार्नुभयो, यसले उहाँलाई बैठकमै नराख्ने प्रधानमन्त्रीको नियत प्रस्ट देखियो ।’ निधिनिकट स्रोतका अनुसार उनी सप्तरीको राजविराजमा एमाले सभा बिथोल्ने क्रममा सुरक्षाकर्मीसँग भएको झडपमा परी ज्यान गुमाएका परिवारलाई शुक्रबार सरकारका तर्फबाट राहत वितरण र बिहीबार बिहानै जनकपुर जाने कार्यक्रम रहेको थियो । मन्त्रिपरिषद् बैठक बस्ने भएपछि निधिले प्रधानमन्त्रीलाई फोन गरेर आफ्नो कार्यक्रम रद्द भएको सूचना दिएका थिए । निधिले प्रधानमन्त्रीलाई समयमै मन्त्रिपरिषद्को बैठक राखेर विषय टुंग्याउनसमेत आग्रह गरेका थिए । तर, मन्त्रिपरिषद्को बैठक आइतबारलाई सारिएपछि निधि आक्रोशित बनेका हुन् । सोही आधारमा उनले साँझ कांग्रेस मन्त्रीहरूको छुट्टै बैठक राखेर प्रधानमन्त्रीविरुद्ध खनिएका हुन् । मन्त्रीसँगको छलफलमा उनले प्रधानमन्त्रीले आफ्नो हैसियत भुलेर प्रधानमन्त्री बनाइदिने कांग्रेसलाई नजर अन्दाज गर्न खोजेको आरोप लगाए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending