Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

आखिर नयाँ के छ स्थानीय तहमा ?

\"\"काठमाडौं, २४ चैत । संविधानतः स्थानीय तह कार्यान्वयन भएसँगै ती तहले गर्ने अधिकार तथा कामबारे विस्तृतीकरण भएको छ । मुख्यसचिव डा. सोमलाल सुवेदी नेतृत्वको संघीयता कार्यान्वयन तथा प्रशासन पुनर्संरचनासम्बन्धी उच्चस्तरीय समन्वय समितिले संघ, प्रदेश र स्थानीय तहको अधिकारसूचीको विस्तृतीकरण गरेको हो । अाजको नयाँ पत्रिकामा खबर छ– संविधानले तोकेका महत्वपूर्ण अधिकार क्षेत्रलाई विस्तृतीकरण गरी समितिले स्थानीय तहका तीन सय ५७ काम पहिचान गरेको छ । संविधानले स्थानीय तहका विभिन्न २२ प्रमुख अधिकार र काम निर्धारण गरेको छ । संघको ८ सय ७३, प्रदेशको ५ सय ६६ कार्य अधिकार पनि विस्तृतीकरण भएको छ । सरकारले ७ सय ४४ स्थानीय तह तय गरेको छ । २७ फागुनमा राजपत्रमा प्रकाशित सूचनाअनुसार चार महानगरपालिका, १३ उपमहानगरपालिका, २ सय ४६ नगरपालिका र ४ सय ८१ गाउँपालिका तय भएका छन् । मुख्यसचिव डा. सुवेदीले उच्चस्तरीय समितिले गरेको अधिकार सूचीको विस्तृतीकरणका आधारमा नै स्थानीय तहले काम गर्ने बताए । ‘हामीले सबै कार्यको विस्तृतीकरण गरिसकेका छौँ,’ डा. सुवेदीले भने, ‘अब स्थानीय तह र त्यहाँ आउने जनप्रतिनिधिले सोही आधारमा नै काम गर्न सहज हुनेछ ।’ संविधानमा स्थानीय तहको अधिकार सूची, काम र क्षेत्राधिकार राखिए पनि, तर विस्तृत व्याख्या गरिएको छैन । ‘संघ, प्रदेश र स्थानीय तहले गर्ने कार्यको विस्तृतीकरण संविधान बनाउने क्रममा नै गर्नुपथ्र्यो,’ मुख्यसचिव डा. सुवेदीले भने, ‘त्यतिखेर त्यसो गर्न नसकिए पनि हामीले रातदिन खटिएर संघ, प्रदेश र स्थानीय तहको कार्य र अधिकारको विस्तृतीकरण गर्न सफल भएका छौँ ।’ स्थानीय तहबाटै स्थानीय सहकारी संस्था दर्ता, अनुमति, खारेजी र विघटनसमेत हुनेछ । सहकारीसम्बन्धी राष्ट्रिय, केन्द्रीय, विषयगत, प्रादेशिक र स्थानीय संघसंस्थासँग समन्वय र सहकार्य गर्नेलगायतका काम पनि स्थानीय तहले गर्नेछन् । एफएम रेडियो सञ्चालन अनुमति, नवीकरण र नियमन स्थानीय तहबाटै हुनेछ । स्थानीय क्षेत्रभित्र इन्टरनेट सेवा, टेलिसेन्टर र स्थानीय केबुल तथा तारविहीन टेलिभिजन प्रसारणको अनुमति, नवीकरण र नियमन पनि स्थानीय तहले नै गर्नेछ । सम्पत्ति कर, घरबहाल कर, घर–जग्गा रजिस्ट्रेसन शुल्क, सवारीसाधन कर, सेवा शुल्क दस्तुर, पर्यटन शुल्क, विज्ञापन कर, व्यवसाय कर, भूमिकर, दण्ड–जरिवाना गर्नेलगायत काम पनि स्थानीय तहबाटै हुनेछन् । स्थानीय तहले स्थानीय पूर्वाधार तथा सेवामा शुल्क निर्धारण र संकलन तथा व्यवस्थापन, ट्रेकिङ, कायाकिङ, क्यानोनिङ र ¥याफ्टिङ शुल्क तोक्नेछ । स्थानीय राजस्व प्रवद्र्धनका लागि प्रोत्साहन, राजस्व सूचना तथा तथ्यांकको आदानप्रदान, स्थानीय तहमा राजस्व नियन्त्रणसम्बन्धी नीति, कानुन, मापदण्ड र नियमन, स्थानीय पूर्वाधार सेवा र उपयोगमा सेवा शुल्क दस्तुरसम्बन्धी नीति, कानुन, मापदण्ड र नियमनलगायतको काम पनि स्थानीय तहबाटै हुनेछ । स्थानीय तहका पहिचान गरिएका ३ सय ५७ कार्यमध्ये नगर प्रहरीले स्थानीय सरकारले लागू गरेका नीति, कानुन, मापदण्ड, निर्णय कार्यान्वयनमा सहयोग गर्ने, स्थानीय तहको सम्पत्ति संरक्षण गर्नेछ । त्यस्तै, स्थानीयस्तरमा हुने सभा, समारोह, परम्परा, जात्रा, चाडपर्व आदि व्यवस्थापनमा सहयोग गर्ने, स्थानीय बजार, पार्किङस्थल व्यवस्थापनमा सहयोग गर्ने पनि उल्लेख छ । स्थानीय न्यायिक समितिले गरेका आदेश र फैसला कार्यान्वयनमा सहयोग, विपत् व्यवस्थापन, अपराध रोकथाम तथा अनुसन्धानमा सहयोग आदि काम नगर प्रहरीको छ । स्थानीय तहकाे काम, कर्तव्य र अधिकार नगर र गाउँ प्रहरी परिचालन स्थानीय तहको आफ्नै नगर र गाउँ प्रहरी हुनेछ । यसअघिसम्म नगरपालिकामा मात्रै यस्तो व्यवस्था रहेकोमा यसपटक गाउँपालिकाले पनि गाउँ प्रहरी राख्न सक्नेछ । जसले सरकारले लागू गरेका नीति, कानुन, मापदण्ड र निर्णयहरू कार्यान्वयन, स्थानीय तहको सम्पत्ति संरक्षण गर्ने, सभा, समारोह, जात्रा, चाडपर्व, बजार, पार्किङस्थल व्यवस्थापन, स्थानीय न्यायिक समितिले गरेका आदेश-फैसला कार्यान्वयन, विपद् व्यवस्थापन र अपराध रोकथामलगायतमा सहयोग गर्नेछ । सहकारी दर्ता र खारेजी सहकारी संस्था दर्ता, अनुमति, खारेजी र विघटन पनि स्थानीय तहबाटै हुनेछ । सहकारीसम्बन्धी राष्ट्रिय-केन्द्रीय विषयगत, प्रादेशिक र स्थानीय संघसंस्थासँग समन्वय र सहकार्यलगायतका काम पनि स्थानीय तहले गर्नेछ । रेडियो सञ्चालन सय वाटसम्मको एफएम रेडियो सञ्चालन अनुमति, नवीकरण र नियमन स्थानीय तहबाटै गरिनेछ । इन्टरनेट सेवा, टेलिसेन्टर र स्थानीय केबुल तथा तारविहीन टेलिभिजन प्रसारणको अनुमति, नवीकरण र नियमन पनि स्थानीय तहमै हुनेछ । राजस्व संकलन आफ्नो क्षेत्रभित्रको सम्पत्ति र घरवहाल कर, घर जग्गा रजिस्ट्रेसन शुल्क, सवारीसाधन कर, सेवा शुल्क दस्तुर, पर्यटन शुल्क, विज्ञापन कर, व्यवसाय कर, भूमिकर, दण्ड जरिवानालगायतका राजस्व संकलनका काम पनि स्थानीय सरकारले नै गर्नेछ । त्यस्तै, स्थानीय पूर्वाधार तथा सेवामा शुल्क निर्धारण र संकलन तथा व्यवस्थापन, ट्रेकिङ, कायाकिङ, क्यानोलिङ, र र्याफ्टिङ शुल्क, स्थानीय राजस्व प्रवद्र्धनका लागि प्रोत्साहन, राजस्व सूचना तथा तथ्यांकको आदान–प्रदान, राजस्व नियन्त्रणसम्बन्धी नीति, कानुन, मापदण्ड निर्धारण र नियमनका कामहरू पनि स्थानीय तहबाटै हुनेछ । सेवाको व्यवस्थापन स्थानीय सेवाको व्यवस्थापनसम्बन्धी नीति, मापदण्ड र सेवा–सर्त निर्धारण, योजना निर्माण, कार्यान्वयन र नियमन स्थानीय सरकारले नै गर्नेछ । संविधानको धारा ३०२ लाई समेत आधार मानेर कर्मचारी समायोजनपछि वित्तीय स्रोतको अधीनमा रही आवश्यकताअनुसार स्थानीय सेवाको गठन, सञ्चालन र व्यवस्थापन, स्थानीय तहको संगठन विकास, जनशक्ति व्यवस्थापन र वृत्ति विकासलगायतका कामहरू गर्ने । समायोजन भई आउने कर्मचारीको व्यवस्थापन, उपयोग र समन्वयका काम पनि स्थानीय तहले गर्नेछ । स्थानीय तथ्याङ्क अभिलेख संकलन स्थानीय तथ्यांकसम्बन्धी नीति, कानुन र मापदण्ड निर्धारण गर्ने । योजना निर्माण, कार्यान्वयन र नियमन, बेरोजगारको तथ्यांकसहित स्थानीय तहमा आधारभूत तथ्यांक संकलन र व्यवस्थापन, पञ्जीकरण व्यवस्थापन, स्थानीय तहको तथ्यांकीय अभिलेख व्यवस्थापन, सूचना तथा सञ्चार प्रविधियुक्त अभिलेख राख्ने । विकास आयोजना तर्जुमा स्थानीय स्तरमा आर्थिक, सामाजिक, सांस्कृतिक, वातावरणीय, प्रविधि र पूर्वाधारजन्य विकासका लागि आवश्यक आयोजना तथा परियोजनाको तर्जुमा, कार्यान्वयन, अनुगमन तथा मूल्यांकन, अध्ययन, अनुसन्धान, स्थानीय तहका सम्भाव्य प्राकृतिक स्रोत र साधनको अभिलेखीकरण तयार गर्ने । आधारभूत तथा माध्यमिक शिक्षा प्रारम्भिक बाल तथा विद्यालय शिक्षा, अनौपचारिक शिक्षा, खुला तथा वैकल्पिक एवं निरन्तर सिकाइ तथा विशेष शिक्षासम्बन्धी नीति, कानुन, मापदण्ड निर्माण, योजना कार्यान्वयन र नियमन गर्ने । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमको योजना तर्जुमा, सञ्चालन अनुमति र नियमन, पाठ्यक्रम र पाठ्यसामग्री वितरण र कार्यान्वयन, विद्यालय शिक्षक र कर्मचारीको व्यवस्थापन, विद्यालयको अनुमति स्वीकृति, समायोजन र नियमन, पुस्तकालय र वाचनालयको सञ्चालन तथा व्यवस्थापनको काम पनि स्थानीय तहले गर्नेछ । आधारभूत स्वास्थ्य र सरसफाई आधारभूत स्वास्थ्य र सरसफाईसम्बन्धी नीति, कानुन, मापदण्ड, योजना कार्यान्वयन तथा नियमन गर्ने । आधारभूत स्वास्थ्य सेवा सञ्चालन र प्रवद्र्धन, अस्पताल र अन्य स्वास्थ्य संस्थाको स्थापना तथा सञ्चालन, रक्तसञ्चार सेवा, स्थानीय तथा सहरी स्वास्थ्य सेवा सञ्चालन तथा व्यवस्थापनको काम पनि स्थानीय तहले गर्नेछ । बजार व्यवस्थापन, वातावरण संरक्षण र जैविक विविधता स्थानीय व्यापार, बजार व्यवस्थापन तथा अनुगमन र उपभोक्ता अधिकार एवं हीतसम्बन्धी नीति, कानुन, मापदण्ड, कार्यान्वयन र नियमन गर्ने । स्थानीय स्तरका व्यापारिक फर्म दर्ता, अनुमति, नवीकरण र खारेजी तथा नियमन पनि स्थानीय तहबाटै हुनेछ । सडक, कृषि, सिँचाइ स्थानीय, ग्रामीण र कृषि सडक निर्माण तथा विस्तार गर्ने, सिँचाइसम्बन्धी नीति, कानुन, मापदण्ड निर्माण, योजना कार्यान्वयन र नियमन गर्ने । सडक, कृषि, सिँचाइ, तटबन्ध, झोलुंगे पुल, पुलेसालगायतको निर्माण र प्रवद्र्धनबारे गुरुयोजना तर्जुमा, स्तरोन्नतिका आयोजना पहिचान, अध्ययन, कार्यान्वयन, मर्मतसम्भार र नियमन गर्ने । स्थानीय तहमा ट्रली बस सञ्चालन, राष्ट्रिय रेल पूर्वाधार उपयोग गरी महानगरिय मेट्रोसिटी क्षेत्रभित्र सहरी रेलसेवा सञ्चालन, व्यवस्थापन, मर्मत सम्भार, समन्वय र सहकार्यका काम पनि स्थानीय तहबाट हुनेछन् । गाउ, नगर र जिल्ला सभा, स्थानीय अदालत, मेलमिलाप र मध्यस्तताको व्यवस्थापन : गाउँसभा, नगरसभाले आ–आफ्नो क्षेत्रको नीति, कानुन र मापदण्डको स्वीकृति, स्थानीय सामुदायिक मेलमिलाप र मध्यस्तता घरजग्गा धनी पुर्जा वितरण प्रादेशिक मापदण्डबमोजिम स्थानीय घरजग्गा धनी पुर्जा वितरण, लगत व्यवस्थापन, भूमिको वर्गीकरण अनुुसारको लगत, जग्गाको विवाद समाधानको काम पनि स्थानीय तहबाटै हुनेछ । कृषि तथा पशुपालन कृषि क्षेत्रको प्रवद्र्धन, पशुपालन, कृषि उत्पादन व्यवस्थापन र पशु स्वास्थ्यसम्बन्धी काम र त्यस सम्बन्धमा मापदण्ड निर्माण गर्ने । सामाजिक सुरक्षासम्बन्धी काम संघ, प्रदेशले निर्धारण गरेको मापदण्डबमोजिम जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति र अशक्तहरुको व्यवस्थापनलगायतका सामाजिक सुरक्षासम्बन्धी काम गर्ने । बेरोजगारको तथ्याङ्क संकलन: रोजगार र वेरोजगारको तथ्याङ्क संकलन, प्रशोधन र सुचना प्रणाली, विदेशी श्रमिकको सूचना व्यवस्थापन खानेपानी तथा साना जलविद्युत् आयोजना, वैकल्पिक उर्जा स्थानीय खानेपानीसम्बन्धी नीति, कानुन, मापदण्ड निर्माण, योजना कार्यान्वयन र नियमन, साना जलविद्युत् आयोजना र स्थानीय विद्युत् वितरण प्रणाली तथा सेवाको व्यवस्थापन र सञ्चालन, नियमन, खानेपानी महसुल निर्धारण र सेवा व्यवस्थापनलगायतका कामहरु पनि स्थानीय तहबाटै हुनेछन् । विपत् व्यवस्थापन विपद व्यवस्थापन सम्वन्धि स्थानीय नीति, कानुन, मापदण्ड निर्माण, योजना कार्यान्वयन र नियमन । स्थानीय स्तरमा विपद् पुर्व तयारी खोज तथा उद्धार, राहत सामग्रीको पुर्ण भण्डारण र वितरणमा समन्वय गर्ने । विपत जेखिम क्षेत्रको नक्सांकन, वस्तीहरुको पहिचान र स्थान्तरणलगायतका कामहरु गर्ने । जलाधार तथा वन्यजन्तु र खानी तथा खनीज पदार्थको संरक्षण जलाधार तथा वन्यजन्तुसम्बन्धी नीति, कानुन, मापदण्ड निर्माण, योजना कार्यान्वयन र नियमन । पानीका मुहान संरक्षण, भूसंरक्षण, अनुकूलन खानी तथा खनिजको संरक्षणसम्बन्धी कामहरु गर्ने । भाषा संस्कृति र ललितकलाको संरक्षण भाषा संस्कृति र ललितकलाको संरक्षण र विकाससम्बन्धी स्थानीयस्तरको नीति, कानुन, मापदण्ड निर्माण र योजना कार्यान्वयन र नियमन, पुरातत्व, प्राचीन स्मारक र संग्रहालयको संरक्षण ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending