Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

मोर्चा फकाउन प्रधानमन्त्रीको अर्को प्रस्ताव

\"\"काठमाडौं, २४ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय चुनाव बहिष्कार घोषणा गरेको मधेसी मोर्चालाई सहमतिमा ल्याउन अर्को प्रस्ताव राखेका छन्। प्रधानमन्त्रीले बुधबार मधेसी मोर्चाका दोस्रो तहका नेताहरूसँगको छलफलमा सरकार र मोर्चाको संयुक्त कार्यदलले यसअघि तयार पारेको पाँचबुँदे प्रस्तावलाई संसद्मा लैजाने बताएका हुन्। उनले पाँचबुँदे प्रस्ताव संसद्मा लैजानुअघि संविधान संशोधन विधेयक फिर्ता लिने प्रस्ताव पनि राखेका छन्। आजको नागरिक दैनिकमा खबर छ– यता मोर्चाका नेताले पाँचबुँदे प्रस्ताव पास नहुने स्थितिमा संसद्मा लैजानुको कुनै अर्थ नभएको बताएका छन्। प्रधानमन्त्रीले मोर्चाले सहमति जनाए सरकारले संसद्मा प्रस्तुत गरेको संविधान संशोधन विधेयक फिर्ता लिई पाँचबुँदे प्रस्ताव दर्ता गर्ने आश्वासन दिएको मोर्चाका नेताले बताएका छन्। तराईमधेस लोकतान्त्रिक पार्टी उपाध्यक्ष सर्बेन्द्रनाथ शुक्लाले भने, ‘प्रधानमन्त्रीज्यूले सरकार र मोर्चाको संयुक्त कार्यदलले सहमति जनाएको पाँचबुँदे प्रस्ताव संसद्मा दर्ता गर्छु र संशोधन विधेयक फिर्ता लिन्छु भन्नुभयो। हामीले संसद्मा दर्ता गर्ने तर पास नगर्ने हो भने कुनै अर्थ छैन भन्यौं।’ पाँचबुँदे प्रस्तावमा सीमांकन विवाद टुंगो लगाउन शक्तिशाली आयोग गठन गर्ने, दुई र पाँच नम्बर प्रदेशमा स्थानीय तहको सख्या बढाउने, संशोधन विधेयकको प्रदेश सीमा हेरफेर प्रस्ताव थाती राखेर अन्य विषय पारित गर्ने, स्थानीय तहले बनाउने नियम प्रदेशको कानुनविपरीत नहुने उल्लेख छ। मोर्चाले स्थानीय तह प्रदेश मातहत हुनुपर्ने माग राख्दै आएको छ। पाँचबुँदे प्रस्तावमा पनि घुमाउरो पारामा स्थानीय तह प्रदेश मातहत हुने सकारिएको छ। छलफलमा संविधान संशोधन विधेयकलाई सरकारले अघि नबढाएको भन्दै मोर्चाका नेताले आपत्ति जनाएका थिए। ‘संशोधन विधेयकलाई त्रिशंकु बनाउनुभयो। अब पाँच बुँदेलाई पनि त्रिशंकु बनाउनुभयो भने त्यसको के अर्थ रहन्छ ?’ शुक्लाले प्रश्न गरेका थिए। प्रधानमन्त्रीसँगको अनौपचारिक छलफलमा संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठ आक्रामक रुपमा प्रस्तुत भएका थिए। सरकारले मधेसकेन्द्रित दललाई अलमल्याउने काम मात्र गरेको आरोप उनको थियो। ‘ुसरकारले हामीलाई अलमल्याउने काम मात्र गरेको छ। आफैँले बोलेको कुरा पनि सरकारले पूरा गरेको छैन’, श्रेष्ठलाई उद्धृत गर्दै स्रोतले भन्यो। छलफलमा सहभागी तमलोपा उपाध्यक्ष हृदयेश त्रिपाठीले पनि सरकारले आफैंले गरेको प्रतिबद्धता पूरा नगरेको आरोप लगाएका थिए। चैत १८ यता सरकार र मोर्चाबीच औपचारिक वार्ता हुन सकेको छैन। १८ गतेको वार्तामा फोरम नेपाल अध्यक्ष उपेन्द्र यादवले मतदाता नामावलीमा छुटेकालाई समेट्न समय दिनुपर्ने प्रस्तावलाई सरकारी पक्षले अस्वीकार गरेको थियो। त्यसो त कार्यदलले पाँचबुँदे प्रस्ताव तयार गरेपछि मोर्चावाट मतदाता नामावलीमा छुटेका नाम दर्ता गर्न निर्वाचन आयोगले समय दिनुपर्ने र दुई चरणमा स्थानीय चुनाव गर्नुपर्ने माग आएको हो। चैत १० गते प्रधानमन्त्री चीन जानुअघि सरकार र मोर्चाबीचको वार्ता सहमति नजिक पुगेको थियो। १० गतेको वार्ताअघि प्रधानमन्त्रीले तमलोपा अध्यक्ष महन्थ ठाकुरलाई पाँचबुँदे प्रस्ताव पठाएका थिए। सो प्रस्तावमा सरकार र मोर्चाको संयुक्त कार्यदलले पनि सहमति जनाएको थियो। यता मोर्चाका नेताले चैत मसान्तसम्म सहमतिका लागि पर्खने र त्यतिबेलासम्म पनि सहमति नभए वैशाख पहिलो साताबाट सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन्। ‘हामीले चैत मसान्तसम्म पर्खन्छौं। मसान्तसम्म पनि सहमति नभए वैशाख पहिलो साताबाट सशक्त आन्दोलन गर्छौं’, राष्ट्रिय मधेस समाजवादी पार्टी महासचिव केशव झाले भने।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending