Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

संसद्का गाडी जन्ती मलामी बोक्नमै व्यस्त

\"\"काठमाडौं, २४ चैत । व्यवस्थापिका–संसद् सचिवालयमा रहेका २२ वटा सवारीसाधनलाई नेता तथा कर्मचारीहरूले व्यापक दुरुपयोग गरेको पाइएको छ । सचिवालयमा पुलका रूपमा राखिएका २२ वटा सवारीसाधन नेता र कर्मचारीहरूलाई छाड्न विमानस्थल, बसपार्क जानेदेखि जन्ती, मलामी, भोजदेखि कर्मचारीको घरमा तरकारी खरिदका लागि समेत प्रयोग गरिएको हो । आजको राधजानी दैनिकमा खबर छ– संसदको सवारीसाधनलाई कर्मचारीले आफ्नो घरमा तरकारी खरिदका लागिसमेत प्रयोग गर्दै आएको पाइएको छ । यसबारे कसैले पनि अनुगमन र नियन्त्रण गरेको छैन । सभामुख ओनसरी घर्ती मगरले यसबारे खासै महत्व दिएको पाइएको छैन । संसद् सचिवालयभित्रै यसबारे व्यापक विरोध भएको छ । सरकारी सम्पत्ति यसरी दुरुपयोग भइरहँदा राष्ट्रको अर्थतन्त्रमा नकारात्मक असर पुग्ने हुँदा सचिवालयले यस्तो कार्यमा नियन्त्रण गर्नुपर्ने तल्लो तहका कर्मचारी बताउँछन् । मुलुकमा अर्को निर्वाचन आइरहेका बेला पुरानो निर्वाचनको धाँधली छानबिन गर्न गठित समितिका सभापतिलाई दिइएको गाडी सद्भावना पार्टीका लक्ष्मणलाल कर्णले अहिलेसम्म छाडेका छैनन् । उनले बा१झ ८४८२ को स्कोरपियो जिप बिग्रिएपछि बा१झ ८४९५ नम्बरको अर्को नयाँ स्कोरपियो जिप चढ्न थालेका छन् । चुनावमा भएको भनिएको धाँधली छानबिन प्रतिवेदन कहिले बुझाउने हो भन्ने कुनै अत्तोपत्तो छैन । उनलाई महिनामा १ सय ५० लिटर डिजेल उपलब्ध गराइएको छ । संविधानसभा नै व्यवस्थापिका–संसद्का रूपमा रूपान्तरित भइसक्दा पनि प्रतिवेदनसमेत नबुझाई संसद्को स्थायी समितिजसरी सबै सुविधा कर्णले लिँदै आएका छन् । यता, महाअभियोग सिफारिस समितिको सभापति चयन नगरेकाले संयोजकका रूपमा कुमारीलक्ष्मी राई रहेकी छन् । तर, महाअभियोग सिफारिस समितिले प्रतिवेदन बुझाइसकेपछि पनि संयोजक भन्दै राईले बा१झ ५३७३ टाटा सुमो चढिरहेको भेटिने गरेको छ । बा१झ ८४८४ स्कोरपियोे जिप, बा१झ ८५०१ स्कोरपियोे जिप, बा१झ ८५०६ स्कोरपियोे जिप, बा१झ मित्सुबिसी पजेरोलाई जथाभावी प्रयोग गरेर चलाउँदा अहिले मर्मत–सम्भारमा राखिएको छ । २२ मध्ये १७ सवारीसाधन चालू अवस्थामा दुरुपयोग गर्दै आएको सचिवालयका एक अधिकारी बताउँछन् । नेता तथा कर्मचारी लिएर बसपार्क, एयरपोर्ट, तरकारी खरिद, जन्ती र मलामी जान ती गाडीहरू प्रयोग गरिँदै आएको छ । ती गाडीहरूमा बा१झ ५३७४ टाटासुमो जिप, बा१झ ५३७८ टाटासुमो जिप, बा१झ ५३८२ टाटासुमो जिप, बा१झ ५३८३ टाटासुमो जिप, बा१झ ८१४८ प्रोटोन कार, बा१झ ८६४८ टाटा सुमो जिप रहेका छन् । यसैगरी, बा१झ ४४७१ मारुती कार, बा१झ ४४७२ मारुती कार रहेका छन् । यसैगरी, मोटरसाइकल उपलब्ध गराउनुपर्ने उपसचिवहरूलाई पनि गाडी नै उपलब्ध गराई अख्तियारको दुरुपयोग गरिएको छ । उपसचिव समूहबाट घर–घरमा लैजाने गाडीहरूमा बा१झ ८४८६ स्कोरपियोे जिप, बा१झ ८४९० स्कोरपियो जीप, बा१झ ८४९७ स्कोरपियोे जिप, बा१झ ८,५०० स्कोरपियोे जिप, बा१झ ६०२४ इसुजु जिप, बा१झ ६६६९ स्यान्ट्रो कार रहेका छन् । उपसचिवमा पनि पहुँचवालाले मात्रै प्रयोग गरी असमान व्यवहार गरिएको सचिवालयकै कर्मचारी बताउँछन् । सभामुख र महासचिवको नजिक रहेका कर्मचारी समूहहलाई बा१झ ५३७६ कार टाटा सुमोले घर–घरमा लैजाने गरेका छन् । मर्यादापालकलाई बा१झ ५५२४ मित्सुबिसी कार दिइएको छ । संसद् सचिवालयमा १ सय ६ वटा सवारीसाधन छन् । खरिद प्रक्रियामा १८ गाडी रहेका छन् । यस्तै, २७ गाडी लिलाम प्रक्रियामा रहेका छन् । लिलामको सूचनामा १५ गाडी रहेका छन्, जसमा आठवटा गाडि सन् २००८ मा खरिद गरेकाले कानुनबमोजिम लिलाममा राख्न मिलेको छैन । लिलाममा राखिएकामध्ये चारवटा कार रहेका छन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending