Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

मन्त्रीमाथि लगाइएको बन्देज हट्यो

\"\"काठमाडौं, २४ चैत । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि आफैंले बनाएको आचार–संहिता खुकुलो पार्दै मन्त्रीहरूलाई चुनावी सभा समारोहमा सहभागी हुने बाटो खोलिदिएको छ । आयोगको बुधबारको बैठकले आचार–संहिताका विषयमा नीतिगत निर्णय गर्दै आचार–संहिता परिमार्जन गरेपछि सरकारका मन्त्रीहरूलाई चुनावी सभा समारोहमा सहभागी हुने बाटो खुलेको हो । आजको राजधानी दैनिकमा खबर छ– आयोगको यो निर्णयसँगै मन्त्रीहरूले चुनावी ¥याली, सभा तथा प्रचारमा सहभागी हुन पाउने भएका छन् । यसअघि आयोगले जारी गरेको आचार–संहिताले मन्त्रीहरूलाई राजनीतिक सभा–समारोहमा सहभागी हुन रोक लगाएको थियो । आयोगका पदाधिकारी बैठकले आचार–संहिता परिमार्जन गर्ने निर्णय गरेका हुन् । आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले अब राजनीतिक कार्यक्रममा मन्त्रीहरू सहभागी हुन पाउने बताए । तर, उनीहरूले त्यस्ता कार्यक्रममा सहभागी हुँदा सरकारी सवारीसाधनको प्रयोग भने गर्न पाउनेछैनन् । आचार–संहिता परिमार्जन भएपछि १९ वैशाखसम्म मन्त्रीहरू चुनावी कार्यक्रममा सहभागी हुन पाउने निर्वाचन आयोगका प्रवक्ता शर्माले जानकारी दिए । ‘आयोगले आचार–संहितामाथि केही पुनरावलोकन गरेको छ, निर्वाचन चिह्न वितरण नहुँदासम्म मन्त्रीहरू राजनीतिक कार्यक्रममा सहभागी हुन पाउँछन्, तर सरकारी सवारीसाधन प्रयोग भने गर्न पाइनेछैन,’ प्रवक्ता शर्माले राजधानीसँग भने । उनका अनुसार १९ वैशाखमा दलहरूले चुनाव चिह्न पाउनेछन् । त्यस बखतसम्म मन्त्रीहरू विभिन्न कार्यक्रममा सहभागी हुन फुकुवा भएको हो । यसअघि आयोगले १८ फागुनमा मन्त्रीहरूलाई जिल्ला सदरमुकाम बाहिर हुने उद्घाटनका कार्यक्रममा सहभागी हुन र हेलिकोप्टर प्रयोग गर्न रोक लगाएको थियो । मन्त्रीहरूलाई आयोगमा नै बोलाएर निर्वाचन आचार–संहिता लागू भइसकेकाले जिल्ला सदरमुकाम बाहिर हुने कार्यक्रममा नजान र हेलिकोप्टर प्रयोग नगर्न आयोगले निर्देशन दिएको थियो । तर, केही मन्त्रीहरूले असन्तुष्टि जनाउँदै आचार–संहिता खुकुलो बनाउन प्रमुख आयुक्तसँग आग्रह गरेका थिए । पछिल्लो समयमा सत्तारूढ दलका प्रभावशाली नेताहरू नै सरकारमा रहेको र निर्वाचनका लागि हुने आमसभामा जानसमेत बन्देज भएकाले आयोगलाई आचार–संहिता पुनरावलोकन गर्न दबाब बढेको थियो । तर, आयोगले भने कुनै दल वा नेताको दबाबबाट नभई नीतिगत रूपमा परिमार्जन गरेको दाबी गरेको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending