Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

खोलाको पानीमा पनि छुवाछुत !

\"\"काठमाडौं, २४ चैत । खानेपानीका स्रोतहरू इनार, हातेकललगायतमा जातीय छुवाछूतका घटना बारम्बार भएकाले सामान्य लाग्न सक्ला । तर, खोलाको धमिलो पानीमा पनि दलित भनेर छुवाछूत भएको देख्दा, सुन्दा र भोग्दा भने जोकोहीलाई आश्चर्य लाग्न सक्छ । आजको राजधानी दैनिकमा खबर छ– मिर्चैया नगरपालिका–७ मुराबारी मुसहर ९सदाय० बस्तीमा भने वर्षौंदेखि यस्तै आश्चार्यलाग्दो तर अमानवीय छुवाछूत जारी छ । सो गाउँका दलित परिवार स्थानीय बताहा खोलाको धमिलो पानीसमेत कथित माथिल्लो जातका गैरदलितको रवैयाका कारण मुस्किलले मात्र पिउन पाउँछन् । ‘खोलाको किनारमा बनाइएको कुवामा समेत हामीलाई दलित भनेर माथिल्ला जातका मान्छेले पानी भर्न दिँदैनन्,’ स्थानीय ७० वर्षीय बलदेव सदाय भन्छन्, ‘हामी दलितहरू पानी नपाएपछि वर्षौंदेखि बतहा खोलाको धमिलो पानी खान बाध्य छांै ।’ स्थानीय दलितहरूसँग माथिल्ला जातका भनिने छिमेकीले ‘तिमीहरू अछूत हौ’ भन्दै खोलाको धमिलो पानीसमेत आफूले प्रयोग गरेपछि मात्र प्रयोग गर्न दिने गरेको तीतो अनुभव छ । स्थानीय दलित समुदाय नौ वर्षदेखि बतहा खोलाकै पानी पिउँछन् । ‘खोलाको खाडलमा गाईभैंसी पनि पानी खान्छन् र मान्छेहरू दिसा गरेपछि त्यही पानीमा सफा गर्छन् । हामी विवश भएर त्यही पानी पिउन बाध्य छौ,’ सदाय भन्छन् । स्थानीय दलितका अनुसार माथिल्ला जातका भनिने व्यक्तिहरूले तिमीहरू अछुत हौ । पानी भर्ने बेलामा नजिक नआओ’ भनेर हप्काउने गर्छन् । हप्काइ सहन नसकेर माथिल्ला जातका मान्छेहरू पानी थाप्न आएपछि आफूहरू खोलाको डिलमा पालो कुरेर बस्ने गरेको सदायको भनाइ छ । स्थानीय उच्च जातका भनिने व्यक्तिहरू मदिरा बनाएर विक्री–वितरण गर्छन् भने टोलका दलितहरू भने वनबाट दाउरा काटेर मिर्चैया बजारमा विक्री गर्छन् । ‘नदीको पानीमा छुवाछूत गरेको होइन, पानी भरेको भाडाकँुडामा छोएपछि त छुवाछूत हुन्छ नि,’ स्थानीय प्रेमबहादुर उर्जा मगर भन्छन्, ‘मेरो उमेर ७६ वर्ष भयो, अहिलेसम्म दलितले छोएको पानी खाएको छैन । मेरा देवताले पनि मान्दैनन् । त्यसैले, भाँडाकँुडा नछुन आग्रह गरेको हुँ, धम्काएको छैन ।’ स्थानीय माथिल्ला जातका व्यक्तिहरू भने आफूहरूले मात्र विभेद गरेको नभई दलितले दलितलाई समेत यसरी नै विभेद गर्ने गरेको बताउँछन् । गाउँमा सदायजस्ता दलित छन्, तर उनीहरूपनि डोम (स्थानीयले तल्लो जात मान्ने) ले छोएको पानी किन खाँदैनन् त ?’ उर्जा मगर भन्छन् । स्थानीय दलित समुदाय पानीको मात्र समस्यमा छैन, गरिबीकै कारण लत्ताकपडासमेत उनीहरू भनेजस्तो लगाउन पाउँदैनन् । ‘पानीसँगै लुगाफाटाको पनि समस्या छ,’ स्थानीय १२ वर्षीया बबिताकुमारी सदाय भन्छिन्, ‘मिर्चैया बजारमा अरूले लगाएको लुगा देख्दा आफूलाई पनि लगाउन मन लाग्छ, तर बुवाआमाले विक्री गर्न लगेको दाउराबाट आएको रुपैयाँ चामलमै खर्च हुन्छ, एउटै कपडाले जीवन काटिरहेकी छु ।’ नगरपालिका क्षेत्रमा भएर पनि शिक्षा, स्वास्थ्य, विद्युत् तथा सञ्चारको विकासले गति लिन नसकेको सो वडामा खानेपानीदेखि खाद्यान्नसमेत अभाव हुने गरेको स्थानीयको गुनासो छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending