Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

राम्रा विद्यालयबाट सिक्न खोटाङका २४ हेडमास्टर काठमाडौंमा

\"\"काठमाडौं, २४ चैत । यतिवेला खोटाङका २४ प्रधानाध्यापक र २२ स्रोतव्यक्ति काठमाडौंका राम्रा विद्यालयको अभ्यास हेर्न व्यस्त छन् । सार्वजनिक विद्यालयप्रतिको विश्वास कमजोर भएपछि राम्रा अभ्यासको अनुसरण गर्दै सुधार गर्ने उद्देश्य बोकेर उनीहरू काठमाडौं आएका हुन् । आजको नयाँ पत्रिकामा खबर छ– खोटाङका जिशिअ ज्ञानमणि नेपालको नेतृत्वमा प्रधानाध्यापक, स्रोतव्यक्ति, पेसागत संगठन र सामुदायिक सिकाइ केन्द्रका प्रतिनिधि काठमाडौं आएर ठूला विद्यालयका अभ्यासको अवलोकन गरिरहेका छन् । टोलीले काठमाडौं बाफलको ज्ञानोदय मावि, भक्तपुरको बागेश्वरी माविको अवलोकन गरिसकेको छ । उनीहरूले एसओएस, रातो बंगलालगायतका निजी स्कुलमा हुने शिक्षण अभ्यासबारे पनि जानकारी लिएका छन् । ‘समग्र शिक्षालाई परिवर्तन गर्न सकिन्छ भनेर राम्रा अभ्यासको अध्ययनमा हिँडेका हौँ,’ जिशिअ नेपालले भने । टोलीले उपत्यकाबाहिरका उत्कृष्ट विद्यालयको समेत अवलोकन गर्दै छ । तनहुँको सत्यवती, कास्कीको अमरसिंह मावि, रुपन्देहीको कालिका माविमा हुने सिकाइ अभ्याससमेत हेर्ने उनीहरूको कार्यक्रम छ । सामुदायिक विद्यालय सुधार्ने ऊर्जा मिल्यो शिक्षक राजधानीका ठूला र राम्रा विद्यालयको अभ्यास हेरेका शिक्षकहरूले सामुदायिक विद्यालय सुधार्ने ऊर्जा मिलेको बताए । ‘आर्थिक व्यवस्थापन, भौतिक पूर्वाधार, कक्षाकोठा व्यवस्थापन कसरी गर्ने भन्ने सिक्यौँ,’ सरस्वती मावि दिक्तेलका शिक्षक नूर काजीले भने, ‘राम्रा अभ्यासले धेरै ऊर्जा मिलेको छ, अब आफूले सिकेको र हेरेका विषय आफ्नो ठाउँमा पुगेर व्यावहारिक रूपमा उतारेर हेर्ने परीक्षा बाँकी छ ।’ शैक्षिक सामग्रीको प्रयोग गरेर सिकाइ उपलब्धि बढाउन महत्वपूर्ण हुने उनले बताए । पहाडमा निःशुल्क पाइने वस्तुलाई शैक्षिक सामग्री बनाउन सकिने हौसला बढेको उनको भनाइ छ । उनले अब सामुदायिक विद्यालयप्रति सबैको मन जित्ने प्रयास गर्ने बताए । सिमपानी स्रोतकेन्द्रका स्रोतव्यक्ति कोमलकृष्ण बुढाथोकीले व्यवस्थापन राम्रो गर्ने र स्थानीय सामग्री प्रयोग गरेर सिकाइ उपलब्धि बढाउन सकिन्छ भन्ने हिम्मत बढेको बताए । सामग्री निर्माण र प्रविधिको प्रयोगमा तालिम पाएमा धेरै काम गर्न सकिने उनको भनाइ छ । जिल्लामा कम्प्युटर विषय नजान्ने शिक्षकले पढाउने पर्ने अवस्था भएकाले प्रविधिसँग सम्बन्धित सीप दिएमा सिकाइ उपलब्धिमा धेरै सुधार गर्न सकिने बताए । ‘प्रोजेक्ट बेसनमा पढाउने सीप धेरैलाई खाँचो छ,’ उनले भने ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending