Khabar Dabali २३ माघ २०८२ बिहीबार | 5th February, 2026 Thu
Investment bank

गाउँपालिका न्यायाधीशको योग्यता कति ?

\"\"काठमाडौं, २४ चैत । नयाँ संविधानको धारा २१७ ले गाउँपालिका उपाध्यक्ष र नगरपालिकामा उपप्रमुखको संयोजकत्वमा तीन सदस्यीय न्यायिक समितिको व्यवस्था गरेको छ । समितिमा गाउँ सभा र नगर सभाबाट निर्वाचित अन्य दुई सदस्य हुनेछन् । आजको गोरखापत्र दैनिकमा खबर छ– न्यायिक समितिको अधिकार क्षेत्र स्थानीय शासन सञ्चालन ऐन र नियमावलीले टुङ्ग्याउने परिकल्पना संविधानले गरेको छ । अधिकार क्षेत्रसँगै न्यायिक ‘इजलास’को नेतृत्वकर्ताको विशिष्ट योग्यता के हुने भन्नेमा संविधान भने मौन छ । तर, कानुनी क्षेत्रमा जानकारले योग्यतालाई बहसको विषय बनाएका छन् । कानुनका जानकारको प्रश्न छ, गाउँपालिकाको न्यायाधीशको योग्यता कति ? नेपाल बार एसोसिएसनका अध्यक्ष शेरबहादुर केसीले न्यायिक समितिमा कानुनका जानकारको प्रतिनिधित्व आवश्यक हुने बताए । उनले भने, “न्यायिक समितिको अधिकार क्षेत्र अनुसार योग्य व्यक्ति नै हुनुपर्छ । न्यायिक समिति गठनका बेला दलहरूले ध्यान दिनुपर्छ । कानुन बुझेको व्यक्ति दलीय कार्य समितिमा नभए बाहिरबाट भए पनि प्रतिनिधित्व हुनुपर्छ । जसले न्यायिक परम्पराको पनि सम्मान गर्छ । ” नेपाल बार एसोसिएसनका पूर्वमहासचिव सुनीलकुमार पोखरेलले न्यायिक समितिका व्यक्ति कानुनका जानकार भए उपयुक्त हुने बताए । उनले भने, “न्यायिक समितिको परिकल्पना अनुसारको काम गर्ने हो भने कम्तीमा कानुन जानेको व्यक्तिको प्रतिनिधित्व हुनुपर्छ । सार्क मुलुक पाकिस्तानमा स्थानीय अदालत प्रभावकारी छ । हामीले कस्तो स्वरूप बनाउन लागेका हौँ, अधिकार क्षेत्र के हुने ? नेतृत्वको योग्यता कस्तो रहने भन्ने पनि न्याय सम्पादनमा अर्थ राख्छ । ” यस्तो छ विदेशी अभ्यास स्थानीय निकायमा अधिकारको प्रयोग धेरै देशले गरेका छन् । चीनमा गाउँ तथा नगरमा सबैभन्दा तल्लो तहको अदालतका रूपमा आधारभूत जनअदालत छन् । यस अन्तर्गत स्थानीय अदालतको रूपमा जन न्यायाधीकरण गठन हुने र यसले गरेका निर्णय आधारभूत जन अदालतले गरेसरह मानिन्छ । यस्ता अदालतले देवानी तथा फौजदारी मुद्दा पनि हेर्न पाउँछन् । श्रीलङ्कामा एक हजार पाँच सय रुपियाँसम्मको विवाद स्थानीय अदालतले हेर्छन् । केही समयअघि कानुन संशोधन गरी प्राथमिक अदालतलाई फुटकर विवादका मुद्दा हेर्न दिने व्यवस्था गरिएको छ । यद्यपि उक्त व्यवस्था त्यहाँ प्रचलनमा आइसकेको भने छैन । पाकिस्तानमा स्थानीय अदालतका रूपमा घुम्ती अदालत छन्, जहाँ न्यायाधीश गाउँगाउँमा गएर मुद्दाको सुनुवाइ गर्छन् । पाकिस्तानमा २०१३ को अन्त्यसम्म सडकमा अदालत अभियान सञ्चालनमा थियो । खासगरी पेसावरबाहिर यस्ता अदालतले प्रभावकारी ढङ्गले कार्य गरेका छन् । भारतमा स्थानीय स्तरमा लोक अदालत कार्यरत छन् । केही राज्यमा आदिवासी (ट्राइबल) अदालत पनि कार्यान्वयनमा छन् । यस्ता अदालतलाई फौजदारी तथा देवानी दुवै किसिमका मुद्दा हेर्ने अधिकार हुन्छ । यी अदालतमा न्यायाधीश, कानुनविद्बाहेक अन्य व्यक्ति पनि सामेल हुन्छन् । कठिनाइ पनि छन् स्थानीय न्यायिक समितिको अधिकार क्षेत्र र प्रभावकारितासम्बन्धी अध्ययन गर्नुभएका अधिवक्ता सुनीलकुमार पोखरेलले न्यायपालिकाको अङ्गलाई राज्यका अन्य अङ्गसरह गाउँ स्तरसम्म पु¥याउन कठिन रहेको बताए । न्यायिक समिति र जिल्ला अदालतको क्षेत्राधिकारको सम्भावित विवाद हुनसक्ने पनि उनले बताए । हाल नेपालमा सामुदायिक मेलमिलापसम्बन्धी कानुन लागू भई मेलमिलाप प्रक्रिया सुरु भइसकेको हुँदा न्यायिक समितिको अधिकार क्षेत्र र मेलमिलाप केन्द्र समानान्तर रूपमा सञ्चालित हुने अवस्था आउन नहुनेप्रति पनि उहाँले सजग गराए । अघि पनि थियो व्यवस्था स्थानीय स्वायत्त शासन ऐन, २०५५ ले तत्कालीन गाउँ विकास समिति र नगरपालिकालाई न्यायिक अधिकार प्रदान गरेको थियो । ऐनले जग्गा साँध–सिमानादेखि सरकारी मुद्दासम्बन्धी ऐनका अनुसूची १ र २ बाहेकका विवाद हेर्ने अधिकार तोकेको थियो । ऐनको दफा ३३ ले गाविसलाई न्यायिक अधिकार दिएको थियो । दफा १०१ ले नगरपालिकालाई यस्तो अधिकार सुम्पेको थियो । अधिकार दिएसँगै अधिकार उपयोगका लागि राजपत्रमा सूचना प्रकाशन हुनुपर्ने ऐनमै व्यवस्था थियो । तर, स्थानीय स्वायत्त शासन ऐनको औचित्य सकिँदासम्म राजपत्रमा सूचना प्रकाशन पनि भएन, स्थानीय निकायले उक्त अधिकार प्रयोग गर्न पनि पाएनन् । पहिलो संविधान सभाको तत्कालीन न्याय प्रणाली समितिले स्थानीय अदालतको स्थापनाको बहस चलायो । तर, समितिको प्रस्ताव अदालतमा नभई न्यायिक समितिमा गएर टुङ्गियो । के हुनेछ अधिकार ? क्षेत्राधिकार स्पष्ट नभए पनि गाउँपालिका र नगरपालिकाको न्यायिक समितिको अधिकार बलियो हुनेछ । समितिलाई न्यायिक अधिकार मात्र रहने वा निर्णय गर्ने अधिकार रहने भन्ने टुङ्गिएको छैन । यसअघि स्थानीय स्वायत्त शासन ऐनले जग्गातर्फ साँध–सिमाना, सन्धि सर्पन, आलीधुर, बाँध पैनी, कुलो वा पानीको बाँडफाँट तथा बाटो वा निकास मिचेको मुद्दादेखि मुलुकी ऐनका प्रचलित व्यवस्थाका केही मुद्दासमेत हेर्न दिने प्रस्ताव थियो । यस्तै सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ को अनसूची १ र अनुसूची २ मा उल्लिखित मुद्दाबाहेक अन्य मुद्दासमेत हेर्न दिन सकिने ऐनमा व्यवस्था छ । स्थानीय स्वायत्त शासन ऐनले दिएको अधिकारको हाराहारीमा निर्णयसहितको मात्र अधिकार पाए पनि स्थानीय तहको न्यायिक समिति सशक्त हुनेछ । प्राप्त अधिकारको कार्यसूची र न्यायिक प्रमाण मूल्याङ्कनका लागि कम्तीमा प्रचलित कानुनी व्यवस्था बुझेको व्यक्ति हुनुपर्ने कानुनका जानकारहरूको तर्क छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE